यी स्थानीय तहले बैंकका शाखा खोल्न दिएनन्



काठमाडौं  । मंगलबारदेखि केही स्थानीय तहले बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालन गर्न रोक लगाएका छन् ।

केन्द्र सरकारले चैत ११ गतेदेखि चैत १८ गतेसम्म देशभर लक डाउन गरेपछि स्थानीय सरकारले पनि बैंकका शाखा खोल्न रोक लगाएको हो ।

हालसम्म १० जिल्लामा स्थानीय सरकाले बैंकका शाखा खोल्न रोक लगाएका छन् । जसमा धनगढी, पोखरा र झापामा बैंकका शाखा सरकारले लक डाउन गरेको अवधि भर बन्द भएको राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणी शिवाकोटीले बताए ।

‘उपत्यकाभित्रका बैंकर्स संघले सिडिओ कार्यालयबाट पास लिएर आवश्यक शाखा कार्यलयहरु खोल्छन्’ उनले क्लिमाण्डूसँग भने ‘उपत्यका बाहिरका शाखा कार्यलयहरुले स्थानीय सरकारसँगको सहकार्य र सम्वन्यमा बैंक खोल्न सक्छन् ।’

सरकारले लक डाउन गरेपनि जनतालाई आवश्यक वस्तु खरिद गर्न र अन्य आवश्यक कारोबार गर्न सकेसम्म देशभरका बैंक तथा वित्तीय संस्थाले स्थानीय सरकारको स्वीकृती लिएर कारोबार सुचारु गर्न उनले सुझाएका छन् ।

यस्तै, बैंकर संघ सबै स्थानीय सरकारसँग सम्वन्य गरी आवश्यक शाखा कार्यालय सञ्चालन गर्ने संघका अध्यक्ष भुवन दाहालले बताए ।

‘मेरो जानकारीमा आएसम्म गोरखा र धनगढीमा बैंकका शाखा खोल्न स्थानीय सरकारले रोक लाएको छ’ उनले भने ‘संघमा छलफल गरेर स्थानीय सरकारसँग शाखा सम्वन्य गरेर शाखा सञ्चालन गछौँ ।’

आवश्यक शाखामा सीमित कर्मचारीबाट मात्र कारोबार गरिने उनको भनाइ छ । हालसम्म धनगढी, पोखरा, गोरखा, झापा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची र चितवनमा स्थानीय सरकारले बैंक तथा वित्तीय संस्थाका शाखा खोल्न रोक लगाएको छ ।

त्यस्तै, तेह्रथुम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ! जिल्लाभर कुनै पनि बैंकका शाखा खुलेका छैनन् !


क्लिकमान्डु