बैंकर्स संघको अध्ययनः सरकार र कर्पोरेट हाउसको तुलनामा बैंकका कर्मचारीको तलब कम



काठमाडौं । पछिल्लो बैंकिङ क्षेत्रका कर्मचारीहरुको तलबभत्ता बढी भएको भन्दै समाजमा तीब्र आलोचना हुँदै आएको थियो । कतिपयले बैंकका कर्मचारीहरुले लतबभत्ता बढी लिएका कारण ऋणीलाई ब्याजदरको थप भार परेको तर्क समेत गर्दै आएका थिए ।

बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

बैंकर्स संघको अध्यक्षमा सानिमा बैंकका सीइओ भुवन दाहाल निर्वाचित भएपछि संघले विभिन्न विषयमा अध्ययन गर्न ३ वटा कमिटि गठन गर्यो ।

कर्जाको ब्याजदर, कर्मचारीको तलबभत्ता, फि, कमिशन, स्प्रेड, रिटर्न अन इक्वीटी र नाफाको अध्ययन गर्न कृषि विकास बैंकका सीइओ अनिल उपाध्यायको संयोजकत्वमा कमिटि गठन गर्यो ।

२७ वाणिज्य बैंकमा ३८.४६ प्रतिशत महिला कर्मचारी, कुन बैंकमा कति ? (तथ्यांकसहित)

उक्त कमिटिमा सदस्यहरुमा एनआइसी एशिया बैंकका सीइओ रोशन न्यौपाने, नविल बैंकका सीएफओ अञ्जुली श्रेष्ठ, स्ट्यान्डर्ड चार्टर्ड बैंकका सीएफओ सुरज लामिछाने सदस्य छन् ।

हिमालयन बैंकको वित्त विभाग प्रमुख र संघको फाइनान्स कमिटि छन् । यो कमिटिको सल्लाहकारमा एनबी बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना र नविल बैंकका सीइओ अनिल शाह छन् ।

नविल बैंकका जागिरेलाई मालामाल, ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै मासिक ५० हजार तलब !

कमिटिले सार्क राष्ट्र र नेपालकै विभिन्न निकायहरुमा के कस्तो तलब सुविधा छ भनेर गरेको अध्ययनको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ ।

अध्ययनमा बैंकिङ क्षेत्र नै कर्मचारीहरुका लागि कम खर्च गरेर बढी इफिसियन्सी निकाल्न सफल भएको पाइएको छ ।

बैंकका महंगा १० सीइओले लगानीकर्तालाई प्रतिफल चैं कति दिन्छन् ? यस्तो छ नालीबेली

‘कर्मचारीको खर्च बढी भएका कारण कर्जाको ब्याजदर बढी भयो भन्ने गुनासो थियो, तर हाम्रो अध्ययनमा त्यसको उल्टो देखिएको छ,’ अध्ययन कमिटिका एक सदस्यले क्लिकमाण्डूसँग भने, ‘वाणिज्य बैंकहरुका कर्मचारीको तुलनामा राष्ट्र बैंकका कर्मचारीहरुको तलबभत्ता तथा सेवा सुविधा ३ गुणा बढी देखिएको छ ।’

कमिटिले सरकारी कर्मचारी, राष्ट्र बैंक, बहुराष्ट्रिय कम्पनीहरु, ठूला कर्पोरेट हाउसमा कार्यरत कर्मचारीको तलबभत्ता तथा सेवा सुविधा खोजेर त्यससँग बैंकका कर्मचारीको तलबभत्ता तथा सेवा सुविधा तुलना गरेको थियो ।

सरकारी कर्मचारीका लागि सरकारले दीर्घकालीन दायित्व लिएको हुन्छ ।

बैंकका जागिरेलाई मालामालः माछापुच्छ्रे बैंकमा कुन तहका कर्मचारीको कति हुन्छ कमाइ ?

‘सरकारी कर्मचारी, राष्ट्र बैंक, बहुराष्ट्रिय कम्पनीहरु, ठूला कर्पोरेट हाउसमा कार्यरत कर्मचारीको भन्दा बैंकिङ क्षेत्रका कर्मचारीहरुको तलबभत्ता कम देखिएको छ,’ ती अधिकारीले भने, ‘रिपोर्ट फाइनल हुने चरणमा छ, यो रिपोर्ट सार्वजनिक भएपछि बैंकका कर्मचारीको तलबभत्ता बढी भयो भन्नेहरुका मुखमा बुझो लाग्छ ।’

यो वर्ष बैंकका कर्मचारीलाई ९ अर्ब रुपैयाँ बोनस, तलब पनि बढ्यो

बैंकका सीइओहरुको तलब/भत्ता मासिक २०औं लाख भएपनि तल्लो तहमा कार्यरत कर्मचारीहरुको तलब निकै कम छ ।

सार्कका बैंकहरुसँग् तुलना गर्दा नेपालका बैंकहरुले ब्याज बढी लिएको नपाइएको अध्ययनमा देखिएको छ ।

‘नेपालको तुलनामा बंगलादेश र भारतको मात्रै ब्याजदर केही कम छ,’ ती अधिकारीले भने, ‘भुटान, श्रीलंका लगायतका देशमा नेपालको भन्दा निकै धेरै ब्याज छ ।’

त्यसैगरी, सार्कको तुलनामा फि, कमिशन लगायत पनि कम नै देखिएको छ भने स्प्रेडको गणनाविधिका कारण नेपाली बैंकहरुको स्प्रेड कम देखिएको छ ।

‘बाहिर जसरी हल्ला गरिएको थियो, यथार्थमा त्यस्तो रहेन छ,’ संघका एक अधिकारीले भने ।


पुष्प दुलाल