नविल बैंकका जागिरेलाई मालामाल, ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै मासिक ५० हजार तलब !



काठमाडौं । ड्राइभर, गार्ड र कार्यालय सहयोगीकै तलब मासिक ५० हजार, त्यो पनि नेपालमै । तपाईंलाई पत्यार नलाग्न सक्ला ?

किनभने कम्पनीहरुमा सबैभन्दा कम तलब खाने कर्मचारीमा ड्राइभर र कार्यालय सहयोगी नै पर्छन् । र, तल्लो तहका कर्मचारीको तलब कम हुन्छ ।

बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

तर, पत्याउनुहोस् । नविल बैंकमा कार्यरत ड्राइभर, सेक्युरिटी गार्ड र कार्यालय सहयोगीकै तलब मासिक ५० हजार रुपैयाँ हुन्छ ।

नबिल बैंक निजी क्षेत्रका बैंकहरुमा सबैभन्दा बढी नाफा कमाउने बैंक हो । यसका प्रमुख कार्यकारी अधिकृत अनिल शाह बढी तलब खाने सीइओको सूचिमा पर्छन् । अघिल्लो आर्थिक वर्ष नविल बैंकका सीइओ शाहले बैंकबाट तलब÷भत्ताबापत २ करोड ७ लाख रुपैयाँ लिएका थिए ।

बैंकका कर्मचारीलाई औसतमा ४ महिनाको बोनस, प्राइमका कर्मचारीले ८ महिनाको पाउने (सूचिसहित)

क्लिकमाण्डूलाई प्राप्त एक विवरण अनुसार नबिल बैंकमा मेसेन्जर तहका कर्मचारीको मासिक तलब र भत्ता गरेर ४६ हजार ४४७ रुपैयाँ हुन्छ । सिनियर मेसेन्जरको तलब ५० हजार २०३ रुपैयाँ हुन्छ ।

यस्तै ड्राइभरको तलब ४७ हजार ७४८ रुपैयाँ रहेको छ भने बरिष्ठ ड्राइभरको तलब ५१ हजार ५०० रुपैयाँ रहेको छ ।

यो वर्ष बैंकका कर्मचारीलाई ९ अर्ब रुपैयाँ बोनस, तलब पनि बढ्यो

बैंकले गत चैतदेखि कर्मचारीको तलब बढाएको थियो । जसमा तल्लो तहका कर्मचारीको तलब महिनाम ८ हजार २ सय रुपैयाँले बढेको थियो । त्योभन्दा माथिल्लो तहका कर्मचारीको तलब १० हजार २ सय र अफिसर तहका कर्मचारीको तलब १२ हजारको दरले बढेको थियो ।

बैंकमा कार्यरत सहायक कर्मचारीले मासिक ५२ हजार ३५२ रुपैयाँ बुझ्ने गर्छन् । बैंकले अहिले सेक्युरिटी गार्ड तथा अन्य खाले कार्यलय सहयोगी कर्मचारी भने आउटसोर्सिङ गरेको छ । जसले गर्दा एउटै ठाउँमा बसेर तलब खाने कर्मचारीको तलब आकाश जमिनको फरक हुने गरेको छ ।

‘त्यही पदमा आउटसोर्सिङ भएका कर्मचारीले १५/१६ हजार रुपैयाँ मासिक तलबमा काम गर्छन्, बैंकका कर्मचारीले ५० हजार रुपैयाँ मासिक तलब लिन्छन्,’ बैंकका एक कर्मचारीले भने ।

यसरी बैंकले दिने तलबमा नाफामा दिने बोनसगर्दा वार्षिक सुविधा अझै बढी हुने गरेको छ । नबिल बैंकका अनुसार कर्मचारीले करिब ६ महिना बराबरको तलब साउन महिनामा नै खुवाइसकेको छ । नबिल बैंकले गतवर्ष कर्मचारीको तलबको लागि १ अर्ब ४१ करोड रुपैयाँ खर्च गरेको थियो । कर्मचारीको बोनसको लागि ६७ करोड ७३ लाख रुपैयाँ बिनियोजन गरेको थियो । नबिल बैंकमा करिब १२ सय कर्मचारी काम गर्छन् ।

बैंकहरुले साधारणसभा नभए पनि कर्मचारीलाई नाफामा आधारित रहेर बोनस खुवाउने गरेका छन् ।


पुष्प दुलाल