हेरिटेज पर्यटनकी पायोनियर श्रेष्ठ, महिला उद्यमशीलतालाई समेत स्थापित गराएर अस्ताइन्



काठमाडौं । नेपालमा हेरिटेज होटल द्वारिकाज सञ्चालन गरेकी पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा विहीबार निधन भएको छ ।

प्राणघातक रोग क्यान्सरलाई जितेर पर्यटन उद्योगमै थप योगदान दिएकी श्रेष्ठ एक महिना अगाडिसम्म पनि आफैं सार्वजनिक कार्यक्रममा सहभागि भएर पर्यटन क्षेत्रमा हौसाला दिदैँ थिइन । केही महिनादेखि निमोनिया र बाथरोगबाट ग्रसित श्रेष्ठका मेडिसिटी अस्पताल ललितपुरमा उपचारकै क्रममा निधन भएको छ ।

नेपालमा हेरिटेज पर्यटन प्रवद्र्धन गर्दै व्यवसायीक उचाईमा पुगेकी श्रेष्ठले स्वदेशमा मात्रै नभएर विदेशमा पनि पर्यटन छवि बनाउन सकेकी व्यक्ति हुन ।

नेपालमा हेरिटेज होटल सञ्चालन गर्ने, हेरिटेज प्रवद्र्धन गर्ने र यसलाई व्यवसायीक बनाउन सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी श्रेष्ठकै कारण अहिले बजारमा प्रशस्त मात्रामा हेरिटेज शैलीका होटल देख्न पाइन्छ । यसको महत्वपूर्ण योगदान र श्रेय श्रेष्ठलाई नै जाने होटल संघ नेपालको भनाइ छ ।

सन् १९३३ मा भारतको सिक्किममा जन्मिएकी श्रेष्ठ विवाहपछि नेपालको पर्यटन क्षेत्रमा जोडिएका थिइन् । काठमाडौंको बत्तिसपुतलीमा उनका श्रीमान द्वारिकादास श्रेष्ठले विसं २०२८ मा द्वारिकाज होटलको सुरुवात गरेका थिए ।

२०४८ सालमा द्वारिकादासको निधनपछि अम्बिकाले सो होटल सम्हालिरहेकी थिइन् । द्वारिकाज होटल नेपालकै पहिलो स्तरीय हेरिटेज होटलका रुपमा ब्राण्डिङ भएको छ । यसकै ब्राण्ड काठमाडौंबाट बाहिर काभ्रेको धुलिखेलसम्म पुगिसकेको छ ।

नेपालमा हेरिटेजलाई बेचेर व्यवसायी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी श्रेष्ठलाई हेरिटेज पर्यटनका पायोनियरका रुपमा स्थापित व्यक्तित्व भएको होटल संघ नेपाल (हान)का अध्यक्ष विनायक शाह सम्झन्छन् ।

‘श्रीमान् द्वारिकाज श्रेष्ठसँग मिलेर नेपालमै पहिलो पटक पुराना घर र ऐतिहासिक वस्तुलाई पस्किएर होटलको होटलको रुपमा सेवा दिने काम भयो । यसले पाटनमा क्याफे, ठमेलमा क्याफे र धुलिखेलमा स्तरीय होटल सन्चलन गर्न सकेको देखिन्छ’ उनले भने ।

शाह भन्छन्, ‘नेपालमा महिला उद्यमशीलतमा उत्प्रेरणा दिने काम पनि दिवंगत श्रेष्ठबाटै भएको छ । उनकै कारण महिला उद्यमशीलताको विकास हुन थालेको हो ।’

नेपाली महिलालाई उद्यमी बन्न जति अम्बिकाको योगदान र प्रेरणा छ त्यो उनको समयका अरु महिला कुनै पनि आफूले नदेखिएको पनि शाहले क्लिकमान्डुसँगको कुराकानीमा बताए ।

शाह भन्छन्, ‘काठमाडौंको बत्तीसपुतलीमा द्वारिकाज होटल सञ्चालन गरेर हेरिटेजलाई प्रवद्र्धन गर्न थालेकी श्रेष्ठलाई अहिले स्वेदशमा मात्रै नभर विश्व जगतले नेपाली हेरिटेज होटलका पायोनियर भनेर निकै महत्वका साथ चिन्छन् ।’

श्रेष्ठले सन् १९६० मा ट्राभल कम्पनीसमेत पर्यटन व्यवसायमा प्रवेश गरेकी श्रेष्ठ सन् १९९१ देखि भने द्वारिकाज होटलको सम्पूर्ण जिम्मेवार सम्हालेर स्थापित ब्राण्ड बनाउन सफल भएक व्यक्तित्व हुन् ।

नेपालको पर्यटनका पथ प्रदर्शक मानिने श्रेठ हेरिटेज सोसाइटीका अध्यक्ष पनि हुन । उनले लामो समय सोसाइटीमा बसेर काम गरेकी थिइन् । नेपालमा हेरिटेज प्रवद्र्धन र विकास गर्नमा उनको जति योगदान छ अबका पुस्ताले उनैलाई पछ्याउने मात्रै भएको बुझाई हेरिटेज सोसाइटीका अध्यक्ष विजय प्रधानले बताए ।

नेपालको कला संस्कृतिलाई सम्बद्र्धन गरेर अगाडि बढ्ने श्रेष्ठको अदितीय योगदानकै कारण अहिले बजारमा पर्याप्त मात्रामा हेरिटेज होटल बनिरहेका छन् । हेरिटेज एउटा पर्यटन प्रडक्ट बन्नुमा श्रेष्ठकै योगदान रहेको हानका अध्यक्ष शाह बताउँछन् ।

चाडपर्व प्रवद्र्धन, कला संस्कृतिको संवद्र्धन, नेपालीपना विदेशीलाई बेचेर गरिने व्यापारमा श्रेष्ठको योगदानको जति चर्चा गरेपछि अधुरै हुने बुझाई होटल संघ नेपाल (हान)का अध्यक्ष शाहको छ ।

श्रेष्ठको बिहीबार मेडिसिटीमा निधन भएपनि उनको कान्छि छोरी अमेरिकामा भएकोले भोली मात्रै उनी आइपुग्ने भएकोले अन्तिम संस्कार भोलि नै हुने भएको छ । श्रेष्ठका दुई छोरीमध्ये जेठीले भने द्वारिकाज होटल सञ्चालन गरेर बसेकी छन ।

कर्ण शाक्यको दृष्ट्रिमा स्वर्गीय अम्बिकाः पर्यटनकी साहसी धरोहर थिइन्, कला संस्कृतिलाई उद्यम बनाएर गइन
पर्यटन व्यवसायी कर्ण शाक्यको बुझाइमा स्वर्गीय नेपालको पर्यटनको धरोहर थिइन् । पुराना कला संस्कृति (हेरिटेज)लाई जोगाउँदै व्यापार व्यवसाय गर्न जानेकै कारण उनको छवि उँचो भएको बुझाई पनि शाक्यको छ ।

तीन दिन अगाडि मात्रै साथी चित्रबहादुर शाक्यलाई भेट्न ललितपुरको मेडिसिटी अस्पताल पुगेको कर्णले घर फर्किएपछि मात्रै अम्बिका पनि सोही अस्पतालमा उपचारत भएको थाहा पाए । शाक्यले क्लिकमान्डुसँग भने ‘त्यही अस्पताल पुगेर पनि भेट्न नपाएको ३ दिन अगाडि नै दुःखी भएको थिए । आज भाउजु (अम्बिका) बित्नुभयो भन्ने सुनेपछि असाध्यै दुःखी भए ।’

नेपालको पर्यटनमा साहसी महिला (ब्रेभ वमिन) हुन अम्बिका । शाक्यले भने ‘द्वारिकादास श्रेष्ठ (द्वारिका दाई)को निधन भएपछि आफैं होटल सम्हाल्न थालेकी भाउजुले गरेको प्रगति, हेरिटेज पर्यटनमा उहाँले दिनुभएको योगदान र अहिले जताजतै देख्न पाइने कला संस्कृति प्रवद्धनका होटल देख्दा साह्रै सह्राहनीय लाग्छ ।’

शाक्य भन्छन्, ‘दाईको कलाकारितामा बढी योगदान थियो भने भाउजुको कला, संस्कृति र संस्कारलाई पर्यटनमा ढालेर उद्योग बनाएर गरेको योगदान पक्कै बिर्सन सकिदैन ।’

पर्यटनमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि अम्बिकाको योगदान उत्तिकै सह्रानीय छ । पछिल्लो ४ वर्षदेखि हेरिटेज सोसाइटीको अध्यक्ष रहेकी श्रेष्ठ जेसिसको समेत पहिलो नेपाली महिला अध्यक्ष हुन । श्रेष्ठ स्पेनको लागि अवैतनिक महावाणिज्य दूतसमेत थिइन् ।

अम्बिकाले सिकाएको नेपाली कला संस्कृतिलाई पर्यटमा लगाउने खुबी अरुलेको पुस्ताको लागि ज्ञानसँगै व्यवसायको आधार पनि भएको छ ।

नेपालको पर्यटनका अभियन्त शाक्य भन्छन्, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला महोत्सवमा सँगै जाने, हामी पर्यटनमा केही काम गर्नुपरे आवश्यक सल्हाल लिने मात्रै नभएर कुने पनि पारिवारिक कार्यक्रमसहितमा उनलाई निम्तो गर्दा एक छिन भएपनि उपस्थित हुने उनको विशेषता थियो ।’

आफैंले शुरु गरेको नेपाल हेरिटेज सोसाईटीको अध्यक्ष भएर अम्बिकाले पछिल्लो समय यसलाई पर्यटनसँग जोड्नमा थप मेहेनत गरेकी थिएन् ।


क्लिकमान्डु