पौने ४४ करोड लागतमा त्रिवि क्रिकेट मैदानमा प्यारापिट बढाउन थालियो

735
Shares

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्यारापिट बढाउने काम सुरु भएको छ । बिकेओआई–केसीडिसी–बिजि जेभिले त्रिवि मैदानको प्यारापिट बनाउने गरी ४३ करोड ७७ लाख ३० हजारमा ठेक्का पाएको थियो ।

कम्पनीले आगामी वैशाख २४ गतेसम्म काम सक्ने गरी काम थालेको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए । मंगलबार पूजाआजा गरेर निर्माण थालिएको छ ।

१० हजार दर्शक क्षमताको प्यारापिट निर्माण कार्य आजबाट सुरु भएको हो । पटक पटक राज्यले बजेट बिनियोजन गर्ने र अन्तिममा खर्च हुन नसकेर फिर्ता हुने गरेको थियो ।

ओपन प्यारापिट बनाउन लागिएको ठेकेदार कम्पनीले बताएको छ ।

‘हामीले आजबाट काम सुरु गरेका छौं । मैदानको इस्ट एण्ड वेस्ट साइटमा १० हजार क्षमताको प्यारापिट बनाउनेछौं । यो काम समयमै सम्पन्न हुनेछ,’ पौडेलले भने ।

प्यारापिट निर्माणको कार्य सुरु भए पनि रंगशालामा हालिने भनेको फ्ड लाइटको कामा भने हालसम्म सुरु भएको छैन । प्यारापिट निर्माण कार्य भने ३ सिफ्टमा गरेर भए पनि सकाउने योजना रहेको छ ।

यसअघि असार ३१ गते ओली नेतृत्वको मन्त्रिपरिषद्ले पहिलो निर्णयको रुपमा कीर्तिपुरस्थित मैदानमा फ्लडलाइट र प्यारापिट ३०० दिनभित्र बनाउने घोषणा गरेको थियो ।