
काठमाडौं । बराह ग्रुपको नाम सुन्नासाथ प्रायले सम्झने भनेकै गरगहना हो । तर, यो समूहका अध्यक्ष शिव कुमार विश्वकर्मा (लामिछाने)ले यो ग्रुपलाई हतियार बनाएर सहकारी ठगी गरेका छन् ।
यो समूहबाट अहिलेसम्मकै ठूलो सहकारी ठगी भएको छ । सुन चाँदीको कारोबार गर्ने विश्वकर्माले सहकारीलाई ‘जलप’ लगाएर बचतकर्ता ठग्ने धन्दा चलाएका छन् । ठगी पनि एउटाबाट होइन, २ वटा सहकारी संस्थामार्फत ।
उनले सहकारी ठगेको पैसा करिब २ दर्जन कम्पनीमा लगानी गरेको पाइएको छ । सुनसरीमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था र काठमाडौंमा रहेको अभिमत बचत तथा ऋण सहकारी संस्थामा लगानी गरेका हुन् ।
विश्वकर्माको समूहले बराह सहकारीबाट ४ हजार १६८ जना बचतकताको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ ठगेका छन् ।
बचतकर्ताको बचत अपचलन गरेको भन्दै सहकारीमा अध्यक्षसहित सञ्चालक, कर्मचारी र ऋणीसहित २६२ (व्यक्ति र कम्पनी) विरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता भएको छ ।
प्रहरीले गरेको अनुसन्धानले सहकारीमा १ अर्ब १८ करोड रुपैयाँ वाह्य दायित्व छ । ज्वेलरीमा लगभग ९ अर्ब ४५ करोड वाह्य दायित्व छ । सहकारीबाट ४० करोड रुपैयाँ विभिन्न निजी कम्पनीमा लगानी भएको छ ।
ज्वेलरीको बचतमा रहेको ९ अर्ब ४५ करोड मध्ये २७ करोड विदेश (दुबई, हङकङ)मा लगानी गरेको सफ्टवेयरमार्फत प्रहरीले फेला पारेको छ । बाँकी ९ अर्ब १८ करोड कहाँ लगानी भयो भन्नेबारे विवरण प्राप्त हुन सकेको छैन ।
प्रहरीले गरेको अनुसन्धान अनुसार सहकारी ठगीको पैसा नेपालमा मात्रै नभएर विदेशमा पुर्याइएको हो।
बचतकर्ताको पैसा हङकङमा ६५ करोबारमार्फत १ करोड ६७ लाख ९९ हजार ८५५ रुपैयाँ र दुबईमा २ करोबार मार्फत १ लाख ऋण लगानी भएको छ ।
न्यू बाराही सेभिङ एण्ड क्रेडिटको नाममा ३७३ करोबारमार्फत १५ करोड ८८ लाख ७ हजार ६९३ रुपैयाँ ऋण लगानी भएको देखिएको छ ।
प्रहरीकाअनुसार बराह ग्रुपको माइनुटमा बिभिन्न समिति (कोशी प्रदेश सचिवायल, प्रशासन समिति, ऋण ब्यवस्थापन समिति, वित्तीय बिभाग प्रमुख, कानूनी सल्हाकार) लगायतका व्यक्तिहरुको संलग्नता रहेको देखिएको छ ।
बराह ग्रुपले सहकारीको पासबुक देखाइ ज्वेलरीमार्फत गैरकानुनी रुपमा बचत संकलन तथा ऋण लगानी गरेको पाइएको छ । सहकारी ऐन/नियम/मूल्य मान्यता, प्रचलनमा रहेका अन्य कानुनको पालना नगरी नियामकलाई अटेर गर्दै, वार्षिक लेखापरीक्षण, साधारणसभा नगरी बचत संकलन गरी अपचलन गरेको पाइएको हो ।
संस्थाको सञ्चालक समिति, ग्रुप कम्पनीका सञ्चालक, ऋणी तथा संस्था सञ्चालनको जिम्मेवारी बहन गरेको व्यक्तिहरु, वित्तीय सल्लाहकार, कानुनी सल्लाहकार, व्यवस्थापक वा समूहले पीडित बचतकर्तालाई संगठित रुपमा योजना बनाइ रकम ठगेको पाइएको छ ।
३५ जनाले संगठित रुपमा गरेको ठगी
सुनसरीको बराह बचत तथा ऋण सहकारी र काठमाडौंमा रहेको अभिमत बचत तथा ऋण सहकारी तथा बराह ज्वेलर्स इन्डिस्ट्रिजका अध्यक्ष शिव कुमार विश्वकर्मा (लामिछाने) समेत ३५ जनाले संगठित रुपमा संस्थाको बचत अपचलन गरेको प्रहरीको अनुसन्धानमा पाइएको छ ।
उनीहरुद्वारा सञ्चालित बराह ज्वेलरीमा सहकारीको पैसा जम्मा गरी आफूखुसी बराह ग्रुप अफ कम्पनी अन्तरगतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न कम्पनीमा लगानी भएको हो ।
बचतकर्ताको पैसाले लामिछानले आफ्नो र परिवारका सदस्यको नाममा सम्पत्ति खरिद गरेको, प्राविधिक मूल्यांकन नै नगरी बिनाधितो तथा कच्चा धितो ऋण प्रवाह गरी बचतकर्ताहरुको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन गरेका छन् ।
सहकारीका अध्यक्ष लामिछानेले २ अर्ब ७१ करोड ३१ लाख ६० हजार २४ रुपैयाँ, उनका बुबा मृतक इन्द्र कुमार विश्वकर्माले २ अर्ब ४५ करोड ७७ लाख १७ हजार ५७६ रुपैयाँ, आमा मृतक विष्णु माया विश्वकर्माले ७० करोड १९ लाख १६ हजार २५४ रुपैयाँ अपचलन गरेका छन् । खराब कर्जा असुल नभएसम्म विष्णु मायाको बिगो हुने रकम १ करोड १२ लाख ९० हजार ८७९ रुपैयाँ रहेको छ । तीन जनाको बिगो रकम ५ अर्ब ८८ करोड ४० लाख ८४ हजार ७३३ रुपैयाँ रहेको छ ।
यस्तै मन्दिरा लामिछाने (विश्वकर्मा) ले १ अर्ब २३ करोड ११ लाख ९१ हजार १०० रुपैयाँ, मान बहादुर विश्वकर्माले १ अर्ब १० करोड ६८ लाख ९० हजार ३३८ रुपैयाँ, हरि कुमार धमला विश्वकर्माले ३७ करोड ६१ लाख २४ हजार ३२८ रुपैयाँ, प्रकाश लामगादेले ४८ करोड १८ लाख ८९ हजार ८९ रुपैयाँ, शुभराज खातीले ४३ करोड ७१ लाख ८१ हजार ८२७ रुपैयाँ, विकास लामगादेले ३६करोड ९६लाख ३२ हजार ९१५ रुपैयाँ हिनामिना गरेको पाइएको छ ।
यस्तै सुरेश विकाले ३४ करोड ४० लाख ८० हजार ४६१ रुपैयाँ, शौराज भन्ने अम्बर बहादुर विश्वकर्माले १५ करोड ९८ लाख १३ हजार १७५ रुपैयाँ, रवि पोर्तेलले १० करोड ६४ लाख ८५ हजार ६४३ रुपैयाँ, पूर्ण बहादुर विश्वकर्माले ६ करोड १५ लाख ८२ हजार ९४८ रुपैयाँ, रिना राई लामिछानेले ३ करोड ८५ लाख ३२ हजार ६४० रुपैयाँ, भोजमान लामगादेले १ करोड ६० लाख २१ हजार ९३४ रुपैयाँ, गंगा बहादुर कालिकोटेले १ करोड ८३ लाख २९ हजार ८५६ रुपैयाँ अपचलन गरेका छन् ।
यस्तै रशण विश्वकर्माले ९६ लाख ३३ हजार १६० रुपैयाँ, बिक्रम गजमेरले ९६ लाख ३३ हजार १६० रुपैयाँ, लाल बहादुर विश्वकर्माले ९६ लाख ६६ हजार १६० रुपैयाँ, अम्बर प्रसाद खातीले ९६ लाख ६६ हजार १६० रुपैयाँ, सुदिन विकले ९६ लाख ६६ हजार १६० रुपैयाँ हिनामिना गरेका छन् ।
कुमार विकले ८९ लाख ५७ हजार ५० रुपैयाँ, अनुप कुमार खड्गीले १७ लाख रुपैयाँ, बिष्णुु कुमारी तुलाधरले १३ लाख ६६ हजार १० रुपैयाँ, फुुलमाया राईले १३ लाख ६६ हजार १० रुपैयाँ, हिम प्रसाद आँखेवाले ४ लाख ७० हजार ३७२ रुपैयाँ, सपना श्रेष्ठले ४ लाख ७० हजार ३७२ रुपैयाँ, दिपिका सिंह गदालले १ लाख ७८ हजार ६५३ रुपैयाँ, अस्मिता भण्डारीले १ करोड २२ लाख ८ हजार २८७ रुपैयाँ, महत क्षेत्रीले १ करोड २२ लाख ८ हजार २८७ रुपैयाँ, दातेन्जी शेर्पाले ६० लाख ५८ हजार ७५६ रुपैयाँ, बिकेन ल्वागुन विश्वकर्माले ४ लाख २९ हजार ८९ रुपैयाँ, इन्द्र बहादुर विश्वकर्माले ७५ लाख ४३ हजार १५१ रुपैयाँ अपचलन गरेका छन् ।
यस्तै चन्द्रकला राईले ३० हजार, कुमार कालिकोटे विश्वकर्माले ८७ लाख १७ हजार २६ रुपैयाँ, अबइन्द्र निरौलाले २ लाख ३६हजार २१० रुपैयाँ र श्याम कुमार सेन्चुरीले २४ हजार ४९३ रुपैयाँ अपचलन गरेका छन् ।
शिव कुमार विश्वकर्मा (लामिछाने), मान बहादुर विश्वकर्मा, शुभ राज खाती, शौराज भन्ने अम्वर बहादुर विश्वकर्मा, मन्दिरा लामिछाने (विश्वकर्मा), दिपिका सिंह गदाल र गंगा बहादुर कालिकोटे लगायतका ३५ जनाले बराह ग्रुप अफ कम्पनी अन्तरगतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न १४ वटा संस्थामा लगानी गरेका छन् ।
अदालतमा दायर गरेको अभियोगमा ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा माग दाबी गरिएको छ भने २१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ बमोजिम माग दाबी गरिएको छ ।
सहकारीमा संलग्न २६२ जनामध्ये अध्यक्षसहित अधिकांश फरार रहेका छन् ।
अध्यक्ष शिव कुमारले अभिमत सहकारीका १८ बचतकर्ताको ६ करोड २० लाख १४ हजार ८४१ रुपैयाँ ठगेर फरार रहेका छन् ।
हाल काठमाडौं महानगरपालिका–२२ बस्ने लामिछानका २५ वटा कम्पनी छन् । उनी बराह ग्रुप अफ कम्पनी, बराह ज्वेलरी इण्डष्ट्रिज, न्यू बराह ज्वेलरी न्यूरोड पिपलबोट (व्यक्तिगत फर्म), न्यू बराह ज्वेलरी न्यूरोड पिपलबोट (साझेदारी फर्म ), गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज नयाँ रोड पोखरा, श्रीपा सुपर मार्केट स्टोर, बराह कृषि उपज तथा पशुपालन, बराह फेमिली किचेन, बराह डिपार्टमेन्ट स्टोर, बराह नेशनल इन्भेष्टमेन्ट, नारायणी बराह ज्वलेरी ईण्डष्ट्रिज, बराह प्रोपटी सर्भिस, बराहा चिल्ड्रेन वल्र्ड, पिपलबोट बराह ज्वेलर्स, बराह मोर्टस्, बराह बाल संसार गेमजोन एण्ड कृपा १६ डि. इन्टरटेन्टमेन्ट, इन्द्र बराह ट्राभल्स एण्ड टुर्स, टाईम्स रेमिट, कृपा फाउन्डेशन, इन्द्र बराहा ज्वेलरी इन्डस्ट्रिज एण्ड रिसर्च सेन्टर, इन्द्रेश्वर टेक्सटाइल्स, कृपा दृश्य डिजीटल प्रोडक्सन कम्पनीका संस्थापक तथा शेयरधनी हुन् ।
प्रतिक्रिया