
काठमाडौं । चितवनको भरतपुरस्थित निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको आर्थिक विषयमा धुर्मुस–सुन्तली फाउन्डेसनविरुद्ध मुद्दा दायर भएको छ ।
पञ्चकन्या स्टिलले कम्पनीबाट लिएको छडको रकम नदिएको भन्दै जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको हो ।
कम्पनीले मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी नपाएको उल्लेख गरेको छ ।
जनस्तरबाट आर्थिक संकलन गरेर निर्माण कार्य थालनी भएको रंगशालाको ३९ प्रतिशत काम पूरा हुँदा धुर्मुसले रंगशाला निर्माणबाट पछि हटेका थिए ।
रंगशाला निर्माणमा कूल ६० करोड रकम खर्च भएको बताएका धुर्मुसले १८ करोड रुपैयाँ ऋण भएको अडिट बुझाएका छन् ।
अहिले उनी सोही ऋण तिरिदिन सरकारसँग आग्रह गरिहरहेका छन् ।
प्रतिक्रिया