लक्ष्मी सन्‌राइज बैंकका कर्मचारीले साउन १५ गतेपछि मात्रै अग्रिम बोनस पाउने

0
Shares

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकका कर्मचारीले गत साउन १५ गतेपछि मात्रै अग्रिम बनेनस पाउने भएका छन् ।

आर्थिक वर्ष सकिएसँगै बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट कर्मचारीको लागि बैंकहरुले धमाधम अग्रिम बोनस पठाउँदै गर्दा लक्ष्मी सन्‌राइज बैंकका कर्मचारीहरुले भने साउन १५ गतेसमम कुर्नपर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले असार मसान्तमा उठ्नुपर्ने ब्याजदर साउन १५ समम असुल गरेमा गत आर्थिक वर्षको नाफामा देखाउनसक्ने सुविधा दिएको छ । सोही कारण बैंकहरुले साउन १५ सम्मको लागि गत आर्थिक वर्षमा उठ्नुपर्ने ब्याज उठाउन ताकेका गरिरहेका छन् ।

साउन १५ सम्म उठाउने ब्याज समेतको आधारमा गत आर्थिक वर्षको वित्तीय विववरण तयार गरेर सोही आधारमा कर्मचारीलाई अग्रिम बोनस दिने तयारी भइरहेको बैंक स्रोतले जनाएको छ ।

बोनस ऐनले नै नाफा कमाउने हरेक प्रतिस्ठानले नाफाबाट कर्मचारीलाई बोनस वितरण गर्नुपर्ने व्यवस्था गरेको छ । ‘मुनाफा गर्ने प्रत्येक प्रतिष्ठानले एक आर्थिक वर्षमा गरेको खुद मुनाफाको दश प्रतिशत बराबरको रकम कर्मचारीहरूलाई बोनस बापत छुट्याउनु पर्छ,’ बोनस ऐनको दफा ५ मा भनिएको छ ।