हर्टअट्याक भएपछि पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

17.9k
Shares

फाइल फोटो

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । आइतबार हर्टअट्याक भएपछि शाह अस्पताल भर्ना भएका हुन् ।

शाहलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार अहिले शाहको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।

उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको जनाइएको छ । पारसको मुटुमा यसअघि पनि समस्या देखिएको थियो ।