यी १३ काम गरे बैंकका कर्मचारीको जागिर चैट !
काठमाडौं । तपाईं बैंक तथा वित्तीय संस्थाको जागिरे हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंका लागि यो समाचार धेरै नै महत्वपूर्ण हुनेछ । कहिलेकाहीँ नजानेर, कहीले साथीभाईको लहैलहैमा लागेर त कहिलेकाहीँ जानाजान इमोशन भएर जीबनमा धेरै गल्तीहरु हुन्छन् ।
तर, कतिपय गल्तीहरु यस्ता हुन्छन्, जसले आफ्नो करियरमै ठूलो धक्का पुर्याउँछन् । त्यसैले काम गर्ने शिलशिलामा धेरै बिचार पुर्याउनुपर्ने हुन्छ ।
यदि तपाईं बैंक तथा वित्तीय संस्थामा जागिरे हुनुहुन्छ भने यी १३ काम झुक्किएर पनि नगर्नुहोस् । यी काम वा गल्ती गर्नुभयो भने तपाईंको जागिर जानसक्छ । व्यवस्थापनले तपाईंलाई सेवाबाट बर्खास्त गर्नसक्छ ।
राष्ट्र बैंकले केही दिनअघि कर्मचारी सेवा विनियमावली जारी गरेको छ । जसमा भनिएको छ ‘देहायका अवस्थामा कर्मचारीलाई सुविधा नदिई बैंक/वित्तीय संस्थाको सेवाबाट बर्खास्त गर्न सकिनेछ ।’
बैंकका कर्मचारीलाई २० प्रकारका सेवा-सुविधा, के के हुन् ती ? (सूचिसहित)
(१) रिसवत/घूस लिने/दिने गरेमा वा आफूलाई गैरकानूनी फाइदा पुग्ने कार्य गरी बैंक/वित्तीय संस्थालाई हानि नोक्सानी पुर्याएमा ।
(२) झूठो योग्यता वा प्रमाणपत्र पेश गरी सेवामा प्रवेश गरेको पाइएमा ।
(३) फौजदारी अपराधमा अदालतबाट सजाय पाएमा ।
(४) बैंक/वित्तीय संस्थाकोसम्पत्ति वा कोषकोदुरुपयोग गरेमा ।
(५) कार्यस्थलमा कसैको सम्पत्ति चोरी गरेमा
(६) बैंक/वित्तीय संस्थाको आर्थिक कारोबारमा वा ग्राहकसंगको कारोवारमा वा अन्य जुनसुकै कारोवारमा हिनामिना गरेमा ।
(७) बैंक/वित्तीय संस्थाको वा आफनो जिम्मामा रहेको वा प्रयोगमा रहेको कुनै सम्पत्तिलाई जानी जानी क्षति पुर्याएमा ।
(८) आफु कार्यरत रहेको बैंक वा कार्यस्थलमा हानि नोक्सानी पुर्याउने उद्देश्यले बैंक÷वित्तीय संस्थाको उत्पादन शुत्र, विशेष प्रविधि सम्वन्धी गोपनीयता भङ्ग हुने कुनै काम गरेमा ।
(९) बैंक/वित्तीय संस्थाको कार्य प्रकृतिसंग मिल्दो प्रतिस्पर्धी संग मिलेर काम गरेमा वा आफैंले प्रतिस्पर्धी कार्य सञ्चालन गरेमा वा प्रस्पिर्धीलाई आफु कार्यरत बैंक/वित्तीय संस्थाको गोप्य सूचना दिएमा ।
(१०) कार्यालय समयमा लागू पदार्थ वा मादक पदार्थ सेवन गरी आएमा वा सेवन गरेमा ।
(११) कसैले कार्यस्थलमा वा कामको सिलसिलामा अनुचित प्रभावमा पारी कसै उपर यौन दुव्र्यवहार मानिने कुनै कार्य गरेमा वा शारिरिक स्पर्श गरेमा वा अन्य तवरले यौन प्रताडना मानिने कार्य गरेमा ।
(१२) तीन वर्षभित्र खराव आचरण गरे वापत विनियमावली वमोजिम दुई पटक वा सो भन्दा बढी कुनै सजाय पाएमा ।
वा (१३) वैकिङ कसुर तथा सजाय ऐन बमोजिम कसुर मानिने कुनै प्रकारको खराब आचरण गरेमा वा ग्राहकको ब्यबसायमा हिस्सेदार बनेमा वा ग्राहकको तर्फबाट ब्यापारिक कारोवारमा संलग्न भएमा ।
यस विनियममा अन्यथा लेखिएको अवस्थामा बाहेक कुनै पनि कर्मचारीलाई सजाय दिँदा सुनुवाइको उचित अवसर दिइनेछ । नसिहत दिँदा पहिलो पटकलाई स्पष्टीकरणको मौका दिनुपर्ने छैन ।
बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, विवाह गर्न ३ दिनमात्रै ! कुन बिदा कति ?
त्यतिमात्रै होइन, कुनै कर्मचारीको गम्भीर लापरवाही वा हेलचेक्र्याईबाट बैंक/वित्तीय संस्थालाई क्षति पुग्न गएमा उक्त क्षतिको केही वा सबै हिस्सा निज कर्मचारीबाट असुल गर्ने अधिकार बैंक/वित्तीय संस्थालाई हुनेछ ।
आचरण र अनुशासन सम्बन्धी ब्यबस्था
समय पालन र नियमितता: (१) कर्मचारीको सबै समय बैंक/वित्तीय संस्थाको अधीनमा हुनेछ र कार्यालय प्रमुखले जुनसुकै समयमा पनि निजलाई बैंक/वित्तीय संस्थाको काममा लगाउन सक्नेछ ।
(२) कर्मचारीले बैंक/वित्तीय संस्थाबाट निर्धारित समयमा नियमितरुपले आफ्नो कार्यालयमा हाजिर भई कामकाज गर्नु पर्नेछ र सम्भव भएसम्म विदाको पूर्व स्वीकृति नलिई कार्यालयमा अनुपस्थित हुनुहुँदैन ।
बैंक तथा वित्तीय संस्थाकोकर्मचारीले नेपाल राष्ट्र बैंकले दिएको निर्देशनको पुर्ण रुपमा पालना गर्नु पर्नेछ ।
(४) कर्मचारीले आफुभन्दा माथिका सबै प्रति उचित आदर देखाउनु पर्नेछ र माथिल्लो पदका कर्मचारीले पनि तल्लो पदको कर्मचारीलाई न्यायपूर्ण तथा शिष्टतापूर्ण व्यवहार गर्नु पर्नेछ ।
(५) सबै कर्मचारीले यस विनियमावली तथा प्रचलित कानूनमा उल्लेख भएको कसुरजन्य कार्य वा खराव आचरण गर्नु हुदैन ।
अनुशासन र आज्ञा पालन
(१) कर्मचारीले समय समयमा तोकिएको कार्य तोकिएको स्थान, समय र अवस्थामा अनुशासनमा रही आफ्नो कर्तव्यको पालना, परिश्रम र तत्परताका साथ सम्पादन गर्नु पर्नेछ ।
(२) कर्मचारीले आफ्नो काम सम्बन्धी विषयमा आफुभन्दा माथिको कर्मचारीले दिएकोआदेशलाई शीघ्रताका साथ सम्पादन गर्नु पर्नेछ ।
(३) कर्मचारीले बैंक/वित्तीय संस्थाको सम्पर्कमा आउने व्यक्तिसँग नम्रतापूर्ण तथा शिष्टतापूर्ण व्यवहार गर्नुपर्नेछ र व्यवहार, कार्य तथा छलफल गर्दा संयमित भई सदाचारपूर्वक तथा अनुशासित र सहयोगकोभावलेगर्नु पर्नेछ ।
यसरी हुन्छ बैंक/वित्तीय संस्थाका कर्मचारीको बढुवा, चित्त नबुझे प्रमाणसहित निवेदन दिन सकिने
(४) कर्मचारीले कार्यालय समयमा कार्यालय हाताभित्र मादक वा लागू पदार्थ सेवन गर्ने, गर्न प्रोत्साहन गर्ने वा मादक वा लागु पदार्थ सेवन गर्न र कार्यालय हाताभित्र जुवा तास खेल्ने वा कार्यालय भित्र वा बाहिर त्यस्तै अन्य बाजी वा सट्टाबाजी सम्बन्धी कार्य गर्न पाईने छैन ।
(५) कर्मचारीलेबैंक/वित्तीय संस्थालेजुनसुकैस्थानमा खटाएमा वा सरुवा गरेमा तोकिएको अवधिभित्र तत्परताका साथ जानुपर्नेछ र कुनै पनि कर्मचारीले पूर्व स्वीकृति वेगर आफ्नो काममा अनुपस्थित हुन पाउने छैन ।
(६) कर्मचारीले कार्य संचालनको निमित्त समय समयमा लागु गरिएका ऐन, नियम, विनियम, परिपत्र र व्यवस्था एवं नेपाल राष्ट्र बैंक, बैंक/वित्तीय संस्थाले दिएका आदेश निर्देशनकोपूर्णरुपमा पालना गर्नु पर्नेछ ।
(७) आफ्नो कार्य सम्पादन गर्दा बैंक/वित्तीय संस्थाको श्रोत, साधन तथा सम्पत्ति र यसका ग्राहकहरुलाई अत्यधिक सेवा र सुरक्षा प्रदान गर्ने हेतुले गर्नु पर्नेछ । तर, विरामीे वा काबुबाहिरको अवस्थाको कारण परी काममा उपस्थित हुन नसकेको अवस्थाका वारेमा बिदा स्वीकृत गर्ने अधिकारी बिश्वस्त भएमा अनुपस्थित अवधिको विदा स्वीकृत गर्न सक्नेछ ।
इमान्दारी: कर्मचारीले आफ्नो जवाफदेहीता अन्तर्गतको कार्य सम्पादन गर्दा सदैव बैंक÷वित्तीय संस्थाको भलो चिताई इमान्दारी तथा बफादारीका साथ गर्नु पर्नेछ ।
व्यापार व्यवसाय: (१) अख्तियार प्राप्त अधिकारीको पूर्व स्वीकृतिबिना कुनै पनि कर्मचारीले कुनै निकायमा वा अन्यत्र काम गर्न वा व्यापार, व्यवसाय गर्न वा फर्मको हिस्सेदार बन्न पाउने छैन ।
(२) अख्तियार प्राप्त अधिकारीको पूर्व स्वीकृतिबिना कुनै पनि कर्मचारीले कुनै बैंक, वित्तीय संस्था दर्ता गर्न वा स्थापना गर्न र कुनै सार्वजनिक निकाय, संस्था वा व्यक्तिबाट कुनै किसिमको दस्तुर लिन पाउने छैन ।
बैंकहरुले करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’को काम लगाउन नपाउने, यस्तो आयो नयाँ नियम
(३) उपविनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवामा रहेका कर्मचारीले साहित्यिक, कलात्मक, ऐतिहासिक वा वैज्ञानिक प्रकृतिकोकार्य गर्न सक्नेछ ।
गोपनियता: (१) प्रचलित कानून अनुसार दिनु पर्ने भएमा वा दिन वाध्य पारेको अवस्थामा बाहेक कुनै पनि कर्मचारीले बैंक/वित्तीेय संस्था र यसका व्यवसायसंग सम्बन्धित कागजात, जानकारी तथा सूचना अन्य व्यक्तिलाई दिन पाउनेछैन ।
(२) कुनै कर्मचारीले ओहदाको कर्तव्य पालन गर्दा ज्ञात हुन आएको कुनै कुरा वा बैंक÷वित्तीय संस्था वा अन्य माध्यमबाट प्राप्त गरेको वा आफुले लेखेको वा संकलित गरेको कुनै कागजपत्र वा समाचार असम्बन्धित व्यक्ति वा संस्थालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले संकेत वा प्रकट गर्न पाउने छैन ।
तर, यस व्यवस्थाले सरोकारवाला निकायलाई प्रचलित कानून वा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सूचना वा जानकारी दिन वाधा पुर्याएको मानिने छैन ।
(३) उपविनियम (२) को व्यवस्था बैंक/वित्तीय संस्थाको सेवामा रहेको वा सेवामा नरहेको जुनसुकै अवस्थामा पनि लागु हुनेछ ।
राजनीति वा चुनावमा भागः कर्मचारीले राजनीतिक दलको सदस्य वन्न वा राजनैतिक पदको लागि हुने निर्वाचनमा उम्मेदवार हुन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारले प्रभाव पार्न हुँदैन ।
तर, प्रचलित कानून बमोजिम आफुले पाएको संगठन दर्ता गर्न तथा मतदान गर्ने अधिकार प्रयोग गर्न तथा पेशागत संगठन (जस्तै नेपाल वार एसोशियन, नेपाल मेडिकल एसोशियन, नेपाल चार्टर्ड एकाउण्टेण्ट सस्था, नेपाल व्यवस्थापन संघ, नेपाल प्राध्यापक संघ आदि) मा प्रतिनिधित्व गर्न यस विनियमलेबाधा पुर्याएको मानिने छैन ।
२७ वाणिज्य बैंकमा ३८.४६ प्रतिशत महिला कर्मचारी, कुन बैंकमा कति ? (तथ्यांकसहित)
प्रतिनिधित्व गर्नमा प्रतिबन्ध: कर्मचारीले आफुलाई मर्का परेको विषयमा प्रचलित कानून बमोजिम आफै वा वारिस मार्फत सम्बन्धित निकाय वा पदाधिकारी समक्ष निवेदन दिन वाहेक अन्य कर्मचारी वा समुहको प्रतिनिधित्व गर्न पाउने छैन । तर प्रचलित कानून बमोजिम दर्ता भएको कर्मचारी युनियनको तर्फबाट प्रतिनिधित्व गर्दा यस विनियमले वाधा पुर्याएको मानिने छैन ।
प्रदर्शन र हडताल गर्नमा प्रतिबन्धः प्रचलित कानून बमोजिम आप्mनो हक अधिकारको प्रयोग गर्ने वाहेक कर्मचारीले देशको सार्वभौमसत्ता, अखण्डता, शान्ति सुरक्षा, वैदेशिक सम्बन्ध, सार्वजनिक मर्यादा, अदालतको निर्णयको अवहेलना र कुनै अपराधलाई प्रश्रय हुने गरी प्रदर्शन गर्न, हडतालमा भाग लिन वा सो कार्य गर्न वा सोको लागि अरुलाई उक्साउन समेत पाउने छैन ।
सजायको भागी हुनेः कर्मचारीले यस परिच्छेदमा लेखिएको कुनै कुरा उल्लंघन गरेमा निज उपर यस विनियमावलीको परिच्छेद ९ बमोजिम अनुशासनको कारवाही हुनेछ ।
अनुशासन कारवाहीको प्रक्रिया र अधिकारी: कर्मचारीमाथि हुने अनुशासनको कारवाही सम्बन्धी यस्तो व्यवस्था छ ।
(क) सहायक तहसम्मको कर्मचारीको लाई सचेत गराउने/चेतावनी वा नसिहत दिने( जनशक्ति व्यवस्थापन विभाग प्रमुख/विभागीय प्रमुख ।
(ख) अधिकृत स्तरसम्मकोकर्मचारीको लागि- प्रमुख कार्यकारी अधिकृत ।
(ग) कुनै खराव आचरण गर्दा तल्लो तहदेखि माथिल्लो तहसम्मको कर्मचारीले मिलेर गरेको पाईएमा( प्रमुख कार्यकारी अधिकृत ।
(२) अनुशासनको कारवाही गर्ने अधिकारीको पद रिक्त भएको वा त्यस्तो अधिकारी विदामा रहेको अवस्थामा निजको जिम्मेवारी वहन गर्ने तोकिएको अधिकारीलाई अनुशासनको कारवाही गर्ने अधिकार हुनेछ ।
(३) यस विनियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कर्मचारीलाई निजले गरेको सामान्य प्रकारको आचरण वा अनुशासनको उल्लंघन वापत सचेत गराउने वा चेतावनी दिने अधिकार निजको सुपरीवेक्षकलाई हुनेछ । यसरी सुपरिवेक्षकबाट भएको कारवाहीलाई यसलाई सजायमा गणना गरिन छैन ।
(४) तलव वृद्धि रोक्का गर्ने, तलव वृद्धि (ग्रेड) घटुवा गर्ने, स्थायी नियुक्ति वा बढुवा रोक्का गर्ने वा सेवाबाट हटाउने वा बर्खास्ती गर्ने सम्बन्धी कारवाही पदपूर्ति समितिको/उप समितिको सिफारिसमा कार्यकारी प्रमुखले गर्नेछ ।
(५) यस विनियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि विभागीय प्रमुख र सोभन्दा माथिको कर्मचारी उपर यस विनियम बमोजिम कारवाही गर्ने अधिकार समितिलाई हुनेछ
जाँचबुझ: अनुशासनको कारवाही गर्ने अख्तियारप्राप्त अधिकारीले आबश्यक ठानेमा कुनै कर्मचारी माथि लगाईएको अभियोगको सम्बन्धमा एक वा एक भन्दा बढी व्यक्ति संलग्न रहेको जाँचबुझ समिति/उप-समिति वनाउन वा जाँचवुझ अधिकृत तोकि जाँचवुझ गराउन सक्नेछ । जाँचबुझ गर्ने अधिकारीले सबुद प्रमाण अध्ययन गरी उपयुक्त सजायको ठहर सहित अख्तियारप्राप्त अधिकारी समक्ष प्रतिवेदन पेश गर्नुपर्नेछ ।
यो वर्ष बैंकका कर्मचारीलाई ९ अर्ब रुपैयाँ बोनस, तलब पनि बढ्यो
जाँचबुझ कर्ताले घटनाको विवरण, त्यसमा संलग्न कर्मचारीको के कस्तो प्रकारको संलग्नता हो सो विवरण र सो कार्यवाट कुन कानूनको कस्तो प्रकारले उल्लंघन भएको हो सो कुरा र त्यस्तो कार्यमा संलग्न भए वापत हुन सक्ने अधिकतम सजाय समेत उल्लेख गरी प्रतिवेदन पेश गर्नुपर्नेछ ।
सामान्यतया तल्लो तह वा पदको कर्मचारीलाई निज भन्दा माथिल्लो तह वा पदको कर्मचारीको बारेमा छानविन गर्न खटाइने छैन ।
माथि जुनसुकै कुरा लेखिएको भएतापनि अनुशासनको कारवाही गर्न पाउने अधिकारीले बैंकको कर्मचारीभन्दा वाहिरवाट कुनै कानून व्यवसायी वा अन्य उपयुक्त व्यक्ति मार्फत जाँचवुझ गराउन वा लेखा परीक्षण गराउनसक्नेछ ।
जाँचबुझ गर्ने अधिकारीले अपनाउने कार्यविधि: जाँचबुझ गर्ने अधिकारीलाई देहायको कार्यविधि अपनाई जाँचबुझको कारबाही चलाउनेअधिकार हुनेछः- (क) लिखित तथा मौखिक बयान गराउने, लिखित प्रमाणहरु दाखिला गराउने र साक्षी प्रमाण बुझ्ने, (ख) आरोप लागेको कर्मचारीकोसबुद प्रमाण बुझ्ने, र प्रमाणको मूल्यांकन गर्ने, (ग) कुनै शाखा वा बैंक वित्तीय संस्थाको स्वामित्वको वा प्रयोग गरिरहेको स्थान वा ठाउँमा कुनै प्रकारको प्रमाण हुन सक्ने भएमा सो स्थानको निरिक्षण गर्ने वा प्रमाण संकलन गर्ने, (घ) जाँचबुझको क्रममा आवश्यक देखिएको कुनै कार्य गर्ने, (ङ) अभियोग लागेको कर्मचारीलाई अभियोग विरुद्ध सबुद प्रमाण दाखिला गर्न मौका दिने ।’
(२) उपविनियम (१) बमोजिमको जाँचबुझको काम सकिएपछि जाँचबुझको आदेश दिन अधिकारी समक्ष जाँचबुझ गर्ने अधिकारीले प्रतिवेदन पेश गर्नु पर्नेछ । त्यस्तो प्रतिवेदनमा सजाय सम्बन्धी कारण सहितको ठहर उल्लेख गरी संकलित सबुद प्रमाण प्रतिवेदन साथ दाखिला गर्नु पर्नेछ ।
सजायँ सम्बन्धी कार्यविधिःसजायँ दिने अधिकारीले कुनै पनि कर्मचारीलाई सजायँ गर्नु अघि सजायँ दिनु पर्ने कारण उल्लेख गरी प्रस्तावित सजायँ किन नगर्ने भनी कम्तीमा पन्ध्र दिनको म्याद दिई निजलाई लिखितरुपमा स्पष्टीकरण पेश गर्ने मौका दिनु पर्नेछ ।
देहायका अवस्थाका कर्मचारीलाई सेवाबाट हटाउदा वा बर्खास्त गर्दा उपविनियम (१) बमोजिमकोकार्यविधि अपनाउनुपर्ने छैनः (क) परीक्षणकालमा कार्यसम्पादन सन्तोषजनक नभएको, (ख) करार वा अस्थायी पदमा नियुक्त कर्मचारी, र (ग) नैतिक पतन देखिनेफौज्दारी अभियोगमा सजाँय पाएको । (३) कुनै खास सजाँयको लागि स्पष्टीकरण माग भएकोमा कम सजाँय गर्न पुनः स्पष्टीकरण लिनुपर्ने छैन ।
तर, बढी सजाँय गर्नु पर्ने भएमा पुनः एक पटक सात दिनको म्याद दिई लिखित स्पष्टीकरण पेश गर्ने मौका दिनु पर्नेछ ।
निलम्बन र अनिवार्य बिदा: अनुशासनको कारवाही चलाइएको कुनै पनि कर्मचारीलाई निलम्बनमा राख्न वा त्यस्तोकर्मचारीलाई कार्यकारी प्रमुखलेअनिवार्य बिदामा बस्न आदेश दिन सक्नेछ । (यस प्रयोजनको लागि स्पष्टीकरण लिंदा निजको सुपरिवेक्षक वा शाखा प्रबन्धक वा विभागीय प्रमुख वा जनशक्ति व्यवस्थापन विभाग प्रमुखबाट लिखित रुपमा लिन सकिनेछ ।)
निलम्बन र सफाईको मौकाः (१) विनियम ८२ को उपविनियम (१) को खण्ड ( ख), (ग) र (घ) मा लेखिएको कुनै अभियोगको जाँचबुझ गर्नु परेमा अख्तियार प्राप्त अधिकारीले देहायको कुनै अवस्थामा कर्मचारीलाई निलम्बनमा राखी कारवाही गर्न सक्नेछः- (क) निलम्बन नगरी ओहदाको काम गर्न दिँदा झुठ्ठा सबुत प्रमाण संकलन गर्न सक्ने वा आफू विरुद्धको सबुद प्रमाण गायब गर्न सक्ने सम्भावना देखिएमा, वा (ख) निलम्बन नगरी ओहदाको काम गर्न दिँदा बैंक/वित्तीेय संस्थालाई हानी नोक्सानी हुने सम्भावना देखिएमा । (२) कुनै कर्मचारीलाई निलम्बन गर्नु परेमा अख्तियार प्राप्त अधिकारीले निलम्बन पत्र र सफाई पेश गर्न लेखिएको पत्र सम्बन्धित कर्मचारीलाई बुझाउनुपर्नेछ ।
(३) शुरुमा एक जनालाई स्पष्टीकरण माग गरीएकोमा पछि एक भन्दा वढि व्यक्ति संलग्न भएको थाहा भएको कारण कारवाही गर्ने अधिकारी फरक भएमा सोही स्पष्टीकरणको आधारमा विनियमावली वमोजिमको अधिकारीले कारवाही अगाडि वढाउन वाधा पुगेको मानीने छैन ।
(४) माथि जुनसुकै कुरा लेखिएको भएता पनि वैकिङ्ग कसुर तथा सजाय ऐन वमोजिम कैदको सजाय पाएको वा प्रचलित कानून वमोजिम सजाय पाए पछि वैकको सेवाको लागी अयोग्य हुने मुद्दामा कुनै कर्मचारीलाई अदालतले कसुरदार ठहर गरेमा त्यस्तो कर्मचारीलाई सेवावाट हटाउनु अगाडि सुनुवाईको मौका दिनु पर्ने छैन ।
स्वतः निलम्बन हुने: (१) नैतिक पतन देखिने फौजदारी अभियोगमा थुनामा परेमा त्यसरी थुनामा रहेको अवधिभर तथा राज्यको कुनै निकायले कुनै कर्मचारी विरुद्व प्रचलित नेपाल कानून बमोजिम फौजदारी अभियोगमा मुद्दा दायर गरेमा निज स्वतः निलम्बनमा परेको मानिने छ ।
निलम्बनको अवधिः कुनै कर्मचारीलाई विनियम ८८ वमोजिम निलम्बन गर्दा तीन महिनाभन्दा बढी निलम्बन गरी राख्नुहुँदैन । तर, कुनै कारणवस उक्त अवधिभित्र कारवाही किनारा लगाउन नसकिने भएमा विनियम ९३ मा उल्लेखित पुनरावेदन सुन्ने अधिकारीको पूर्व स्वीकृति लिई थप तीस दिनसम्म निलम्बनको अवधि बढाउन सकिनेछ ।
निलम्बनको समाप्तिः (१) निलम्बनमा रहेको कर्मचारीले सफाई वा सजाय पाएपछि निजकोनिलम्बन स्वतः समाप्त हुनेछ । (२) निलम्बनमा राखिएको कुनै कर्मचारी निर्दाेष प्रमाणित भएमा निज निलम्बनमा रहेको अवधिमा निजले साविक बमोजिम पाउने पुरा पारिश्रमिक पाउने छ र निजको निलम्बन अवधिलाई अटुटसेवा अवधिमा गणना गरिनेछ ।
(३) बैंक/वितीय संस्थासंग सरोकार नभएको कुनै फौजदारी अपराध गरेको कारणबाट पुर्पक्षको लागि थुनामा रहेको वा हिरासतमा रहेको वा निलम्बनमा रहनु पर्ने अवस्था विद्यमान भएकोमा त्यस्तो कर्मचारीलाई यस विनियम बमोजिमको सुविधा प्रदान गरिने छैन ।
तर वैक/वितीय संस्थाको उजुरीको आधारमा हिरासतमा रहेको कारणवाट स्वत निलम्वन भएकोमा भने निज अदालतवाट निर्दोष प्रमाणित भएमा सेवामा वहाली भई स्वतः निलम्वन अवधिको सवै तलव भत्ता र सुविधा समेत पाउने छ ।
पुनरावेदन र पुनरावेदनको कार्यविधिः (१) आफूले पाएको सजायँमा चित्त नबुझ्ने कर्मचारीले सजायको जानकारी पाएको एक्काईस दिन भित्र जनशक्ति व्यवस्थापन विभाग प्रमुख/विभागीय प्रमुखबाट सजायँ भएकोमा प्रमुख कार्यकारी अधिकृत समक्ष र कार्यकारी प्रमुखबाट सजायँ पाएकोमा समिति समक्ष पुनरावेदन पेश गर्न सक्नेछ ।
(२) पुनरावेदन दिँदा देहाय बमोजिमकोकार्यविधि पालना गर्नु पर्नेछः- (क) कर्मचारीले सजायको आदेश प्राप्त गरेको मितिले एक्काइस दिनभित्र पुनरावेदन दिनु पर्ने, (ख) पुनरावेदन गर्ने कर्मचारीले आफ्नो नामबाट पुनरावेदन दिनु पर्ने, (ग) पुनरावेदन गर्ने कर्मचारीेले आफ्नो सफाईको निमित्त जो भएको सबुत प्रमाण राखी उचित र आदरसूचक भाषामा पुनरावेदन दिनुपर्ने र पुनरावेदनको साथमा जुन आदेशको विरुद्ध पुनरावेदन दिएको होसोआदेशको नक्कल पनि संलग्न गर्नु पर्ने, (घ) पुनरावेदन गर्ने कर्मचारीले व्यक्ति विशेष वा अरुलाई सम्बोधन नगरी पुनरावेदन सुन्ने अधिकारीलाई नैसम्बोधन गर्नु पर्ने, (ङ) पुनरावेदन दिने कर्मचारीले आफ्नो जिकिर पुनरावेदनमा स्पष्टरुपमा उल्लेख गर्नु पर्ने ।
(३) उप/विनियम (१) र (२) बमोजिम पुनरावेदन दिएकोमा पुनरावेदन सुन्ने अधिकारीले पुनरावेदन दर्ता भएको साठी दिनभित्र निर्णय गरी सम्वन्धित कर्मचारीलाई निर्णयको जानकारी दिनु पर्नेछ । (४) यस विनियमहरुमा जे सुकै लेखिएको भएता पनि कुनै कर्मचारीले आन्तरिक पुनरावेदन नगरी सोझै श्रम अदालतमा पुनरावेदन दिन वा आन्तरिक पुनरावेदन को निर्णय भए पछि श्रम अदालतमा पुनरावेदन दिन वाधा पर्ने छैन ।
पुनरावेदन सुन्ने अधिकारीले अपनाउनुपर्ने कार्यविधिः (१) पुनरावेदन सुन्ने अधिकारीले देहायकोकुरा विचार गर्नु पर्नेछ:- (क) जुन अभियोग लगाई सजाय दिएकोहोसोप्रमाणित भएकोछ छैन, (ख) पेश गरिएका प्रमाणहरु सजाय गर्नको निमित्त पर्याप्त छन् छैनन्, र (ग) सजाय उपयुक्त छ छैन । (२) पुनरावेदन सुन्ने अधिकारीले सजायँको आदेश कायम राख्न वा घटाउन वा घठ बदर गर्न सक्नेछ । (२) पुनरावेदन सुन्नेअधिकारीलेदिएकोनिर्णय अन्तिम हुनेछ ।
पुनरावेदनको खारेजीः (१) विनियम ९२ बमोजिमको रीत नपुगेको अवस्थामा पुनरावेदन सुन्नेअधिकारीलेपुनरावेदन खारेज गर्न सक्नेछ । (२) उपविनियम (१) बमोजिम कुनैपुनरावेदन खारेज भएमा खारेज गर्ने अधिकारीलेखारेज गर्नाकोकारण पुनरावेदकलाई सूचित गर्नृु पर्नेछ ।
सेवामा पुनः कायमः (१) यस परिच्छेद बमोजिम कुनै कर्मचारीलाई बैंक/वित्तीय संस्थाको सेवाबाट हटाउने वा बर्खास्त गर्ने आदेश रद्द भएमा निजलाई जुन पदबाट हटाईएको वा बर्खास्त गरिएको हो सोही पदमा पुनः कायम गरिनेछ । यसरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने आदेश रद्द भएमा सो आदेश/निर्णय भएको मितिले एक महिनाभित्र सम्बन्धित व्यक्ति बैंक/वित्तीय संस्थामा हाजिर हुन आएमा निजलाई सेवामा पुनः कायम गरिनेछ ।
(२) उपविनियम (१) बमोजिमको म्यादभित्र हाजिर हुन नआउने कर्मचारीलाई सेवामा पुनः कायम गरिनेछैन । (३) बैंकको सेवावाट बर्खास्त गर्ने वा अवकास दिने गरी भएको आदेश रद्द भई कुनै कर्मचारी सेवामा पुनर्बहाली भएमा निजले बर्खास्त गरिएको वा अवकाश दिएको मितिदेखि सेवामा पुनर्बहाली भएको दिनसम्मको पुरा तलव भत्ता पाउनेछ ।
(४) अदालतको आदेशले पुर्नवहाली हुने कर्मचारीको कार्य सम्पादन मूल्यांकन ( बर्खास्त गरिएको मितिदेखि सेवामा पुनर्बहाली भएको दिनसम्मको) भर्ने सम्बन्धमा समितिले स्पष्ट व्यवस्था गर्नु पर्नेछ ।