यसरी हुन्छ बैंक/वित्तीय संस्थाका कर्मचारीको बढुवा, चित्त नबुझे प्रमाणसहित निवेदन दिन सकिने



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको बढुवाका लागि मापदण्ड तोकेको छ । राष्ट्र बैंकले जारी गरेको कर्मचारी सेवा विनियमावली अनुसार तोकिएको मापदण्डभन्दा स्तरीय कार्य गर्न सक्ने वा लगातारस्तरयुक्त काम गर्न सक्ने निष्ठावान तथा क्षमतावान कर्मचारीलाई बढुवा गर्न सकिने छ ।

बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, विवाह गर्न ३ दिनमात्रै ! कुन बिदा कति ?

जसमा कार्य सम्पादन मूल्यांकन प्रतिवेदनका आधारमा आन्तरिक बढुवाद्वारा रिक्त पदहरुमा पूर्ति गर्ने बैंक/वित्तीय संस्थाको नीति रहने उल्लेख छ । यसका लागि माथिल्लो पदमा बढुवा गर्दा पद रिक्त/पद सिर्जना भएमा मात्र गरिने छ ।

२७ वाणिज्य बैंकमा ३८.४६ प्रतिशत महिला कर्मचारी, कुन बैंकमा कति ? (तथ्यांकसहित)

नियमावलीमा कार्य सम्पादन मूल्यांकनका आधारमा बढुवाको लागि व्यवस्थापकीय पदमा उक्त श्रेणीभन्दा एक तहमा ३ वर्ष र अधिकृत स्तरको तहमा बढुवा हुनका लागि एक तह मुनीको पदमा कम्तीमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।

साथै, बढुवाका लागि ज्येष्ठताक्रम तयार गर्दा असाधारण वा विशेष बिदा वा अध्ययन बिदा बसेको वा गयल भएको अवधिलाई गणना नगरिने उल्लेख छ । बढुवाका लागि योग्यताक्रम तयार पार्दा पदपुर्ति समितिले एक आर्थिक वर्षमा बढुवा हुन योग्य कर्मचारीको नाम समेत उल्लेख गरी संभाव्य उमेदवारको सुचि तयार गर्नेछ ।

बैंकका कर्मचारीलाई २० प्रकारका सेवा-सुविधा, के के हुन् ती ? (सूचिसहित)

कार्यसम्पादन मुल्यांकन, जेष्ठता र शैक्षिक योग्यता समेतमा प्राप्त गरेको औसत अंकका आधारमा माथिल्लो तहमा बढुवा हुन सक्ने कर्मचारीको अन्तर्वार्ताका लागि नाम सिफारिस गरिने उल्लेख छ ।

बैंकहरुले करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’को काम लगाउन नपाउने, यस्तो आयो नयाँ नियम

साथै पदपुर्ति समिति वा सो समितिले तोकेका व्यक्ति संलग्न भएको अन्तर्वार्ता समितिले सम्भाव्य उम्मेदवारको अन्तर्वार्ता लिन सक्नेछ भने अन्तर्वार्तामा प्राप्त भएको अधिकतम अंकको आधारक्रम अनुसार कर्मचारीहरुको नामावली प्रकाशित गरिनेछ ।

उत्तीर्ण घोषित भएको कर्मचारीलाई ३५ दिनभित्र बढुवा गरी पदस्थापनको सूचना दिनुपर्ने नियमावलीमा उल्लेख छ ।

साथै कार्य सम्पादन मूल्यांकनद्वारा पूर्ति गर्नुपर्ने पदको बढुवा प्रक्रिया शुरु गर्दा बढुवाका लागि सम्भाव्य सबै उमेदवारहरुले जानकारी पाउने गरी सूचना प्रकाशन गर्नु पर्नेछ ।

यो वर्ष बैंकका कर्मचारीलाई ९ अर्ब रुपैयाँ बोनस, तलब पनि बढ्यो

साथै उम्मेदवार प्राप्त गरेको प्राप्तांकको पनि जानकारी दिनुपर्नेछ भने उमेद्वारले पाएको अंकमा चित्त नबुझेमा सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र आफूलाई चित्त नबुझेको कुराको प्रमाणसहित जनशक्ति व्यवस्थापन विभागमा निवेदन पेश गर्नुपर्नेछ नियमावलीमा उल्लेख छ ।

बढुव हुनका लागि कर्मचारीलाई उमेर हद लाग्ने छैन भने कुनै पनि कर्मचारीले बढुवालाई अधिकारकोरुपमा दावी गर्न नपाउने नियमावलीमा उल्लेख छ ।


पुष्प दुलाल