बैंकका कर्मचारीलाई २० प्रकारका सेवा-सुविधा, के के हुन् ती ? (सूचिसहित)



काठमाडौं । बैंकिङ क्षेत्र जागिरको ठूलो आकर्षणको क्षेत्र हो । राम्रो तलब/भत्ताका साथै करिब २ दर्जन सेवा-सुविधाका कारण यो क्षेत्र जागिरका लागि आकर्षक क्षेत्र बनेको हो ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले तलब आफू कार्यरत रहेको पदमा तोकिएको तलबबाहेक २० प्रकारका सेवा-सुविधा उपयोग गर्न पाउने छन् ।राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘कर्मचारी सेवा विनियमावली’मा २० प्रकारका सेवा सुविधा उपयोग गर्न पाउने उल्लेख छ ।

राष्ट्र बैंकले कर्मचारी सेवा विनियमावली सार्वजनिक गर्दै बैंक तथा वित्तीय सस्थालाई आफ्ना कर्मचारीलाई गे्रड अनुसारको भत्ता, बीमा, अतिरिक्त कामको भत्ता, भ्रमण भत्ता, निमित्त वा कायम मुकाय भए लगायतको अन्य अतिरिक्त कामको भत्ताको व्यवस्था गरेको छ ।

कुनै महिला कर्मचारीलाई सुर्यास्त भए पछि वा सुर्योदय हुनु भन्दा अगावै कार्य समय प्रारम्भ हुने गरी काममा लगाउदा बैंकले आवश्यक्ता अनुसार यातायातको व्यवस्था मिलाउनेछ ।

त्यसैगरी, कर्मचारीहरुले चाडपर्व खर्च, विशेष तथा अतिरिक्त (बढी) समय काम गरे वापतको भत्ता,कार्यालय पोशाक भत्ता, संचयकोष, कर्मचारी सापटी सुविधा, दैनिक तथा भ्रमण भत्ता पाउनेछन् । साथै बैंक तथा वित्तीय सस्थाले कर्मचारीको उपदानको व्यवस्था, कर्मचारीको सेवाको सुरक्षा, जोखिम बीमा, यातायातको सुविधा पनि पाउँछन् ।

बैंकहरुले करारमा कर्मचारी राखेर ‘कोर बैंकिङ’को काम लगाउन नपाउने, यस्तो आयो नयाँ नियम

त्यस्तै, कर्मचारीको श्रीमान्श्रीमती, छोरा, छोरी, बाबु, आमा, बाजे, बज्यै वा महिला कर्मचारीको हकमा सासू, ससुराको मृत्यु भएमा वा कर्मचारीको मृत्यु भएमा समितिले तोकेअनुसार दाह संस्कार खर्च दिइनेछ ।

त्यसैगरी, बैंक तथा वित्तीय सस्थाले कम्तिमा तीनदेखि बढीमा पाँचजना सदस्यहरु रहने गरी एउटा कर्मचारी सेवा सुविधा समिति गठन गरी आफ्ना कर्मचारीले पाउने भत्ता तथा सुविधाको मुल्यांकन गरेर समयमा नै ती भत्ता र सुविधा प्रदान गर्नु पर्नेछ ।

यो वर्ष बैंकका कर्मचारीलाई ९ अर्ब रुपैयाँ बोनस, तलब पनि बढ्यो

कुनै कर्मचारीले पकाएको तलब, भत्ता निज जुनसुकै कारणबाट सेवामा नरहे पनि पाउनेछन् । साथै, निर्धारित तलबमान अनुसार तलब पाउने पदमा नयाँ नियुक्ति पाउने कर्मचारीले सोतलबमानमा तोकिएको शुरु तलब पाउनेछन् ।

बैंकका कर्मचारीलाई १३ प्रकारका बिदा, विवाह गर्न ३ दिनमात्रै ! कुन बिदा कति ?

निलम्बन हुँदा पाउने तलब भत्ता र सुविधा अन्तरर्गत कुनै कर्मचारी बैंक वा वित्तीय संस्थाको कामको सम्वन्धमा वा विभागीय कारवाहीको सिलसिलामा निलम्बनमा परेमा निलम्बन अवधिभर निजले पाउने तलबको पचास प्रतिशत रकम र निलम्वन फुकुवा भएमा वा लागेको आरोप प्रमाणित नभई निजले सफाई पाएमा बाँकी ५० प्रतिशत तलब, भत्ता (बृद्धि भए सोसमेत) निजलाई प्रदान गर्नु पर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।

बैंकका कर्मचारीलाई बिनाब्याज अर्बौं ऋण

त्यसैगरी, कुनै पनि कर्मचारीले असल नियतले कार्य सम्पादन गर्दाको अवस्थामा निज विरुद्धमा कुनै व्यक्ति वा निकायद्वारा निजलाई पदिय कामको सिलसिलामा लगाएको आरोपको सम्वन्धमा प्रतिरक्षा गर्न वा कर्मचारीको तर्फवाट मुद्दा दायर गरी सफाई पाऊनु पर्ने रहेछ भने सो सफाईको निमित्त बैंक तथा वित्तीय सस्थाले मुद्दा दायर गर्न सक्नेछन् । साथै मुद्दा दायर गर्दा वा मुद्दाको प्रतिरक्षा गर्दा लाग्ने सम्पुर्ण खर्च निजलाई बैंक/वित्तीय संस्थाले ब्यहोर्नु पर्नेछ ।

कर्मचारीको श्रीमान्श्रीमती, छोरा, छोरी, बाबु, आमा, बाजे, बज्यै वा महिला कर्मचारीको हकमा सासू, ससुराको मृत्यु भएमा वा कर्मचारीको मृत्यु भएमा समितिले तोके अनुसार दाह संस्कार खर्च दिइनेछ ।

यस्तै, यदि कुनै पनि कर्मचारीलाई केही कारण वस निलम्वन गर्नु परेमा बैंक तथा वित्तीय सस्थाले उक्त कर्मचारीलाई सुविधा सहित सेवाबाट हटाउनु पर्ने, बढुवा पछिको पारिश्रमिक सोही दिन देखी लागु हुनु पर्ने र बढुवाको लागि उमेरको हद नलाग्ने, सरुवा भएको स्थानमा जाने वा काजमा कर्मचारीलाई क्षमता वृद्धिको तालिम, दैनिक भत्ताउपलब्ध गराउनु पर्ने र कुनै पनि माथिल्लो पदमा निमित्त भई काम गर्दा वा कायम मुकायम भएर काम गर्दा सोही पदको तलब भत्ता र अन्य सुविधाहरु दिनु पर्ने राष्ट्र बैंकद्वारा सार्वजनिक कर्मचारी सेवा विनियमावलीमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले जारी गरेको कर्मचारी विनियमावलीअनुसार पाउने सेवा-सुविधाहरु

तलब भत्ताः (१) कर्मचारीको तलब भत्ता कर्मचारी सेवा सुविधा समितिको सिफारिशको आधारमा समितिले समय समयमा निर्धारण गरे बमोजिम हुनेछ ।

(२) कर्मचारीले बैंक/वित्तीय संस्थाको सेवाको पदमा बहाली गरेको मितिदेखि नियमानुसार तलब भत्ता तथा अन्य सुविधा पाउनेछ ।
(३) कर्मचारीलाई दिइने तलबभत्ता तथा सुविधाको भुक्तानी निजले बैंक/वित्तीय संस्थामा दिएको खातामार्फत मात्र भुक्तानी हुने व्यवस्था गरिनेछ ।

भत्ता, सुविधा तथा ग्रेडः बैंक/वित्तीय संस्थाका कर्मचारीको भत्ता, सुविधा तथा ग्रेड (तलब वृद्धि रोक्का वा निलम्वन गरिएको बाहेक) एक वर्ष सेवा अवधि पूरा गरेका प्रत्येक कर्मचारीले प्रत्येक श्रावण १ गते कर्मचारी सेवा सुविधा समितिको सिफारिसमा समितिले समय समयमा निर्धारण गरे बमोजिम हुने रकम बरावरको एक तलबमान वृद्धि पाउनेछ ।

पकाएको तलब भत्ता पाउनेः (१) विनियम ८३ को उपविनियम (१) को खण्ड (ख) बमोजिम तलब घटाउनेआदेश भएकोमा बाहेक कुनैकर्मचारीको तलब घटाइनेछैन । (२) यस विनियमावलीमा उल्लेख भएको अवस्थामा बाहेक अन्य अवस्थामा कर्मचारीले पकाएकोतलब भत्ता कट्टा गरिनेछैन ।

(३) कर्मचारीले काम गरी पकाएको प्रत्येक महीनाको तलब भत्ता सोही महीनाको आखिरी काम गर्ने दिनमा वा प्रमुख कार्यकारी अधिकृतले तोकेको दिनमा भुक्तानी दिइनेछ । (४) कुनै कर्मचारीले पकाएको तलब, भत्ता निज जुनसुकै कारणबाट सेवामा नरहे पनि पाउनेछ । तर, निजले कुनै किसिमको रकम बैंक/वित्तीय संस्थालाई तिर्नु बुझाउनु पर्ने भएमा अवकास कोष/सञ्चयकोष वापत सञ्चित रकम वाहेकका अन्य रकमहरुबाट सोको समायोजन गरी बाँकी रकम भुक्तानी गर्नु पर्नेछ ।

तलबमानः (१) निर्धारित तलबमान अनुसार तलब पाउने पदमा नयाँ नियुक्ति पाउने कर्मचारीलेसोतलबमानमा तोकिएकोशुरु तलब पाउनेछ । (२) माथिल्लो तलबमानको पदमा बढुवा पाउने कुनै कर्मचारीले उक्त तलबमानमा तोकिएको शुरु तलब पाउनेछ ।

तर, कर्मचारीले हाल पाइरहेको तलब उक्त माथिल्लो तलबमानको शुरु तलब बराबर वा सो भन्दा अधिक भएमा उक्त माथिल्लो तलबमानमा निजको तलब तोक्दा देहाय बमोजिम गरी तोकिनेछ:- (क) कर्मचारीले हाल पाइरहेको तलब माथिल्लो तलबमानको शुरु तलब बराबर मात्र भएमा सोतलवमा एक तलवमान बृद्धि थप गरी तोकिनेछ । (ख) साविक पदमा पाइरहेको तलब बढुवा भएको पदको शुरु तलबभन्दा बढी भएको अवस्थामा माथिल्लो पदको तलब तोक्दा हाल पाइआएको तलबमा नपुगे सम्मको तलवमान बृद्धि थप गरी तोकिनेछ ।

(३) विनियम ८३ को उपविनियम (१) को खण्ड (ख) बमोजिम तलबबृद्धि रोक्का गरिएका वा निलम्बन गरिएकोमा बाहेक एक वर्ष बैंक/वित्तीय संस्थामा सेवा गरेको प्रत्येक कर्मचारीले एक आर्थिक बर्षको सेवा अवधि पूरा गरेपछि खाइ पाइ आएको एक तलबमान (गे्रड) वृद्धि पाउनेछ । (४) वार्षिक तलबभत्ता बृद्धि दर समितिले समय समयमा तोके बमोजिम हुनेछ । तर यो दर तोक्दा सम्वन्धित कर्मचारीको आधा दिनको तलब भन्दा कम हुने छैन । (५) समितिले कुनै कर्मचारीलाई निजको कार्य सम्पादन मूल्यांकनको आधारमा प्रोत्साहन स्वरुप एक पटकमा बढीमा दुई तलबमानसम्म बृद्धि दिन सक्नेछ ।

निलम्बन हुँदा पाउने तलब भत्ता र सुविधाः (१) कुनै कर्मचारी बैंक वा वित्तीय संस्थाको कामको सम्वन्धमा वा विभागीय कारवाहीको सिलसिलामा निलम्बनमा परेमा निलम्बन अवधिभर निजले पाउने तलबको पचास प्रतिशत रकम बाहेक अन्य कुनै रकम पाउने छैन । तर, निजको निलम्वन फुकुवा भएमा वा लागेको आरोप प्रमाणित नभई निजले सफाई पाएमा बाँकी पचास प्रतिशत तलब, भत्ता (बृद्धि भए सोसमेत) निजलाई प्रदान गरिनेछ । (२) उपविनियम (१) बमोजिम बाहेक अन्य कारणबाट निलम्बन भएको कर्मचारीले सो अवधिमा कुनै तलब, भत्ता तथा सुविधा पाउने छैन । अभियोगबाट सफाई पाएमा त्यस्तो कर्मचारीलाई सो अवधिको तलव तथा भत्ता (बृद्धि भए सो समेत) प्रदान गरिनेछ ।

(३) बैंक/वित्तीय संस्थाबाट अवकाश दिइएको वा हटाइएको वा बर्खास्त गरिएको कुनै कर्मचारी अदालतको आदेशबाट पुनः पदस्थापन भएमा त्यस्तो आदेश भएकोमितिबाट ३५ दिन भित्र बैंक/वित्तीय संस्थामा हाजिर हुन आएमा सेवाबाट हटाइएको वा बर्खास्त गरिएको मितिदेखि पुनः कायम भएको मितिसम्म निजले पाउने तलबभत्ता (बृद्धि समेत) र अन्य सुविधाहरु प्रदान गरिनेछ ।

तर कुनै अभियोग लागि अदालतमा थप मुद्दा चलिरहेको अवस्थामा भने अदालतको अन्तिम आदेश बमोजिम हुनेछ । (४) निलम्बनमा रहेको कर्मचारीकोनिलम्वनको समयमा मृत्यु भएमा निजले पाउने सेवा सुविधा निलम्बनको कार्यवाही टुङ्गो लागेपछि भुक्तानी गरिने छ । साथै, अदालतमा मुद्दा चलिरहेको अवस्था भएमा अदालतको आदेश बमोजिम गरिनेछ ।

सुविधाः (१) कर्मचारीलाई प्रदान गरिने सुविधा अनूसुची-४ मा उल्लेख भए बमोजिम हुनेछ । (२) उपविनियम (१) मा उल्लेखित सुविधा बाहेक अन्य सुविधाहरु (जस्तै, बिमा सुविधा, सुरक्षणकोष, औषधि उपचार सुविधा) कर्मचारी सेवा सुविधा समितिको सिफारिशमा समितिलेछुट्टै कार्यविधि बनाई तोके बमोजिम हुनेछ ।

चाडपर्व खर्च सुविधाः (१) बैंक/वित्तीय संस्थाका कर्मचारीहरुलाई चाडपर्वको उपलक्ष्यमा चाडपर्व शुरु हुनु भन्दा पन्ध्र दिन अगावै एक महिनाको खाइपाई आएको तलब भत्ता चाडपर्व खर्च वापत दिइनेछ । यसरी चाडपर्व खर्च दिंदा घटस्थापनको अघिल्लो दिन छ महिना सेवा अवधि पुगेको कर्मचारीलाई पुरा तथा सो भन्दा कमसेवा अवधि पुगेको कर्मचारीलाई समानुपातिकरुपले प्रदान गरिनेछ । (२) यसरी चाडपर्व खर्च दिदा कर्मचारीले अन्य कुनै चाडमा पाउने गरी निवेदन दिएकोमा सोही चाडमा र नदिएमा वडा दशैंको समयमा दिईनेछ ।

विशेष तथा अतिरिक्त (बढी) समय काम गरे वापतको भत्ताः (१) कर्मचारी सेवा सुविधा समितिको सिफारिशमा समितिले कर्मचारीका लागि विशेष तथा अतिरिक्त समय भत्ता समय समयमा निर्धारण गर्न सक्नेछ । (२) विदाको दिनमा वा कार्यालय समय भन्दा अघिपछि अतिरिक्त समय काम गरे वापत कर्मचारीलाई निजले पाउने तलब भत्ताको डेढीको हिसावले अतिरिक्त समय भत्ता प्रदान गरिनेछ । राष्ट्रिय चाडपर्वको बिदाको दिनमा काम गरे वापत प्रत्येक कर्मचारीलाई निजले पाउने तलब भत्ताको दोब्बर भुक्तानी दिईनेछ ।

(३) उपविनियम (२) मा जेसुकै लेखिएको भएता पनि व्यवस्थापकीय श्रेणीका कर्मचारीले वढि समय काम गरे वापत ओभर टाईम भत्ता पाउने छैन । (४) अतिरिक्त समय भत्ता कार्यलयमा वढि समय वसेको कारणले मात्र पाउने नभई सो प्रयोजनको लागी सम्वन्धित कर्मचारीको सुपरभाईजर वा कार्यलय प्रमुखले काममा लगाएको हुनु पर्नेछ ।

(५) अतिरिक्त समय काममा लगाउँदा सामान्यतया हप्तामा २४ घण्टा भन्दा बढी काममा लगाइने छैन । सार्वजनिक बिदाको दिन ६ घण्टा वा सो भन्दा बढी काम गरेको अवस्थामा कर्मचारीलाई सटृा बिदा दिन सकिनेछ । सटृा बिदा दिएको अवस्थामा ओभरटाईम वापत रकम भुक्तानी दिइने छैन ।

कार्यालय पोशाकः (१) कार्यालय पोशाक सुविधा प्राप्त गर्ने कर्मचारीको हकमा कर्मचारी सेवा सुविधा समितिकोसिफारिशमा समितिले निर्धारण गरे बमोजिम हुनेछ । (२) कार्यालय पोशाक लगाउन पर्ने गरी तोकिएका कर्मचारीले अनिवार्य रुपमा तोकिएको पोशाकमा कार्यालयमा आउनु पर्नेछ । (३) कार्यालय पोशाक लगाउनु पर्ने कर्मचारीलाई वार्षिक रुपमा पोशाक खर्च दिनु पर्नेछ ।

कर्मचारी सापटीः (१) बैंक÷वित्तीय संस्थाका कर्मचारीलाई समितिले समय समयमा तोके बमोजिमको उद्देश्य तथा प्रकृया बमोजिम सहुलियत कर्मचारी सापटी प्रदान गर्न सकिने छ । यस्तो सापटी अधिकारको रुपमा प्राप्त हुने छैन । (२) उपविनियम (१) बमोजिम प्रदान भएका सापटीमा लाग्ने ब्याजदर तथा सापटी प्रकृया समितिलेछुट्टै कार्यविधि बनाई तोकेबमोजिम हुनेछ ।

दैनिक तथा भ्रमण भत्ताः कर्मचारीहरुलाई कर्मचारी सेवा सुविधा समितिको सिफारिशमा समितिले समय/ समयमा निर्धारण गरी दैनिक तथा भ्रमण भत्ता प्रदान गरिनेछ ।

संचयकोषः (१) वैक/वित्तीय संस्थाको सेवामा रहेका कर्मचारीको खाइपाइ आएको तलबभत्ताबाट १० (दश) प्रतिशत रकम कट्टा गरी सो रकममा वैक/वित्तीय संस्थाको तर्फवाट शतप्रतिशत थप गरी प्रत्येक महिना कर्मचारी संचयकोष ÷सामाजिक सुरक्षा कोषमा रकम जम्मा गरिनेछ । (२) उपविनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि सामाजिक सुरक्षा कोषमा दर्ता नभएसम्मको लागि कार्यकारी प्रमुखले वैकल्पिक व्यवस्था गर्न वाधा पुगेको मानिने छैन ।

सरुवा भएको स्थानमा जाने कर्मचारीले पाउने सुविधा: (१) कर्मचारीलाई निज कार्यरत रहेको साविक कार्यस्थलवाट अर्को स्थानमा सरुवा गर्दा वा स्थायी वासस्थान भएको स्थानवाट अन्यत्र सरुवा गर्दा देहाय वमोजिम सुविधा प्रदान गर्न सकिनेछ: (क)सरुवा भई जाने स्थानसम्म आफु वा आफ्नो मालसामान लैजादा समितिले समय समयमा तोके वमोजिमको यातायात खर्च, (ख) बासस्थान सुविधा प्राप्त गर्ने कर्मचारीको हकमा वासस्थान व्यवस्थापनको लागि समितिलेतोकेको रकम, (ग) उपविनियम (१) को खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भएता पनि वैक/वित्तीय संस्थाले नै यातायात र आवासको व्यवस्था गरेमा थप रकम दिइने छैन ।

(२)समितिले तोके वमोजिम वाह्य क्षेत्र भत्ता (आउट स्टेशन एलाउन्सेस) दिईने छ । (३) कर्मचारी र निजका आश्रित परिवारका सदस्यहरु पनि सरुवा भै जाने स्थानमा जाने भएमा एक पटक जाँदा र फर्किदा समितिले समय समयमा तोके वमोजिम दैनिक तथा भ्रमण भत्ता उपलव्ध गराउन सकिनेछ ।

तालिमः (१) कार्यसम्पादन मुल्यांकनको क्रममा कुनै क्षेत्रमा कर्मचारीको उत्पादकत्व वढाउन वा कुनै कुरामा सुधार गर्नु पर्ने भएमा त्यस्तो कर्मचारीलाई तालिममा पठाउने नीति लिईनेछ । (२) उपविनियम (१) मा लेखिएको अवस्थामा वाहेक बैंक÷वित्तीय संस्थाले आफ्नो आवश्यकता अनुसार तालिमको व्यवस्था गर्नेछ ।

कुनै तालिम वा अध्ययनको लागि छनौट गरिएको कर्मचारीले यस्तो तालिम वा अध्ययनमा जानुअघि समितिले तोकेको शर्त बन्देज अनुसारको कवुलियत गर्नु पर्नेछ । (३) नेपाल राष्ट्र बैंकको निर्देशन , बैंक/वित्तीय संस्थाको रणनीतिक दिशा, व्यापार वृद्धि लाई दृष्टिगत गरी तालिम तथा वृत्तिबिकास ९त्चबष्लष्लन ७ म्भखभयिऊभलत एयष्अिथ० सम्बन्धी नीति बनाई लागू गरिनेछ ।

काजः (१) बैंक/वित्तीय संस्थाको कामको सिलसिलामा काजमा जानु पर्दा प्रमुख कार्यकारी अधिकृतको हकमा समितिको अध्यक्षबाट स्वीकृति लिनु पर्नेछ । अधिकृत कर्मचारीहरुको हकमा प्रमुख कार्यकारी अधिकृत वा विभागिय प्रमुख वा निजबाट अख्तियार प्राप्त अधिकारीले काजको अवधि र काजमा रह‘दा गर्नु पर्ने काम तोकेर काज खटाउन सक्नेछ । (२) काजमा खटिएको कर्मचारीले काजबाट फर्किएको पन्ध्र दिन भित्र काजमा रहँदा आफुले गरेको कार्यको प्रतिवेदन काजमा खटाउने अधिकारी समक्ष पेश गर्नु पर्नेछ । (३) काजमा जाने कर्मचारीलाई समितिले समय समयमा तोके बमोजिमको दैनिक तथा भ्रमण भत्ता दिइनेछ ।

निमित्त भई काम गर्नेः (१) विभागीय प्रमुख वा कार्यालय प्रमुखले कुनै कारणले आफ्नो जिम्मेवारी पुरा गर्न कार्यालयमा उपस्थित हुन नसक्ने भएमा आफुभन्दा मुनिका पदमा सोही कार्यालयमा कार्यरत वरिष्ठ एवं दक्ष कर्मचारीलाई सात दिन सम्मका लागि निमित्त भई काम गर्न तोक्न सक्नेछ । (२) उपविनियम (१) बमोजिम विभागीय प्रमुख वा कार्यालय प्रमुख कार्यालयमा सात दिनभन्दा बढी समयका लागि उपस्थित हुन नसक्ने भएमा बैंक/वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा सूचना गर्नु पर्नेछ र केन्द्रीय कार्यालयले निमित्त मुकरर गर्ने वा अन्य आवश्यक व्यवस्था गर्नेछ । (३) उपविनियम (१) बमोजिम ७ दिन सम्मका लागि निमित्त भई काम गरेको अवधि वापत कुनै रकम प्रदान गरिने छैन ।

(४) उपविनियम (२) बमोजिम कुनै पदमा ७ दिनभन्दा बढी निमित्त भई काम गरेमा त्यसरी काम गर्ने कर्मचारीले जुन पदमा काम गरेको छ सोही पदको तलबभत्ता त्यसरी काम गरेको मितिदेखि पाउने छ । तर, त्यसरी पाउने तलब भत्ता निजले एक श्रेणीमाथिको पदमा बढुवा भएमा पाउने तलब भत्ता बराबर हुनेछ ।

कायम मुकायमः कुनै कर्मचारीे कुनै कारणबाट सात दिन भन्दा बढी अवधि अनुपस्थित भई निजले सम्हाली आएको कार्य संचालन गर्न अर्को व्यक्ति आवश्यक भएमा निकटतम अर्को कर्मचारीलाई कायम मुकायम मुकरर गर्न सकिनेछ । यसरी कायम मुकायम मुकरर हुने कर्मचारीले जुन पदमा काम गरेको छ सोही पदको तलब, भत्ता तथा अन्य सुविधा त्यसरी काम गरेको मितिदेखि पाउने छ । साथै, कार्यकारी प्रमुखको पदमा कायम मुकायम मुकरर भई काम गर्ने कर्मचारीले समितिले तोके बमोजिमको तलब, भत्ता तथा अन्य सुविधा पाउनेछ ।

कर्मचारीको सेवाको सुरक्षाः (१) यस विनियमावलीमा अन्यथा उल्लेख गरिएकोमा वाहेक कर्मचारीलाई सेवावाट हटाईने छैन ।

(२) कुनै पनि कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको पारिश्रमिक, भत्ता, उपदान र अन्य सुविधा तथा सेवाका शर्तहरुका सम्बन्धमा निजको स्वीकृति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन ।

१०४. कर्मचारीको बचाउः (१) कुनै कर्मचारीले असल नियतले कार्य सम्पादन गर्दाको अवस्थामा निज विरुद्धमा कुनै व्यक्ति वा निकायद्वारा निजलाई पदिय कामको सिलसिलामा लगाएको आरोपको सम्वन्धमा प्रतिरक्षा गर्न वा कर्मचारीको तर्फवाट मुद्दा दायर गरी सफाई पाऊनु पर्ने रहेछ भने सो सफाईको निमित्त मुद्दा दायर गर्न सक्नेछ ।

(२) उपविनियम (१) बमोजिम कुनै मुद्दा दायर गर्दा वा मुद्दाको प्रतिरक्षा गर्दा लाग्ने मनासिव खर्च निजलाई बैंक/वित्तीय संस्थाले सोधभर्ना दिन वा वैक/वित्तीय संस्थाको तर्फवाटै प्रतिरक्षाको लागी कानून व्यवसायी उपलव्ध गराउन र अन्य कानून बमोजिम लागेको खर्च व्यहोर्न सक्नेछ । (३) उपविनियम (१) बमोजिम कुनै मुद्दाको प्रतिरक्षा गर्दा अदालतबाट अन्तिम रुपमा सफाई पाएको अवस्थामा कानूनी प्रतिरक्षा बापत भएको मनासिव खर्च भ्ुक्तान गर्न बांकी रहेको अवस्थामा निजलाई बैंक/वित्तीय संस्थाले सोधभर्ना दिनेछ ।

उपदानः (१) मिति २०७६ साल श्रावण महिना पश्चात जुनसुकै प्रकारले वैक÷वित्तीय संस्थाको सेवामा रहेका प्रत्येक कर्मचारी (तालिमे समेत) को खाइपाइ आएको तलबभत्ताको कम्तीमा ८.३३ (आठ दशमलव तीन तीन) प्रतिशत बराबरको रकम प्रत्येक महिना उपदान वापत वैंक÷वित्तीय संस्थाले सामाजिक सुरक्षा कोषमा पठाउन सक्नेछ । (२) उपविनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि सामाजिक सुरक्षाकोषमा दर्ता नभए सम्मको लागी वैक/वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतले उपदान व्यवस्थापन सम्बन्धमा वैकल्पिक व्यवस्था गर्न सक्नेछ ।

(३) पाँच बर्ष वा सोभन्दा बढी सेवा गरेको बैंक/वित्तीय संस्थाको स्थायी कर्मचारीले अवकाश पाएमा वा राजिनामा स्वीकृत गराई सेवाबाट अलग भएमा वा भविष्यमा बैंक/वित्तीय संस्थाको सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाईएमा निजलाई कम्तीमा देहाय बमोजिम उपदान दिइनेछः- (क) पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाइपाइ आएको आधा महीनाको तलब,

दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाइपाई आएको एक महीनाको तलब, (ग) पन्ध्र वर्षभन्दा बढी बीस वर्षसम्म सेवा गरेको कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाइपाई आएको डेढ महीनाको तलब, (घ) बीस वर्षभन्दा बढी सेवा गरेको कर्मचारीले आफुले काम गरेको प्रत्येक वर्षको निमित्त खाइपाई आएको दुई महीनाको तलब, (४) कुनै कर्मचारीको मृत्यु भएमा निजले उपविनियम (१) बमोजिम पाउने उपदानको रकम मृतक कर्मचारीको नजिकको हकवालालाई दिईनेछ ।

सामाजिक सुरक्षा कोषमा जम्मा गरिएकोउपदानको हकमा सोही बमोजिम हुनेछ । (५) उपविनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैंक/वित्तीय संस्थाको सेवाबाट बर्खास्त गरिएको वा सम्पत्ति हिनामिना वा दुरुपयोग गरी सेवाबाट हटाईएको कर्मचारीलाई उपदान प्रदान गरिने छैन । (६) कर्मचारीलाई उपदान प्रदान गर्दा निजले प्राप्त गरेको तलब बृद्धि समेतको अन्तिम महिनाको तलब भुक्तानीको आधारमा गणना गरिनेछ । यसमा भत्ता वापतको रकम जोडिने छैन । (७) माथि उपविनियम (३) मा जुनसुकै कुरा लेखिएको भएता पनि संस्थागत क्षमता/संस्थाको आर्थिक अवस्थाको आधारमा समितिले निर्णय गरे बमोजिम उल्लिखित रकममा थप गरी उपदान प्रदान गर्न बाधा पुगेको मानिनेछैन ।

कर्मचारीको सेवाको सुरक्षाः (१) देहायका अवस्थाका कर्मचारी बाहेक अन्य कुनै कर्मचारीलाई मनासिव माफिकको सफाईको मौका नदिई सेवाबाट हटाईने वा बर्खास्त गरिने छैन:- (क) नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको, (ख) म्यादी वा करार अन्तर्गतको कुनै पदमा बहाल रहेको, (ग) भागी पत्ता नलागेको वा सम्पर्क स्थापित गर्न सम्भव नभएको कुरामा पर्याप्त आधार भएको, र (घ) प्रशिक्षण वा परीक्षणकालमा नियुक्त कर्मचारीको कार्य सम्पादन संतोषजनक नभएको। (२) कुनै पनि कर्मचारीलाई निजको नियुक्ति हुँदा तत्काल लागू रहेको पारिश्रमिक, भत्ता, उपदान र अन्य सुविधा तथा सेवाका शर्तहरुका सम्बन्धमा निजको स्वीकृति बेगर निजलाई प्रतिकूल असर पर्ने गरी परिवर्तन गरिने छैन ।

जोखिम वीमाः नगद, धितो वा बहुमूल्य वस्तुहरुको कारोवार गर्ने कर्मचारीलाई कामको जोखिम वापत इमान्दारीता वीमा (फिडेलिटी इन्स्योरेन्स) गराईनेछ र उक्त वीमाको प्रिमियम बैंक/वित्तीय संस्थाले भुक्तानी गर्नेछ ।

यातायातको व्यवस्था मिलाउनेः कुनै महिला कर्मचारीलाई सुर्यास्त भए पछि वा सुर्योदय हुनु भन्दा अगावै कार्य समय प्रारम्भ हुने गरी काममा लगाउदा बैंकले आवश्यक्ता अनुसार यातायातको व्यवस्था मिलाउनेछ ।

दाह संस्कार खर्चः कर्मचारीको श्रीमान्श्रीमती, छोरा, छोरी, बाबु, आमा, बाजे, बज्यै वा महिला कर्मचारीको हकमा सासू, ससुराको मृत्यु भएमा वा कर्मचारीको मृत्यु भएमा समितिले तोके अनुसार दाह संस्कार खर्च दिइनेछ ।


पुष्प दुलाल