वायुसेवा निगमले महंगो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले महंगो भाडादरको टिकेट नबेच्ने भएको छ । निगमले मंसिर ६ गते जारी गरेको प्रेस विज्ञप्तिलाई थप प्रष्ट पार्दै महंगो भाडादरमा टिकेट नबेच्ने निर्णय गरेको हो ।
उक्त दिन निगले ५ हजारसम्म भाडादरमा छुट दिने निर्णय गरेको थियो । निगमले राष्ट्रिय दायित्व निर्वाह गर्दै अन्तर्राष्ट्रिय सेक्टरहरुको इकोनोमी क्लासको माथिल्लो भाडादरमा सर्वसाधारणलाई टिकट नबेच्ने र सो भन्दा तलको भाडादरमा मात्र बिक्रि गर्ने निर्णय गरेको जानकारी दिएको छ ।
निगमले नियमानुसार उपलव्ध गराएको दरभन्दा बढी मुनाफा लिएर कालोबजारी गरेको पाइएमा नियमानुसार कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्वन्धित सवैमा निगम पुनः अनुरोधसमेत गरेको छ ।