सौर्य एयरलाइन्सका पाइलट शाक्यलाई डिस्चार्ज गर्ने अस्पतालको तयारी



काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा घाइते भइ काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचाररत पाइलट मनीषरत्न शाक्यलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

स्वास्थ्यमा सुधार हुँदै गएपछि अस्पतालले शाक्यलाई डिस्चार्ज गर्ने तयारी गरेको अस्पतालका निर्देशक प्राडा मीना थापाले जानकार दिइन् ।

पाइलट शाक्य सामान्य हिँडडुल गर्न सक्ने भएको थापाको भनाइ छ । हड्डी भाँचिएका कारण शाक्यले फलोअप भने गरिरहनु पर्ने उनले बताइन् ।

अस्पतालले डिस्चार्ज लिन सक्ने भने पनि शाक्यको परिवारले भने निर्णय गरिसकेको छैन ।

पोखरामा यतिको विमान दुर्घटना: पाइलट र कोपाइलटबीच ककपिटमा भएको कुराकानी (अडियो)

जहाज दुर्घटनामा शाक्यको अनुहार, आँखा, नाक र टाउकामा चोट लागेको थियो । साथै ढाडको एउटा हड्डीका साथै देब्रेपट्टिका तीनवटा करङ भाँचिएका छन् ।

गत बुधबार काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरको बिमान दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको ज्यान गएको थियो । पाइलट शाक्यको भने सकुशल उद्धार भएको थियो ।

विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न अटेरी, दुर्घटना भए कति क्षति हुन्छ ?

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्धार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)


क्लिकमान्डु