कोरोना प्रभावित व्यवसायका लागि राष्ट्र बैंकको दोस्रो राहत, २ प्रतिशतले ब्याजदर घटायो



काठमाडौं । कोरोना प्रभावित व्यवसायका लागि नेपाल राष्ट्र बैंकले २ प्रतिशतले ब्याजदर घटाएको छ । राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै ब्याजदर घटाउनका लागि निर्देशन दिएको हो ।

राष्ट्र बैंकले जारी गरेको सकुर्लर अनुसार खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेशन, साबुन तथा केमिकल उद्योग, मेडिलक पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले लिएको ऋणमा बाहेक अन्य क्षेत्रका लागि दिइएको ऋणमा बैंकहरुले २ प्रतिशतका दरले ब्याजदर घटाउनु पर्नेछ ।

त्यसैगरी ऋणीले बैशाख र जेठ महिनाको किस्ता असार मसान्तमा बुझाउँदा जरिवाना शुल्क लिन पाइने छैन ।

चालु पुँजी कर्जा ऋण लिने व्यवसायीले लकडाउन सकिएको ६० दिनभित्र तिर्नुपर्नेछ । र, सकुर्लर अनुसार कुनै उद्योगीले चालु पुँजी कर्जामा थप १० प्रतिशत कर्जा लिन सक्ने गरी सीमा बढाइएको छ ।

कोरोना प्रभावित व्यवसायका लागि राष्ट्र बैंकले छुट्टै ब्याजदर तोक्ने, यसरी घटाइँदैछ ब्याजदर

१५ लाख रुपैयाँसम्म ऋण लिने साना ऋणीहरुका लागि राष्ट्र बैंकहरुलाई २ प्रतिशतमा पुनर्कर्जा उपलब्ध गराउने र बैंकहरुले त्यस्तो कर्जामा ५ प्रतिशतभन्दा बढी ब्याजदर असुल गर्न पाउने छैनन ।

विदेशी मुद्राको रुपमा रहेको निक्षेपलाई पनि सीसीडीमा गणना गर्न मिल्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको यो व्यवस्थाले अर्बौ रकम लगानीयोग्य पुँजी थपिएको छ ।

बैंकिङ प्रणालीमा एकैपटक ५० अर्ब लगानी गर्न मिल्ने रकम थपियो

त्यसैगरी, राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएर ३ प्रतिशतमा झारेको छ । सीआरआर घटाउँदा बैंकिङ प्रणालीमा अर्बौं रकम लगानी योग्य पुँजी थपिने भएको छ ।

त्यसैगरी यसअघि राष्ट्र बैंकले कर्मचारीका तालिमका लागि निश्चित प्रतिशत रकम अनिवार्य रुपमा खर्च गर्न पर्ने व्यवस्थालाई स्थगत गर्दै बैंकहरुको खर्च घटाउने नीति लिएको छ ।

त्यस्तै कोरोनाबाट प्रभावित व्यवसायीले ऋण माग्दा ७ दिनभित्रै ऋण स्वीकृत गरिसक्नु पर्नेछ । त्यसैगरी कर्जाको ब्याजदर ५ प्रतिशत कायम गर्नुपर्ने उल्लेख छ ।


क्लिकमान्डु