नेपालस्थित अमेरिकी दूतावासले भन्यो: यो अवस्थामा जीवनभर जान पाइँदैन अमेरिका

9.7k
Shares

काठमाडौं । अमेरिकाले भिसाका लागि गलत विवरण पेस गरे आजीवन प्रतिबन्ध लाग्ने जनाएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले एक सूचना जारी गर्दै कन्सुलर अधिकृतहरूले ठगी र नक्कली कागजात सम्बन्धी पछिल्ला घटनाका प्रवृत्ति र प्रविधिका बारे जानकारी लिइरहेको भन्दै नक्कली कागजात पेस गरे स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धित तथा आपराधिक मुद्दाको जोखिममा पर्ने उल्लेख गरेको छ ।

‘के तपाईंलाई थाहा छ? कन्सुलर अधिकृतहरू ठगी र नक्कली कागजातसम्बन्धी पछिल्ला घटनाका प्रवृत्ति र प्रविधिका बारे जानकारी राख्छन्। यदि तपाईंले गलत विवरण दिनुभयो वा नक्कली कागजात पेश गर्नुभयो भने तपाईं स्थायी रूपमा अमेरिका प्रवेशमा आजीवन प्रतिबन्धित तथा आपराधिक मुद्दाको जोखिममा पर्नुहुन्छ,’ दूतावासले भनेको छ ।