याडियाले नेपालमा सार्वजनिक गर्‍यो इभी मोटरसाइकल,कति पर्छ मूल्य ?


काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित याडिया कनिसलाई नेपालमा सार्वजनिक गरेको छ ।

नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत सार्वजनिक गरिएको किनेसले नेपाली बजारमा पर्फर्मेन्स इलेक्ट्रिक मोटरसाइकलको नयाँ अनुभव दिलाएको हो ।

कम्पनीका अनुसार, दैनिक आवतजावतका लागि मात्रै केन्द्रित परम्परागत इलेक्ट्रिक दुई पांग्रे सवारीसाधनभन्दा फरक याडिया किनेसलाई गति प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको छ ।

आधुनिक प्रविधि, शक्तिशाली प्रदर्शन र प्रिमियम अनुभव खोज्ने राइडरहरुलाई लक्षित गर्दै यो मोटरसाइकल तयार गरिएको हो । याडिया किनेसमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड-ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम टर्क उत्पादन गर्छ। यसले तीव्र एक्सेलेरेसन र उत्कृष्ट सड़क प्रदर्शन सुनिश्चित गर्छ।

किनेसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति केवल ३ सेकेन्डमा प्राप्त गर्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ । यी विशेषताले यसलाई नेपालकै उत्कृष्ट र शक्तिशाली इलेक्ट्रिक मोटरसाइकलहरूमध्ये एक बनाएको कम्पनीले जनाएको छ ।

नेपालका फरक-फरक सडक र उकालो बाटोलाई ध्यानमा राखेर बनाइएको किनेसले २० डिग्रीसम्मको ढलान सजिलै पार गर्न सक्नेगरी बनाइएको यस मोटरसाइकलले कठिन सडकमा पनि सहज र भरपर्दो राइडिङ अनुभव दिने कम्पनीको दाबी छ ।

किनेसमा ४.६ किलोवाट घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसलाई ४० भन्दा बढी सुरक्षा सुविधासहितको स्मार्ट ब्याट्री व्यवस्थापन प्रणालीले सुरक्षित र भरपर्दो बनाएको छ। यसले ब्याट्रीलाई सुरक्षित, भरपर्दो र लामो समयसम्म टिकाउ बनाउँदै सहज र विश्वसनीय राइडिङ अनुभव प्रदान गर्छ ।

याडिया किनेसले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रेड डट डिजाइन अवार्ड समेत प्राप्त गरिसकेको छ, जसले याडियाको उत्कृष्ट डिजाइन र आधुनिक विद्युतीय प्रविधि प्रतिको प्रतिबद्धता देखाउँछ।

कार्यक्रमका अवसरमा कुजुका प्रतिनिधिले भने, ‘याडिया किनेस केवल यातायातको साधन होइन, यो शक्ति, प्रदर्शन र रोमाञ्चको अनुभव हो। हामी आशावादी छौं कि यो कार्यक्रमले नेपालमा इलेक्ट्रिक मोटरसाइकललाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउनेछ ।’

याडिया किनेस नेपालमा ६ लाख ६० हजार रुपैयाँको मूल्य (एमआरपी) मा उपलब्ध रहेको छ । उत्कृष्ट प्रदर्शन, नवीन प्रविधि र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकका लागि यो एक आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ ।

यडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाइये ब्रान्ड बनेको याडेआ १५० भन्दा बढी देशमा सक्रिय छ । विश्वभरका करोडौं प्रयोगकर्ताको विश्वास जितेको याडियाले नेपालको प्रिमियम ईभी बजारमा आफ्नो उपस्थिति अझ बलियो बनाउने लक्ष्य राखेको छ ।

Skip This