लक डाउनमा पनि बैंकहरुले यसरी दिइरहेका छन् सेवा (फोटो फिचर)



काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोका भाइरसको संक्रमण फैलिनबाट रोक्न सरकारले गत मंगलबारदेखि आगामी मंगलबारसम्म लक डाउन गरेको छ । लक डाउनका कारण सरकारको अनुमतिबिना कुनै पनि नागरिक घरबाहिर निस्कन पाउने छैनन् ।

बैंकर्स संघको डिजिटल मिटिङ: एटीएम नभएका ठाउँमा ११ देखि १ बजेसम्म शाखा खोल्ने निर्णय

तर, कुनैपनि नागरिकले आफूले बैंकमा राखेको पैसा झिक्न नपाएर अत्यावश्यक सामाग्री खरिद गर्न नपाउने अवस्था आउन नदिन बैंकहरुले सीमित शाखाबाट सीमित बैकिङ सेवा दिइरहेका छन् ।

बैंकबाट पैसा झिक्न नपाएर औषधि र खाद्यान्न किन्न नपाउने अवस्था आउन दिन्नौं: ग्लोबलका सीइओ पर्शुराम कुँवर

बैंकरहरुका अनुसार फाट्टफुट्ट मात्रै ग्राहकहरु बैंकमा आउने गरेका छन् । बैंकर्स संघ र राष्ट्र बैंकले नोटको कारोबारलाई निरुत्साहित गर्दै डिजिटल कारोकार (एटीएम, मोवाइल बैकिङ, इन्टरनेट बैकिङ) गर्न सर्वसाधारणलाई प्रोत्साहन गरिरहेका छन् । यद्यपि डिजिटल कारोबार गर्न नसक्ने ग्राहकहरु भने भौतिकरुपमा बैंकमै उपस्थित भएर सेवा लिइरहेका छन् ।

‘लक डाउन’मा पनि कुन बैंकका कुन-कुन शाखा खुल्छन् ? (सम्पर्क व्यक्तिको नाम र फोन नम्बरसहित)

बैंकहरुले लक डाउनमा खुल्ला गरेका शाखाहरुमा पूर्णरुपमा सुरक्षा विधि अपनाएका छन् ।

बैंकहरुलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन: सकेसम्म ग्राहकलाई सेवा दिनू, एटीएममा पर्याप्त नगद हाल्नू

‘हाम्रा कर्मचारी साथीहरुलाई र ग्राहकलाई कोरोना संक्रमण नहोस् भनेर हामी सुरक्षा विधि अपनाएका छौं,’ माछापुच्छ्रे बैंकका कामू सीइओ सन्तोष कोइरालाले क्लिकमाण्डूसँग भने, ‘सेनिटाइजर, मास्क, डिस्टेन्स मेन्टेन गर्न लगाएका छौं । कोरोनाको संक्रमणबाट बच्नका लागि संसारभर अपनाइएको सुरक्षा विधि पनि यही हो ।’

जबर्जस्ती बैंक खाेल्नु पर्छ भन्ने हाेइन: कामु गभर्नर शिवाकोटी

कामू सीइओ कोइराला आफू पनि हरेक दिन बैंकमा आउने गरेको बताउँछन् ।

लक डाउनमा पनि बैंकहरुले यसरी सेवा दिन्छन्: बैंकर्स संघका अध्यक्ष भुवन दाहाल

‘कर्मचारी साथीहरुलाई इन्करेज हुन्छ भनेर म प्रत्येक दिन कार्यालय आएको छु,’ उनले भने, ‘सर्वसाधारणले बैंकमा राखेको पैसा झिक्न नपाउने अवस्था आउन दिँदैनौं ।’ 


पुष्प दुलाल