बैंकहरुलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन: सकेसम्म ग्राहकलाई सेवा दिनू, एटीएममा पर्याप्त नगद हाल्नू



काठमाडौं । नेपाल राष्ट्र बैंकले लक डाउनमा पनि सकेसम्म ग्राहकलाई सेवा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकको नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बैंक तथा वित्तीय संस्थाहरुलाई स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सर्वसाधारणले बैंकमा राखेको रकम झिक्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको जानकारी दिए ।

बैंकर्स संघको डिजिटल मिटिङ: एटीएम नभएका ठाउँमा ११ देखि १ बजेसम्म शाखा खोल्ने निर्णय

सरकारले कोरोना भाइरसको संक्रमणवाट नागरिकलाई सुरक्षित राख्न यही चैत ११ देखि मिति १८ सम्म मुलुकभर अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिसकेको छ ।

यस्तो अवस्थामा सर्वसाधारणलाई नगद आवश्यक पर्ने र सोका लागि न्यूनतम बैंकिङ सेवा प्रदान गर्ने बान्छनीय भएको भन्दै सकेसम्म सेवा उपलब्ध गराउन निर्देशन दिएको हो ।

जबर्जस्ती बैंक खाेल्नु पर्छ भन्ने हाेइन: कामु गभर्नर शिवाकोटी

बैंक तथा वित्तीय संस्थाहरुले विद्युतीय माध्ययमबाट हुने कारोबारको सुनिश्चितता प्रदान गरी अफ्ना ग्राहकलाई सकेसम्म विद्युतीय माध्ययमबाट कारोबार गर्न सुचित गर्नुपर्ने, सञ्चालित एटीएम मेसिनमा पर्याप्त नगद राख्ने र सोको निगरानी गर्ने व्यवस्था मिलाउनु पर्ने, सबै प्रदेशका स्थानीय प्रशासनसँग समन्वय गरी सम्भव भएसम्म निश्चित समयका लागि प्रत्येक स्थानीय तहमा न्यूनतमरुपमा शाखा खोली न्यूनतम कर्मचारीबाट बैंकिङ कारेबार गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।

त्यसैगरी, यसरी खुल्ने शाखाहरुको विवरण तथा सम्पर्क शक्तिको फोन नम्बर आफनो वेवसाइटमा अध्यावधिक गर्नुका अलावा बन्द रहने शाखाको मुल ढोकामा सर्वसाधारणले देख्ने गरी बल्ने शाखाको विवरण टाँस्नुपर्ने छ । प्रत्येक शाखाको मुल ढोकामा उक्त शाखाबाट प्रदान हुने वा उक्त शाखा बन्द रहेको अवस्थामा सो शाखा वा ग्राहकले बैंकिङ सेवा पाउने शाखा सम्बन्धमा सूचना दिन सम्पर्क व्यक्ति तोकी सम्पर्क नम्बर सहितको विवरण शाखाको मुल ढोका सूचना पाटीमा टाँस्नुपर्ने छ ।

लक डाउनमा पनि बैंकहरुले यसरी सेवा दिन्छन्: बैंकर्स संघका अध्यक्ष भुवन दाहाल

त्यस्तै, भन्सारबाट प्राप्त हुने चेक क्लियरिङको उचित व्यवस्था मिलाउने, अत्यावश्यक वस्तुहरुको आपूर्तिलाई सुनिश्चितता प्रदान गर्न ड्राफ्ट, टिटी, प्रतितपत्र, ग्यारेन्टी जस्ता कारोबारहरु सञ्चालन हुने व्यवस्था मिलाउनुपर्ने छ ।

त्यसैगरी, इजाजतपत्र प्राप्त निक्षेप स्वीकार गर्ने ‘घ’ वर्गका वित्तीय संस्थाहरुले समेत स्थानीय प्रशासनसँग समन्वय गरी काउन्टरमार्फत सम्भव भएसम्म कारोबार सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।

बैक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैकमा गर्न पर्ने रिपोर्टिङ परिस्थिति सामान्य भै कार्यालय नियमित रुपमा खुलेको ७ कार्यदिनभित्र गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।


पुष्प दुलाल