‘लक डाउन’मा पनि कुन बैंकका कुन-कुन शाखा खुल्छन् ? (सम्पर्क व्यक्तिको नाम र फोन नम्बरसहित)



काठमाडौं । बैंकहरुले लक डाउनमा पनि सेवा दिने भएका छन् । त्यसका लागि धेरै बैंकहरुले आफ्नो वेवसाइडमार्फत् खुल्ने शाखा र सम्बन्धित कर्मचारीको नाम र फोन नम्बर पनि सार्वजनिक गरेका छन् ।

जसकारण लक डाउनमा पनि तपाईंले बैंकमा राखेको पैसा झिक्न पाउनु हुने भएको छ । बैंकका राखेको पैसा झिक्नका लागि तपाईंले एटीएम, मोवाइल र इन्टरनेट बैंकिङ कारेबार गर्न सक्नुहुने छ । सकेसम्म ग्राहकलाई बैंक नआउनका लागि आग्रह गरिएको छ ।

जबर्जस्ती बैंक खाेल्नु पर्छ भन्ने हाेइन: कामु गभर्नर शिवाकोटी

ग्लोबल आइएमइ बैंकका सीइओ पर्शुराम कुँवर क्षेत्रप्का अनुसार यदि तपाईंसँग एटीएम छैन । मोवाइल र इन्टरनेट बैंकिङ कारेबार गर्नसक्ने अवस्था छैन भने बैंकमा फोन गरेर आफ्नो नाम, नम्बर र बसोबास गर्ने ठेगाना टिपाउनुहोस् । त्यसको केही दिनमै तपाईंकै एरियामा रहेको उक्त बैंकको शाखा खोलेर तपाईंलाई पैसाको व्यवस्था गरिनेछ ।

बैंकहरुलाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन: सकेसम्म ग्राहकलाई सेवा दिनू, एटीएममा पर्याप्त नगद हाल्नू

लक डाउन अवधिमा डिजिटल कारोबारका लागि र बैंकबाट रकम जम्मा गर्न, झिक्न, एलसी, बैंक ग्यारेन्टि जस्ता प्रयोजनका लागि मात्र न्यूनतम दैनिक २ घण्टा बैंकले सेवा दिने बैंकर्स संघले जनाएको छ । त्यसैगरी, एटीएम बुथ नभएका शाखा सकेसम्म स्थानीय सरकारसँग समन्वय गरेर खोल्न बैंकर्स संघले आफ्ना सदस्यहरुलाई भनेको छ भने राष्ट बैंकले पनि यही गर्न निर्देशन दिएको छ ।

कुन बैंकका कुन शाखा खुल्छन्, कस्लाई सम्पर्क गर्ने ?

माछापुच्छ्रे बैंकले सात प्रदेशका १२ वटा शाखा ११ बजेदखि २ बजेसम्म कार्यालय सञ्चालन गर्ने गरी सो शाखा कार्यलयका १४ जना कर्मचारीको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

लक डाउनमा पनि बैंकहरुले यसरी सेवा दिन्छन्: बैंकर्स संघका अध्यक्ष भुवन दाहाल

प्रभु बैंकले काठमाडौं उपत्यकामा बबरमहलस्थित मुख्य कार्यालय, ललितपुरको जावलाखेल र भक्तपूरको कौशलटार शाखा खुल्ला रहने जनाएको छ । उपत्यका बाहरि भने स्थानीय प्रशासनले खोल्न दिएजति ठाउँमा शाखा खुल्ला रहेको जनाएको छ । बैंकले आज दिउँसोसम्ममा वेवसाइडमा खुल्ने शाखा, कर्मचारीहरुको नाम र सम्पर्क नम्बर राख्ने बताएको छ ।

आफ्नो वेव साइट मार्फत सेन्चुरी बैंकले शाखा कार्यलयको नाम र २१६ जना कर्मचारीहरुको नामवाली र उनीहरुको सम्पर्क नम्बर सार्वजनिक गरेको छ ।

यस्तै, सानिमा बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यलयहरुका लागी जम्मा ७९ जना कर्मचारीहरुको नाम र सम्पर्क नम्बर सार्वजनिक गरेको छ । बैंकले तोकेको शाखा कार्यलयबाट ती कर्मचारीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवाग्राहीलाई सेवा दिने जनाएको छ ।

बैंकर्स संघको डिजिटल मिटिङ: एटीएम नभएका ठाउँमा ११ देखि १ बजेसम्म शाखा खोल्ने निर्णय

एनआइसी एशिया बैंकले उपत्यकाभित्र भत्तपुर, कौशलटार, थापाथली, पुल्चोक र कमलादी शाखा खोल्ने भएको छ । ती शाखाका सम्बन्धीत अधिकारीहरुको नाम र नम्बर पनि वेवसाइडमा राखेको छ । त्यस्तै, उपत्यका बाहिर खुल्ने शाखा, सम्पर्क व्यक्ति र फोन नम्बर राखेको छ । त्यतिमात्रै होइन बैंकले विभिन्न विभागका जिम्मेवार अधिकारीहरुको नाम र नम्ब पनि उपलब्ध गराएको छ ।

ग्लोबल आइएमइ हिँजो ७ वटा ब्राञ्च खोलेका थियौं । आज चाहीँ कान्तिपथ ब्राञ्च मात्रै खोल्छौ । अन्य ठाउँमा पैसा निकाल्नु परेमा हामीलाई सम्पर्क नम्बर दिनु हामी आफैं फोन गरेर बोलाउँछौं । सीइओ क्षेत्रीले भने, बैंकमा राखेको पैसा औषधि किन्न, खाद्यान्न किन्न नपाउने अवस्था आउन दिँदैनौं ।

उपत्यका बाहिर भने सम्बन्धित प्रदेशका प्रमुखहरुलाई स्थानीय प्रशासनसँग समन्वय गरेर शाखा खोल्न निर्देशन दिइएको उनले जानकारी दिए ।

‘हिँजो उपत्यकामा ६\७ वटा र देशभर गरी ७० ७५ वटा शाखाहरु खोलेका थियौं, आज खुल्ने शाखाको संख्या केही कम होला,’ उनले भने ।

त्यसैगरी, सिटिजन्स बैंकले पनि खुल्ने शाखा, सम्पर्क व्यक्ति र उनीहरुको फोन नम्बर राखेको छ । एनबी बैंकले पनि खुल्ने शाखा, सम्पर्क व्यक्ति र फोन नम्बर वेवसाइडमार्फत सार्वजनिक गरेको छ ।

सनराइज बैंकले भिसा र डेबिट कार्ड, मोबाईल तथा इन्टरनेट बैंकिङ सेवा सपोर्टका लागि उपत्यक भित्र र बाहिरका लागि ५ जना कर्मचारीको नाम र सम्पर्क नम्बर वेव साइट मार्फत सार्वजनिक गरेको छ । बैंकले कुन शाखा कार्यलय कति समयको लागि खुल्ला हुन्छ भनेर सुचना भने सार्वजनिक गरेको छैन । बैंकले सकेसम्म एटीएम बुथ नभएका शाखा खोल्ने जनाएको छ ।

त्यसैगरी, उपत्यकाभित्र एनएमबि बैंकका सीतापाइला, भक्तपूर, कुमारीपाटी शाखा खुल्ला रहने सीइओ सुिनल केसीले जानकारी दिए । अन्य स्थानमा ग्राहकको माग बमोजिम शाखा खोलेर सेवा दिने उनले बताए ।

मेगा बैंकले ७ वटा प्रदेश कार्यलयको र उपत्यका भित्र र बाहिरका गरेर २९ वटा शाखा कार्यलय गरी जम्मा ३८ जना कर्मचारीको नाम र सम्पर्क नम्बरको सुची वेव साइटमा राखेको छ ।

नेपाल इनभेष्टमेन्ट बैंकले उपत्यका भित्र दरबारमार्ग, लगनखेल र सिपाडोल शाखा कार्यलउ बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म र उपत्यका बाहिरका शाखा कार्यलयहरु बिहान ११ बजेदेखि दिउसो १ बजेसम्म खुल्ला हुने जनाएको छ । बैंकले कर्मचारीहरुको नामावली र सम्पर्क नम्बर भने वेव साइटमा सार्वजनिक गरेको छैन ।

सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकको रामशाहपथ स्थित कर्पोरेट कार्यालय र सरकारी कारोबारका लागि सिंहदरबारभित्रको शाखा बिहानको १० बजेदेखि दिउँसोको १ बजेसम्म खोलेको छ । उपत्यका बाहिर भने स्थानीय सरकारको आदेश अनुसार खोल्ने वा बन्द गर्ने भन्ने सूचना वेवसाइडमा राखेको छ । बैंकले अत्यावश्यक परेको खण्डमा फोन गर्न भन्दै विभिन्न व्यक्तिको नाम र सम्पर्क नम्बर समेत उपलब्ध गराएको छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले नयाँ बनेश्वर शाखामात्र बिहान १० बजेदखि दिउँसो १ बजेसम्म रकम जम्मा गर्न र झिन्ने प्रयोजनमा आउने ग्राहकलाई सेवा दिने गरी कार्यलय खोल्ने सुचना जारी गरेको छ । बैंकले कार्यलयमा कार्यरत रहने कर्मचारीको नाम र सम्पर्क नम्बर भने सार्वजनिक गरेको छैन ।

सिद्धार्थ बैंकले उपत्यका भित्र र बाहिरका शाखा कार्यलयहरुका लागी जम्मा १८२ जना कर्मचारीहरुको नाम र सम्पर्क नम्बर र शाखा कार्यलयको नाम सार्वजनिक गरेको छ । बैंकले तोकेको शाखा कार्यलयबाट ती कर्मचारीले बिहान ११ बजेदेखि समँझ ५ बजेसम्म सेवाग्राहीले बैंकको सेवा सम्बन्धी जानकारीको लागि सम्पर्क गर्न सक्ने सुचनामा उल्लेख गरिएको छ । 


पुष्प दुलाल