लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल दिनेमा एनआइसी एशिया फस्ट, सिभिल लास्ट, कुन बैंकको कति ? (सूचिसहित)



काठमाडौं । आक्रमक बजार विस्तारमा होमिएपछि एनआइसी एशिया बैंकका सूचकहरु पनि सोही अनुरुप माथि पुगेपछि एलिट बैंकरहरु पनि डराउन थालेका छन् ।

निक्षेप संकलन, कर्जा प्रवाह, नाफा, ग्राहक संख्यालगायतमा एनआइसी एशिया बैंकले १८ वर्षमा गर्न नसकेको प्रगति ३ वर्षमा गरेको छ । यो प्रगतिको श्रेय हो आक्रमक बजार विस्तारको नीति ।

बैंक आक्रमक हुँदा लगानीकर्ताले के पाए छ ? अहम् प्रश्न हो यो ।

बैंकका सेयरधनीले सामान्य मात्रै लाभांश पाउँदै आएका छन् । तर, अब भने त्यस्तो हुने छैन ।

नाफाको वृद्धिदरः एनआइसी एशियाको चमत्कार, नविल कमजोर, इन्भेष्टमेन्टको घट्यो, कुन बैंकको कति ?

बैंकका सूचकांकहरुलाई हेरेर भन्न सकिन्छ यस्तै प्रगति गर्दै जाने हो भने आगामी वर्षहरुमा बैंकका सेयरधनीहरुले उच्च प्रतिफल पाउने छन् ।

आजका दिनमा एनआइसी एशिया बैंक लगानीकर्ताको सम्पत्तिमा सबैभन्दा बढी प्रतिफल दिने बैंक बन्न सफल भएको छ ।

०७५ चैत मसान्तमा रिटर्न अन इक्वीटी (आरओइ) अर्थात् लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल दिने बैंकहरुको सूचिमा एनआइसी एशिया बैंक १ नम्बरमा छ । ०७५ पुसदेखि यो बैंक आरओइमा १ नम्बरमा पर्न सफल भएको हो ।

बैंकले नाफा बढाएसँगै आरओइ बढेको हो ।

हामी नेपालीहरु बैंकले कति बोनस सेयर र नगद लाभांश दियो भनेर हेर्छौं । तर, बैंको आरओइ कति छ, प्रतिसेयर आम्दानी कति छ ? भन्ने कुरालाई अलि कम ख्याल गर्छौं । लगानीकर्ताका लागि यी सूचक पनि उत्तिकै महत्वपूर्ण हुन् ।

विश्लेषणः नविल बैंक र एनआइसी एशियाको तुलना गर्न मिल्छ ? किन गरे अनिल शाहले ?

आरओइ र पीइ रेसियोले त्यो बैंकमा गरिएको लगानीमा प्रतिफल छ भन्ने प्रमाणित गर्छ । त्यसैले हुनुपर्छ पछिल्ला दिनहरुमा एनआइसी एशिया बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । जसकारण बैंकको सेयर मूल्य पनि बढिरहेको छ ।

आरओईमा एक नम्बरमा रहेको पूर्णसरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकलाई उछिन्दै एनआइसी एशिया बैंक नम्बर वान बन्न सफल भएको हो

एनआइसी एशिया बैंकको आरओई ०७५ पुसमा २७.७६ र चैतमा बैंकको २५.२७ प्रतिशत छ । ०७५ असार मसान्तमा १५.४३ प्रतिशत आरओइ कायम गर्दै १४औं स्थानमा थियो भने ०७४ पुस मसान्तमा ११.३१ प्रतिशत आरओई कायम गर्दै २०औं स्थानमा थियो ।

एक वर्षअघि २०औं नम्बरमा भएको बैंक एकर्षमै कसरी १ नम्बरमा आयो ? बैंक स्रोत भन्छ- ‘हामीले यो वर्ष राम्रो नाफा कमाएका छौं, जसकारण आरओई बढेको हो ।’

स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्

नाफा कसरी बढ्यो त ? स्रोतका अनुसार बैंकले गत साउनदेखि बचतमा दिँदै आएको ८ प्रतिशत ब्याजदरलाई ६ प्रतिशतमा झार्यो । जसकारण ब्याजखर्च निकै कम हुँन जाँदा नाफा बढ्को हो । त्यसका अलावा नाफा बढ्नुका अरु कारण पनि छन् ।

एक वर्षको अवधिमा बैंकको नाफा १४५ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा ९२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको चैत मसान्तमा २ अर्ब २७ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ ।

०७४ पुस र ०७५ असारमा आरओइका आधारमा पहिलो नम्बरमा रहेको राष्ट्रि वाणिज्य बैंक अहिले दोस्रो नम्बरमा छ । यो बैंकको आरओई लगातार घट्दो अवस्थामा छ । यो बैंकको आरओई ०७४ पुसमा ३४.०८, ०७५ असारमा २८.४८, ०७५ पुसमा २५.३२ र ०७५ चैतमा २४.४८ प्रतिशत छ ।

नविल, इन्भेष्टमेन्ट र एभरेष्टसहित १३ बैंकको ‘आरओई’ घट्यो, प्रभुको छलाङ, कुन बैंकको के भयो ? (सूचिसहित)

०७४ चैत मसान्तको भन्दा ०७५ चैत मसान्तमा मा राष्ट्रिय वाणिज्य बैंकले १३ प्रतिशतले बढी अर्थात् ३ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको छ ।

निजी क्षेत्रका प्रवद्धकद्वारा सञ्चालन गरिएको बैंकमध्ये सबैभन्दा धेरै नाफा कमाउने नविल बैंक लगानीकर्ताको सम्पत्तिमाथि प्रतिफल दिने बैंकको सूचिमा तेस्रो स्थानमा छ ।

नविल बैंकको आरओई ०७५ चैतमा २२.८१ प्रतिशत छ । यो बैंकको ०७४ पुसमा २६.१४ प्रतिशत, ०७५ असारमा २४.३८ प्रतिशत, ०७५ पुसमा २१.३५ प्रतिशत आरओई थियो ।

नविल Vs एनआइसी एशियाः कुन बैंकको सेयर किन्दा ठीक ? (प्राविधिक विश्लेषण)

नविल बैंकले ०७४ चैत मसान्तको भन्दा ०७५ चैत मसान्तमा ३ प्रतिशतले बढी अर्थात् ३ अर्ब १९ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

सबैभन्दा कम आरओई सिभिल बैंकको छ । सिभिल बैंक २८ वटा बैंकमध्ये आरओईका आधारमा २८औं नम्बरमा पर्छ । ०७५ चैत मसान्तमा सिभिल बैंकले लगानीकर्ताको सम्पत्तिमा जम्मा ६.९२ प्रतिशत मात्रै प्रतिफ दिएको छ ।

सिभिल बैंकले ०७४ चैत मसान्तको तुलनामा ४७ प्रतिशतले नाफा बढाउँदै ०७५ चैत मसान्तमा ४९ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको छ ।
आरओईका आधारमा सानिमा बैंक चौथो स्थानमा छ । सानिमा बैंकको आरओई ०७५ चैतमा २१.७६ प्रतिशत छ । यो बैंकको ०.७४ पुसमा १८.०४ प्रतिशत, ०७५ असारमा १८.६७ प्रतिशत र ०७५ पुसमा २०.३३ प्रतिशत आरओई छ ।

कस्ले तिरेन इन्भेष्टमेन्ट बैंकको ४ अर्ब ? खराब कर्जा ३००%ले बढ्यो, कुन बैंकको कति ? (सूचिसहित)

सानिमा बैंकले ०७४ चैत मसान्तको भन्दा ०७५ चैत मसान्तमा ३१ प्रतिशत बढी अर्थात् १ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, एभरेष्ट बैंक पाँचौ स्थानमा छ । यो बैंकको ०७५ चैतमा २०.६२ प्रतिशत आरओई छ । ०७४ पुसमा १७.९४ प्रतिशत, ०७५ असारमा १९.०५ प्रतिशत र ०७५ पुसमा २०.०६ प्रतिशत आरओई छ ।

एभरेष्ट बैंकले०७४ चैत मसान्तको तुलनामा १८ प्रतिशतले नाफा बढाउँदै ०७५ चैत मसान्तमा २ अर्ब २१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।

०७५ चैत मसान्तमा लगानीकर्ताको सम्पत्तिमा २० प्रतिशतभन्दा बढी प्रतिफल दिने बैंक एनआइसी एशिया, राष्ट्रिय वाणिज्य, नविल, सानिमा र एभरेष्ट मात्रै हुन् ।

स्ट्याण्र्ड चार्टर्ड, प्राइम, ग्लोबल, एसबिआई, माछापुच्छ्रे, सिद्दार्थ, सनराइज, प्रभु, हिमालयन र इन्भेष्टमेन्ट बैंकको आरओई १५ प्रतिशतभन्दा माथि छ ।

जनता, एनएमबि, एनबी, एनसीसी, बिओके, मेगा, सिटिजन्स, कुमारी, लक्ष्मी र नेपाल बैंकको आरओई १० प्रतिशतभन्दा माथि छ ।
कृषि विकास, सेञ्चुरी र सिभिल बैंकको आरओई भने १० प्रतिशतभन्दा कम छ ।

Bank  Chaitra 075  Poush 075  Ashad 075  Poush 074   Rank 075  Rank Poush 075 Rank Ashad 075  Rank Poush 074 
 NIC Asia 25.27% 25.76% 15.43% 11.31%             1             1 14             20
Rastriya Banijya Bank 24.48% 25.32% 28.48% 34.08%             2             2 1              1
 Nabil 22.81% 21.35% 24.38% 26.14%             3             3 2              3
Sanima 21.76% 20.33% 18.67% 18.04% 4 5 6 7
 Everest 20.62% 20.06% 19.05% 17.94%             5             6 5              8
 Standard Chartered 18.56% 16.47% 18.37% 18.24%             6           11 8              6
 Prime 18.46% 18.96% 19.81% 16.62%             7             7 4             12
 Global IME 18.40% 18.12% 18.38% 17.20%             8             8 7             10
 Nepal SBI 17.96% 17.19% 17.19% 16.87%             9           10 11             11
 Machhapuchchre 17.33% 16.37% 13.93% 10.65%           10           13 16             21
 Siddhartha 16.50% 16.43% 16.76% 15.32%           11           12 13             13
Sunrise 15.48% 13.83% 15.21% 12.16%           12           18 15             18
 Prabhu 15.42% 16.29% 9.23% 12.02%           13           14 27             19
 Himalayan 15.20% 20.68% 17.68% 18.90%           14             4 9              5
Nepal Investment 15.19% 17.49% 16.90% 19.57%           15             9 12              4
 Janata 14.59% 12.20% 10.94% 7.59%           16           22 22             27
 NMB 14.57% 13.15% 9.29% 17.66%           17           19 26              9
Nepal Bangladesh 14.04% 14.68% 12.01% 8.90%           18           15 19             25
 Nepal Credit & Commerce 13.99% 14.18% 22.94% 13.39%           19           16 3             14
 Bank of Kathmandu 13.74% 11.84% 13.71% 10.42%           20           25 17             22
 Mega 13.61% 12.23% 10.51% 9.10%           21           21 23             24
 Citizens 13.00% 14.04% 13.58% 13.38%           22           17 18             15
 Kumari 12.72% 12.55% 10.40% 12.92%           23           20 24             16
Laxmi 12.45% 12.12% 11.68% 10.32%           24           23 20             23
 Nepal Bank 10.84% 11.95% 10.21% 28.61%           25           24 25              2
 Agriculture Dev 8.92% 10.18% 17.23% 12.41%           26           27 10             17
Century 8.40% 11.28% 11.18% 8.04%           27           26 21             26
Civil 6.92% 6.94% 7.36% 6.49%           28           28 28             28


पुष्प दुलाल