स्टाफ मिटिङमा NIC Asia को उदाहरण दिँदै इन्भेष्टमेन्ट बैंकका सीइओको निर्देशन- एग्रेसिभ हुनुहोस्



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक पनि अब एनआइसी एशिया जस्तै आक्रमकरुपमा प्रस्तुत हुने भएको छ । इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डेले मंगलबार बिहान कर्मचारीहरुको बैठक बोलाएर आगामी आर्थिक वर्षदेखि एग्रेसिभ हुन निर्देशन दिएका छन् ।

बैठकमा सहभागी एक कर्मचारीका अनुसार सीइओ पाण्डेले पटक पटक एनआइसी एशिया बैंकको उदाहारण दिँदै आफ्ना कर्मचारीहरुलाई एग्रेसिभ हुन निर्देशन दिएका हुन् ।

‘हिँजोअस्ती आएको एनआइसी एशिया बैंक हेर्नुस् त कति ग्रोथ गर्यो, हामी त धेरै पूरानो र ठूलो बैंक हौं, हामीले अलिकति मिहेनत गर्नेवित्तिकै राम्रो ग्रोथ हुन्छ,’ पाण्डेले निर्देशन दिए, ‘अब हामी पनि एग्रेसिभ भएर जानै पर्छ, ग्रोथ गर्नैपर्छ ।’

बैंक उच्च व्यवस्थापनले अहिलेसम्म कर्मचारीलाई टार्गेट नदिएको र आगामी आर्थिक वर्षदेखि सबै कर्मचारीलाई टार्गेट दिइने उनले प्रष्ट पारे ।

‘अब स्टाफलाई टार्गेट नदिइ हुँदैन, कसलाई कति टार्गेट दिने भन्नेबारे पछि मैले भन्छु,’ उनले भने ।

‘ठूल्ठूला कर्पोरेट क्लाइन्ट हामीलाई पुगिसक्यो, कर्पोरेट क्लाइन्टले ब्याज पनि दिर्दैनन्, झगडा पनि गर्छन्,’ उनले भने, ‘आगामी आर्थिक वर्षदेखिको हाम्रो फोकश एसएमीमा हो, तपाईहरु सोही अनुसार लाग्नुहोस् । तर पर्सनल ग्यारेन्टीको लोन धेरै नपठाउनसहोस् । ’

केही समयअघि हिमालयन बैंकका एक सिनियर स्टाफले मलाई भनेका टार्गेट मिट गर्न नसकेका कारण उसको प्रमोसन रोकिएको उदाहारण सुनाउँदै अब इन्भेष्टमेन्ट बैंकमा पनि त्यस्तै हुने पाण्डेले जानकारी गराए ।

ब्राञ्च म्यानेजरहरुलाई ब्राञ्चका कर्मचारीहरुलाई पेल्न उनले निर्देशन दिए ।

‘हाम्रो बैंक छाडेर कुमारी बैंक गएका साथीहरु एग्रेसिभ भएर प्रस्तुत हुन सक्ने, हामीचाहीँ किन नसक्ने ?’ उनले प्रश्न गरे, ‘आगामी वर्ष एग्रेसिभ भएर जानै पर्छ, मार्केटिङमा त झन एग्रेसिभ हुनैपर्छ ।’

क्लाइन्टसँग एकपटक मात्रै नभई पटकपटक जान उनले निर्देशन दिए ।

‘क्लाइन्टकहाँ एकपटक होइन, २ पटक होइन, ३ पटक होइन, ४ पटक र ५ पटक मात्रै होइन, १०औं पटक जानुहोस्, त्यसपछि क्लाइन्ट दिक्क भएर पनि तपाईलाई बिजनेश दिन्छ,’ पाण्डेको निर्देशन थियो, ‘हामीले जसरी भएपनि बिजनेश गर्ने हो ।’

त्यसैगरी मुद्दति निक्षेप बढाउन पाण्डेले कर्मचारीहरुलाई निर्देशन दिए ।

‘एनआइसी एशियाले १४ प्रतिशत ब्याज दिएर निक्षेप लान्छ, हामी किन सक्दैनौं ?’ उनले प्रश्न गरे, ‘हामी पूरानो र ठूलो बैंक हौं, हाम्रो कष्ट अफ फण्ड पनि कम छ, हाम्रो ब्याजदर महंगो छैन, त्यसैले आक्रमक भएर कर्जा बढाउनुहोस् ।’

आगामी आर्थिक वर्ष फि एण्ड कमिशन बढाउन उनले निर्देशन दिए । त्यसैगरी, रिकोभरीमा विषेश जोड दिन पाण्डेको कडा निर्देशन छ ।

‘लोनको समय सकिएको १ महिनासम्म हामी कुरेर बस्छौं, सुनिलजी, जीबनजी अब यसरी कुरेर बस्ने होइन, मिति सकिएकै दिनदेखि रिकोभरी प्रोसेस अघि बढाउनुहोस्, अब हामीले फास्ट रिकोभरी नगरी हुँदैन,’ पाण्डेले भने, ‘रिकोभरीमा कुनै कम्प्रमाइज हुँदैन ।’

ठूला कर्पोरेट क्लाइन्ट अब बैंकलाई पुगिसकेको भन्दै एसएमी क्लाइन्ड बढाउन उनले निर्देशन दिए ।

‘ठूल्ठूला कर्पोरेट क्लाइन्ट हामीलाई पुगिसक्यो, कर्पोरेट क्लाइन्टले ब्याज पनि दिर्दैनन्, झगडा पनि गर्छन्,’ उनले भने, ‘आगामी आर्थिक वर्षदेखिको हाम्रो फोकश एसएमीमा हो, तपाईहरु सोही अनुसार लाग्नुहोस् । तर पर्सनल ग्यारेन्टीको लोन धेरै नपठाउनसहोस् । ’

आगामी वर्ष निक्षेप र कर्जा दुबै बढाउनुपर्ने भएकाले सबै कर्मचारीहरुलाई टार्गेट दिइनेछ ।

कर्मचारीहरुलाई साँझ अ बेरसम्म बसेर भएपनि आफ्नो काम सकाउन सीइओ पाण्डेको निर्देशन छ ।

‘अफिस टाइम सकियो भनेर काम नसकी घर नजानुहोस्, भोलि आएर गर्छु भन्नु भएन,’ उनले भने ।

राष्ट्र बैंकको इस्पेक्सन्स आउन लागेको जानकारी दिँदै रातारात काम गरेर भएपनि फाइल मिलाएर राख्न उनको निर्देशन छ ।

‘राष्ट्र बैंकको इस्पेक्सन्स आउँदैछ, १० पटक फाइल हेरेर भएपनि मिलाउनुस्, २ वटा फाइल देखियो भने कर्मचारी सीधै आउट’ पाण्डेको निर्देशन छ ।

त्यसैगरी कर्मचारीहरुले अनिवार्यरुपमा ड्रेस लगाउनुपर्ने उनले बताए ।

‘अस्ति एउटा सिनियर स्टाफले छोटो टिसर्ट र नराम्रो जुत्ता लगाएर आएछ, एकजना लेडिज कर्मचारीले प्वालैप्वाल भएको कपटा लगाएर आइछन्, मैले कपडा फेरेर आउन निर्देशन दिएँ,’ उनले भने, ‘तपाईंहरुले बुझ्नुभयो होइन, के के लुगा लगाएर अफिस आउन पाइँदैन ?’

ड्रेस कोट मेन्टेन नगर्ने कर्मचारीलाई तुरुन्तै लुगा फेर्न लगाउन उनले मातहतका कर्मचारीलाई निर्देशन दिए ।


पुष्प दुलाल