नविल Vs एनआइसी एशियाः कुन बैंकको सेयर किन्दा ठीक ? (प्राविधिक विश्लेषण)



काठमाडौं । केहीदिन अघि नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले एनआइसी एशिया बैंकले ‘मिराकल’ गरेको भन्दै प्रसंसा गरे । त्यतिमात्रै होइन, उनले अब नविलको मूख्य प्रतिस्पर्धी एनआइसी एशिया भएको बताए ।

शाहको यो अभिव्यक्तिले नविल र एनआइसी एशिया बैंक बीचको तुलनालाई अझै गहिरोसँग हेर्नुपर्ने आवश्यकता खट्किएको छ । यही प्रयासमा हामीले थप केही सूचकहरुलाई दाज्ने जमर्को गरेका छौं ।

विश्लेषणः नविल बैंक र एनआइसी एशियाको तुलना गर्न मिल्छ ? किन गरे अनिल शाहले ?

निजी क्षेत्रको पहिलो वाणिज्य बैंकको रुपमा आएको नबिल बैंकको तुलनामा करिब १२ बर्ष कान्छो एनआइसी एशिया बैंक सेयर बजारमा पूँजीकरणको आधारमा पनि मध्यम पुँजीको (मिड क्याप) बैंक हो । त्यो पनि चुक्ता पूँजीमा ठूलो अन्तर नरहँदा ।

नबिल बैंकको बजार पुँजीकरण ५९ अर्ब रुपैयाँ हुँदा प्रतिकित्ता लगभग आधाभन्दा कम सेयर मूल्य रहेको एनआइसी एशिया बैंकको बजार पूँजीकरण ३६ अर्ब रुपैयाँ छ ।

प्रतिसेयर आम्दानी एनआइसी एशियाको ३४ रुपैयाँ छ भने नविलको ४७.५४ रुपैयाँ मात्र छ । नविलको मूल्य आम्दानी अनुपात पछिल्लो मूल्यको आधारमा ३१ गुणा पुगिसकेको छ भने एनआइसीको १३ गुणा छ ।

सरसर्ती हेर्दा यी दुईबीच तुलना योग्य नै छैन । तर, बैंकर शाहले एनआइसीको त्यसै तारिफ भने गरेका होइनन् । यो कुरा यी दुई बैंकको वित्तीय विवरणहरुको तुलना गर्दा पनि देखिन्छ । ५ बर्षको अन्तरालमा नबिल बैंकले १४ अर्ब ९० करोड रुपैयाँ कमाएको छ भने एनआइसी एशियाले मात्र ५ अर्ब ५८ करोड ।

तर, नाफाको वृद्धिदरमा एनआइसी एशियाले फड्को मारिरहेको छ । ५ बर्षमा नविलले बार्षिक औसत १६.२९ प्रतिशतको वृद्धिदर हासिल गर्दा एनआइसी एशियाले १९.६६ प्रतिशत वृद्धि हासिल गरेको छ ।

अझ रोचक, नबिलको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशमा गत आवको सोही अवधिको तुलनामा १८ प्रतिशतले नाफा बढाएर २ अर्ब १७ करोड पुग्दा एनआइसी एशियाको सोही अवधिमा नाफा १ सय ६४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड पुगेको छ ।

पहिलो र दोस्रो त्रैमासबीचको तुलना गर्दा नबिलको असोजको नाफामा १ सय ६ प्रतिशतले वृद्धि हुँदा एनआइसीले पनि सो अवधिमा नाफा शतप्रतिशतले वृद्धि गर्न सफल भएको छ । नबिल बैंकसँग दरिलो ब्याक अप अर्थात् सञ्चिति (१४ अर्ब ३२ करोड) छ । नविलसँगको तुलनामा सञ्चितिमा एनआइसी एशिया कमजोर भएपनि (४ अर्ब ४१ करोड) छ । जुन नराम्रो भने होइन ।

नविल र एनआइसी बैंकको निक्षेप लगभग बराबर छ । नविलको १ खर्ब ४९ अर्ब र एनआइसी एशियाको १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप छ । एनआइसी एशियालाई पुँजीको लागत नविलको भन्दा उच्च परेको छ । यद्यपि खुद व्याज आम्दानी भने बराबर छ । ९ अर्ब व्याज आम्दानी गरेको एनआइसीले व्याज खर्च कटाएर पनि ३ अर्ब ६० करोड कमाई गरेको छ । जबकि नबिलको ७ अर्ब व्याज आम्दानी हुँदा खर्च कटाएर ३ अर्ब ६१ करोड कमाई छ ।

एनआइसीको मुभिङ एभरेज रेखाहरुबीच दुरी कायम नै छ । यसले मूल्यमा सुधार (घटि नहालेको) देखाउँछ । एनआइसीको आरएसआई सूचकले भने अझै पनि बैंकको सेयरमा अधिक खरीद चाप कायमै रहेको देखाउँछ । एनआइसीको मूल्य उच्चमा पुगेर घट्न थालेको भएपनि खरीद चाप हावी नै भएको अवस्थाको यसले संकेत गर्छ ।

एनआइसीले महंगोमा पुँजी लिइरहेको मात्र छैन महंगोमा कर्जा दिइरहेको पनि छ । कर्जाको बिस्तारमा आक्रामक भएको एनआइसीले प्राथमिक पुँजी वृद्धि गरेर भएपनि आफ्नो कर्जा सहितको निक्षेप अनुपातलाई नविलको सरह नै राख्न सफल भइरहेको छ ।

खराब कर्जादरमा एनआइसी एशियामा नै सुधार छ । नबिलको यो दर ०.६२ हुँदा एनआइसीको ०.३ छ । खराब कर्जाको लागि एनआइसी एशियाले नविलको भन्दा धेरै प्रावधान राखेको छ । यसबाट एनआइसीले नबिलको भन्दा जोखिम अधिक लिएको देखिन्छ ।

लगानीकर्ताको मुख्य चासो भनेको त प्रतिफल नै हो । ५ वर्षमा नविलले बार्षिक औसत ४५ प्रतिशतको प्रतिफल दिँदा एनआइसीको २६ प्रतिशत बराबर प्रतिफल छ ।

सेयरमा कस्तो छ आकर्षण ?

एनआइसी एशियाको सेयरमा अहिले मात्र चाप देखिएको होइन । विगत चार महिनामा एनआइसीको सेयर दैनिक औसत ३१ हजार कित्ताको दरमा किनबेच भइरहेको छ । यता नविलको सेयर यही अवधिमा दैनिक ७ हजार ८ सयको दरमा छ । पछिल्लो ५ कारोबार दिनमा एनआइसीको १ लाख कित्ता माथिको सेयर किनबेच भएको छ ।

यो बैंक अर्को ‘मिड क्याप’ वाणिज्य बैंकसँगको मर्जर प्रयासमा समेत रहेको बजारमा हल्ला चलेका छन् । यही कारण पनि एनआइसीको सेयरमा आकर्षण बढेको हुनसक्छ । यद्यपि वाणिज्य बैंकहरुबीचको मर्जरको हल्ला चलिरहने भएकोले हल्लैको आधारमा लगानी गर्न जोखिमपूर्ण भने हुनसक्छ ।

नविल र एनआइसी बैंक दुबैको सेयर मूल्य ५२ साता (एक वर्ष)को उच्च विन्दु आसपास आइसकेको छ । लगानीकर्ताहरु यो मूल्यमा आइपुग्दा खरीद रोक्ने वा बिक्री गर्ने पनि गर्छन् । यद्यपि समग्र बजार सूचक वियरिश प्रवृत्तिबाट उक्लिने प्रयासमा रहेकोले मूल्य बढ्न यही रोकिने भने हुदैन् ।

नबिलको मुभिङ एभरेज रेखाहरुबीच दुरी कायम नै रहेपनि नजिकिदै छन् । आरएसआई सूचकले भने अझै पनि बैंकको सेयरमा खरीद चाप बिस्तारै बढ्दै गइरहेको देखाउछ । आरएसआइ बढ्दो क्रममा नै रहेकोले सेयर माग घटिनसकेको यसले संकेत गर्छ ।

मैनवत्ति चार्ट विश्लेषणले अन्तिम ३ दिनमा एनआइसी एशियाको सेयर मूल्यले करीब करीब इभिनिङ स्टार वियरिश आकृति बनाएको छ । यसले एनआइसीको सेयर मूल्य केही समय घट्न सक्ने संकेत गरिरहेको छ । अन्तिम दिनमा सेयरको परिणाम पनि केही घटेको छ । यद्यपि न्युन नै भएको अवस्था छैन । एनआइसीको सेयरलाई १ महिनाको अवधिमा ४ सय ८६ मा पहिलो प्रतिरोध र घटेमा ४ सय १२ मा पहिलो टेवा मिल्नेछ ।

एनआइसीको मुभिङ एभरेज रेखाहरुबीच दुरी कायम नै छ । यसले मूल्यमा सुधार (घटि नहालेको) देखाउँछ । एनआइसीको आरएसआई सूचकले भने अझै पनि बैंकको सेयरमा अधिक खरीद चाप कायमै रहेको देखाउँछ । एनआइसीको मूल्य उच्चमा पुगेर घट्न थालेको भएपनि खरीद चाप हावी नै भएको अवस्थाको यसले संकेत गर्छ ।

एनआइसीको नेटवर्थ (रु.१४९) को तुलनामा सेयर मूल्य ३ गुणा उच्च छ । नविलको भने नेटवर्थ (रु.२८०)को तुलनामा मूल्य साढे २ गुणा उच्च छ ।

मैनवत्ति चार्ट विश्लेषणले अन्तिम दिनमा नबिलको सेयर मूल्यले ग्रेभ स्टोन डोजी वियरिश आकृति बनाएको छ । यसले नविलको सेयर मूल्य केही समय घट्न सक्ने संकेत गरिरहेको छ । यो बलियो संकेत भने होइन । अन्तिम दिनमा सेयरको परिणाम आधाले घटेको छ । यसले भने नविल बैंकको सेयरमा खरीद चाप घटेको देखिन्छ । नविलको सेयरलाई एक महीनाको अवधिमा ७ सय ६० मा पहिलो प्रतिरोध र घटेमा ७ सय ०८ मा पहिलो टेवा मिल्नेछ ।

नबिलको मुभिङ एभरेज रेखाहरुबीच दुरी कायम नै रहेपनि नजिकिदै छन् । आरएसआई सूचकले भने अझै पनि बैंकको सेयरमा खरीद चाप बिस्तारै बढ्दै गइरहेको देखाउछ । आरएसआइ बढ्दो क्रममा नै रहेकोले सेयर माग घटिनसकेको यसले संकेत गर्छ ।

एनआइसीको नेटवर्थ (रु.१४९) को तुलनामा सेयर मूल्य ३ गुणा उच्च छ । नविलको भने नेटवर्थ (रु.२८०)को तुलनामा मूल्य साढे २ गुणा उच्च छ ।

प्रतिसेयर आम्दानी एनआइसी एशियाको ३४ रुपैयाँ छ भने नविलको२३ रुपैयाँ मात्र छ । नविलको मूल्य आम्दानी अनुपात पछिल्लो मूल्यको आधारमा ३१ गुणा पुगिसकेको छ भने एनआइसीको १३ गुणा छ ।

मूल्य आम्दानी अनुपातले कम्पनीले कमाएको एक रुपैयाँलाई लगानीकर्ताहरुले कति तिरिरहेका छन् भनेर देखाउँछ । यो सरदर २५ को हाराहारी हुनु सही मानिन्छ । २० भन्दा कम भएमा सेयरले कम महत्व पाएको र २५ देखि ३० गुणाभन्दा माथि भए बढी महत्व पाएको संकेत गर्छ । यद्यपी एनआइसी सम्भावना भएको बैंकको रुपमा पक्कै पनि उदाइरहेको कुरा नकार्न सकिँदैन ।

नोट: सेयर बजार जोखिममा आधारित बजार हो । बजारमा लगानी गर्ने सिधा र एउटै तरिका हुँदैन् । एउटै सूचक वा विश्लेषणले बजारमा काम नगर्ने हुन्छ । कम्पनीको भविष्य मात्रै नभई उसको विगतले पनि मूल्यमा प्रभाव पार्छ । निरन्तर लाभांश दिइरहेका मात्र नभई भविष्यमा थप वृद्धिको सञ्चित कोषमा राम्रो पुँजी रहेका कम्पनी पनि लगानीको लागि उत्तम हुन्छ । सबैपक्षको अध्ययन गरेर मात्र लगानी गर्नु सही हुन्छ ।


पुष्प दुलाल