नाफाको वृद्धिदरः एनआइसी एशियाको चमत्कार, नविल कमजोर, इन्भेष्टमेन्टको घट्यो, कुन बैंकको कति ?



काठमाडौं । निक्षेपमा दिने र कर्जामा लिनेबीचको ब्याजअन्तर (स्प्रेड दर) मा खेलेर बैंकहरुको नाफा बढाएका छन् । सञ्चालनमा रहेका २८ बैंकमध्ये २५ वटाको नाफा बढेको छ भने ३ वटाको मात्रै घटेको छ ।

औषतमा वाणिज्य बैंकहरुको नाफा २२ प्रतिशतले बढेको छ । व्यवसायीको दबाबका कारण राष्ट्र बैंकले स्प्रेडको गणनाविधि परिवर्तन गरी बैंकको नाफामा अंकुश लगाउन खोजेको थियो ।

तर, बैंकहरुले घुमाउरो बाटो प्रयोग गरेर राष्ट्र बैंकको निर्देशन कार्यान्वयन गर्न आनाकानी गर्दै नाफा बढाएका छन् ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४५ अर्ब ६६ करोड ५० लाख १४ हजार रुपैयाँ नाफा गरेका छन् । गत आवको सोही अवधिमा बैंकहरुले ३७ अर्ब ५४ करोड ९ लाख ७९ हजार रुपैयाँ नाफा कमाएका थिए । गत वर्षको तुलनामा चालु आवमा बैंकहरुको नाफा २१.६४ प्रतिशतले बढेको हो ।

वाणिज्य बैंकमध्ये सबैभन्दाबढी एनआईसी एसिया बैंकको नाफा १४५ प्रतिशतले बढेको छ । त्यस्तै, मेगा बैंकको नाफा १३१ प्रतिशतले बढेको छ ।

नविल बैंकले ३ अर्ब १९ करोड नाफा कमाए पनि उसको नाफाको वृद्धिदर भने अत्यन्तै न्यून छ । एक वर्षको अवधिमा नविल बैंकको नाफाको वृद्धिदर जम्मा ३० प्रतिशत मात्रै छ ।

२५ वटा बैंकले नाफामा बृद्धि गर्दा ३ वटा बैंकको नाफामा भने कमी आएको छ । गत वर्षको चैत मसान्तको तुलनामा यो चैतमा नेपाल बैंकको नाफा १३ प्रतिशतले घटेको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको १० र सेञ्चुरी बैंकको नाफा ९ प्रतिशतले घटेको छ ।

बैंकको नाम चालु आव (रु०००) गत आव (रु०००) नाफाको वृद्धिदर % मा
माच्छापुच्छ्रे 1,240,818 854,052 45
सिटिजन्स 1,065,401 1,009,887 5
एसबीआई 1,600,647 1,379,784 16
सिद्धार्थ 1,592,922 1,380,643 15
एभरेष्ट 2,216,036 1,872,051 18
सानिमा 1,575,322 1,204,776 31
नबिल 3,191,071 3,092,766 3
स्यान्डर्ड चार्टर्ड 1,734,478 1553791 12
नेपाल 2,245,576 2,567,727 -13
सनराइज 1,226,098 942,122 30
ग्लोबल आईएमई 1,872,124 1,412,291 33
प्रभु 1,452,171 917,027 58
एनएमबी 1,651,126 1,376,632 20
एनबी 1,141,479 738,090 55
लक्ष्मी 1,029,633 861,197 20
कुमारी 1,003,289 736,318 36
मेगा 1,214,282 524,904 131
बीओके 1,204,682 930,575 29
कृषि विकास 2,212,127 1,797,198 23
हिमालयन 2,014,075 1,827,027 10
एनसिसि 1,164,030 888,019 31
इन्भेष्टमेन्ट 2,565,638 2,838,448 -10
सेन्चुरी 610,671 671,526 -9
जनता 1,023,744 637,591 61
सिभिल 493,892 335,505 47
प्राइम 1,547,905 1,178,349 31
एनआईसी एशिया 2,276,469 927,636 145
आरबीबी 3,499,308 3,085,011 13
जम्मा 45,665,014 37,540,943 22


पुष्प दुलाल