नविल, इन्भेष्टमेन्ट र एभरेष्टसहित १३ बैंकको ‘आरओई’ घट्यो, प्रभुको छलाङ, कुन बैंकको के भयो ? (सूचिसहित)



काठमाडौं । बैंकहरुले अर्बमा नाफा कमाएको भन्दै चर्को आलोचना भइरहेको छ । ऋणीसँग महंगो ब्याज लिएर बैंक मोटाएको भन्दै व्यवसायीहरुले त सडक आन्दोलन नै गरे ।

बैंकको ब्याजदर घटाउने व्यवसायीको आन्दोलनको स्वरुप फेरिएको छ । यद्यपि उनीहरु अहिले पनि आन्दोलनमै छन् । आन्दोलनको नेतृत्व नेपाल उद्योग वाणिज्य महासंघले गरेको छ ।

बैंकहरु पनि उद्योग वाणिज्य महासंघको सदस्य हुन् । महासंघ भित्र बैंकिङ कमिटिमा सामान्य छलफलसमेत नगरी बैंकविरुद्ध आन्दोलन गरेको भन्दै महासंघकै पदाधिकारीहरुको तीब्र असन्तुष्टि छ ।

२०१३ को जुलाईमा इन्ड्रस्टी एभरेजमा २१.६९ प्रतिशतले बढेको आरओई २०१८ को जुलाईमा ६.३२ प्रतिशतले घटेको छ ।

जे होस्, व्याजदर आन्दोलनले पछिल्ला केही महिना बैंकर र व्यवसायीबीचको सम्बन्ध बिग्रिँदै गएकोछ ।

व्यवसायीहरुले बैंकको ब्याजदर तोक्न सरकारलाई दबाब दिएपछि बैंकका लगानीर्का र व्यवसयाीको सम्बन्ध विग्रिएको हो । बैंकका लगानीकर्ताहरुमा पनि व्यवसायीहरु नै छन् ।

हो बैंकहरुले अर्बमा नाफा कमाएका छन् । किनभने पछिल्लो ३ वर्षमा बैंकहरुले चुक्ता पुँजी ४ गुणाले बढाएका छन् । पुँजीको आकार बढेसँगै व्यवसायको आकार पनि बढेको छ । जसकारण धेरै वाणिज्य बैंकहरुको नाफा अर्ब नाघेको हो ।

नाफा त अर्ब नघाए । तर, के बैंकहरुले लगानीकर्ताको सम्पत्ति माथि दिने प्रतिफल पनि बढाइरहेका छन् त ? अहँ छैनन् ।

पछिल्लो ५ वर्षको बैंकहरुको रिटर्न अन इक्वीटी (आरओई) हेर्ने हो भने अधिकांश बैंकको घटेको छ । आरओई भनेको लगानीकर्ताको सम्पत्ति माथि बैंकले दिने प्रतिफल हो ।

बैंकमा लगानी गर्नेहरुको प्रतिफल दिनानूदिन घटिरहेका बेला केही समूहले अर्बको अंक हेरेर बैंकको नाफामा नजर लगाएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल बताउँछन् ।

‘अर्बको अंक होइन, आरओइको अवस्था के छ भनेर हेर्नुपर्छ,’ सीइओ दाहालले क्लिकमाण्डूसँग भने, ‘आरओई नै लगानीकर्ताले पाएको प्रतिफल हो ।’

२०१३ को जुलाईमा इन्ड्रस्टी एभरेजमा २१.६९ प्रतिशतले बढेको आरओई २०१८ को जुलाईमा ६.३२ प्रतिशतले घटेको छ ।

पाँच वर्षको अवधिमा सबैभन्दा बढी आरओई एभरेष्ट बैंकको घटेको छ । सन् २०१३ को जुलाईमा ४३.८३ प्रतिशत रहेको एभरेष्ट बैंकको आरओई सन् २०१८ को जुलाईमा २१.४६ प्रतिशत मात्रै छ । यो अवधिमा बैंकको आरओइ २२.३७ प्रतिशतले घटेको छ ।

त्यस्तै, नविल बैंकको ११.९१, इन्भेष्टमेन्ट बैंकको १८.१६, स्ट्यान्डर्ड चार्टर्डको १८.२९, नेपाल बंगलादेश बैंकको १७.२६ प्रतिशतले आरओई घटेको छ ।

त्यसैगरी, बैंक अफ काठमाण्डूको ८.२२, एसबिआइ बैंकको ७.५६, सिद्धार्थ बैंकको ६.८५, सिटिजन्सको ६.०२, एनआइसी एशियाको ५.३२ प्रतिशतले आरओई घटेको छ ।

त्यस्तै, एनसीसी बैंकको २.०२, हिमालयन बैंकको ०.५६, सनराइजको १.३० प्रतिशतले घटेको छ ।

तर, यो अवधिमा प्रभु बैंकको आरओई भने चमत्कारिकरुपमा बढेको छ । प्रभुको आरओई १४.७२ प्रतिशतले बढेको छ ।

त्यस्तै माछापुच्छ्रे बैंकको ७.७९, सेञ्चुरी बैंकको ४.३७, सानिमाको ४.३१, ग्लोबल आइएमइको २.९३, जनताको १.९२, मेगाको १.४३, सिभिलको १.०३, एनएमबिको १.०४ र प्राइम बैंकको ०.७५ प्रतिशतले आरओई बढेको छ ।

Mid July 2013 Mid July 2018 Difference
Banks Networth Net Profit ROE Networth Net Profit ROE
Everest    4,827,845    1,471,118 43.83%    14,402,683    2,544,534 21.46% -22.37%
Nabil    7,663,881    2,218,762 40.75%    18,115,509    4,054,745 28.84% -11.91%
Nepal Investment    7,020,644    1,915,028 37.51%    22,305,905    3,616,248 19.35% -18.16%
Standard Chartered    4,617,574    1,217,941 35.83%    13,896,624    2,073,394 17.54% -18.29%
Nepal Bangladesh    3,573,415       778,645 27.86%    11,556,921    1,107,958 10.60% -17.26%
Nepal SBI    3,798,958       771,471 25.48%    12,766,784    1,940,164 17.92% -7.56%
Siddhartha    2,502,200       482,556 23.89%    12,737,849    1,854,800 17.04% -6.85%
BoK    3,317,055       617,090 22.86%    12,128,562    1,548,668 14.64% -8.22%
Himalayan    5,299,708       943,698 21.66%    14,200,161    2,474,590 21.10% -0.56%
Citizens    2,379,725       413,245 21.01%    10,801,329    1,408,454 14.99% -6.02%
Prime    2,951,479       477,566 19.30%    11,326,252    1,892,039 20.06% 0.75%
Nepal Credit & Commerce    2,264,168       354,828 18.58%      7,544,613    1,072,035 16.56% -2.02%
Laxmi    2,720,685       419,843 18.25%    10,747,937    1,166,342 12.17% -6.07%
NIC    4,388,176       642,136 17.14%    11,265,305    1,190,930 11.82% -5.32%
Global IME    3,230,788       449,218 16.15%    13,461,414    2,156,592 19.08% 2.93%
NMB    2,624,080       360,394 15.92%    16,301,391    1,812,965 16.96% 1.04%
Sunrise    2,451,146       311,609 14.56%    11,198,410    1,311,769 13.27% -1.30%
Sanima    2,424,031       305,061 14.40%    10,746,316    1,693,663 18.71% 4.31%
Kumari    2,656,706       291,448 12.32%    10,325,705    1,001,495 10.74% -1.58%
Janata    2,122,225       170,094 8.71%      9,727,413       934,747 10.63% 1.92%
Mega    2,452,106       177,356 7.80%    12,391,709    1,046,680 9.23% 1.43%
CIVIL    2,038,161       121,326 6.33%      9,412,907       645,011 7.36% 1.03%
Century    1,218,675        66,372 5.76%      9,521,499       875,737 10.13% 4.37%
Machapuchre    2,796,676       148,599 5.61%    10,244,411    1,210,680 13.40% 7.79%
Prabhu    2,154,081       (89,486) -3.99%    11,655,276    1,129,661 10.73% 14.72%
Industry  83,494,188  15,035,918 21.96%  308,782,886  41,763,901 15.64% -6.32%


पुष्प दुलाल