कालिमाटी तरकारी बजारमा आज : मटरकोशा प्रतिकिलो १५५ रुपैयाँ, अन्य तरकारीको मूल्य कति ?

154
Shares

काठमाडौं । कालिमाटी तरकारी थोक बजारमा आइतबार ठूलो गोलभेडा ९५ रुपैयाँ प्रतिकिलो थोकमा बिक्री भएको छ ।

यस्तै लोकल सानो गोलभेडा ५०, टनेलको सानो गोलभेडा ७०, रातो आलु ५७.६७, सेतो आलु ५३, प्याज ९३, गाजर ९५, बन्दा लोकल ५५, बन्दा तराई ४५, बन्दा नरिवल ४५, स्थानीय काउली ८५, तराई काउली ८०, ज्यापु काउली ८५, सेतो मुला २७.६७, लाम्चो भान्टा ६५, डल्लो भान्टा ८५, तने बोडी १२५, मटरकोशा १५५, घिउसिमी १०५ र टाटे सिमी ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी तिते करेला ९५, लौंका ६५, परवर लोकल ६५, परवर तराई ८५, चिचिण्डो ५५, घिरौला ८५, पाकेको फर्सी ५५, हरियो फर्सी (लाम्चो) ४०, हरियो फर्सी (डल्लो) ७५, भिण्डी ८५, बरेला १३५, स्कुस ३०, रायो साग २५, पालुङ्गो साग ९५, चमसुरको साग ९५, तोरीको साग ४५, मेथीको साग ९५, हरियो प्याज ९५, बकुल्ला १२५, तरुल ८५, कन्ये च्याउ २००, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ९५ र भेडे खुर्सानी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य