अमुल, जोनसन लगायतका ब्राण्ड बेच्ने कम्पनीले एकै वर्षमा गर्‍यो १५ अर्बको कारोबार

322
Shares

काठमाडौं । व्यापार लगातार बाढउँदै गएको युनाइटेड डिस्टीब्युटर नेपाल प्राइभेट लिमिमिटेडले नाफा पनि बढाउँदै लगेको छ। गत आर्थिक वर्षमा कम्पनीले करिब १५ अर्ब रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले छोटो अवधिमा नै उपभोग गर्नुपर्ने ‘फास्ट मुभिङ कन्जुमर गुड्स्‌’ बेच्दै आएको कम्पनीले अर्थतन्त्रमा देखिएको सुस्तताका बीच पनि व्यापार ९ प्रतिशतले बढाएको छ ।

सन् २०२३ मा १३ अर्ब ६१ करोड व्यापार गरेको कम्पनीको स्‌न २०२४ मा १४ अर्ब ७९ करोड पुगेको हो ।

कम्पनीको व्यापारसँगै नाफा समेत सुधार भएको छ । सन् २०२४ मा १४ अर्ब ७९ करोडको व्यापार गरेको कम्पनीले उक्त आम्दानीको ११.५ प्रतिशत नाफा आर्जन गरेको रेटिङ एजेन्सी इक्राले जनाएको छ ।

गत आवमा मात्रै कम्पनीले ७ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी सञ्चालन नाफा आर्जन गरेको देखिन्छ । कम्पनीको व्यापार बढाउन जोनसन, अमुल जस्ता प्रोडक्टले साथ दिएको छ ।

कम्पनीको सञ्चालन आम्दानी बढ्दै जाँदा सञ्चालन नाफाको अनुपात पनि बढेको छ । सन् २०२३ मा १३ अर्ब ६१ करोड सञ्चालन आम्दानी रहेको कम्पनीले त्यसको ९.६ प्रतिशत सञ्चालन नाफा आर्जन गरेको थियो । तर, सन् २०२४ मा आम्दानीसँगै नाफाको अनुपात पनि बढेको देखिन्छ ।

कम्पनीले सन् २०२५ मा ६ अर्ब रुपैयाँ कर्जाको लागि ‘इक्रा ए २ प्लस’ रेटिङ दिएको छ ।

बजार हिस्सा ठुलो रहेको कम्पनीको सञ्चालन आम्दानीको तुलनामा नाफा बढ्दै मात्रै गएको छैन । कूल ऋण सञ्चालन मुनाफाका १.२ गुणा मात्रै छ । कम्पनीले ६ अर्ब ऋणको लागि रेटिङ गराएको भए पनि २०२४ मा १ अर्ब ७० करोड सञ्चालन नाफा आर्जन गरेको कम्पनीको कुल ऋण उक्त नाफाको १.२ गुणा मात्रै छ । यस्तै ऋणको लागत घट्दा कम्पनीको ब्याज कभरेज अनुपात १५.७ गुणा छ ।

कम्पनीको चालपुँजीको साइकल समेत घट्दै गएको छ । कम्पनीको उधारो चक्र ६३ दिनबाट घटेर ५० दिनमा झरको छ । गत आर्थिक वर्षम कम्पनीले ६३ प्रतिशत लाभांश वितरण गरेकोले नगद प्रवाहमा केही दवाब भए पनि बलियो वित्तीय अवस्थाका कारण खासै चुनौती नरहेको जनाइएको छ । ‘फास्ट मुभिङ कन्जुमर गुड्स्‌’ मा देखिएको उच्च प्रतिस्पर्धा र कम्पनीको शीर्ष १० वितरकमा रहेको उच्च निर्भरता भने चुनौतीको रुपमा देखिन्छ ।

बढ्दो प्रतिस्पर्धाले आगामी दिनहरूमा, कम्पनीले आम्दानी वृद्धिसँगै नाफा मार्जिन कायम राख्न सक्नु, चालु पूँजीको चक्रलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सक्नु र सन्तोषजनक तरलता कायम राख्न सक्नु कम्पनीको चुनौती हुनेसक्ने देखिन्छ ।

सन् २००३ मा स्थापना भएको कम्पनी ब्रिटानिया, अमुल, जोनसन लगायतका ब्राण्डको आधिकारीक वितरक हो । कम्पनीमा विशाल ग्रुपको मुख्य लगानी छ । ५० प्रतिशत लगानी विशाल ग्रुप सम्वद्ध अनुज अग्रवाल, विवेक अग्रवाल, निकुञ्ज अग्रवाल र विशाल अग्रवालको छ । बाँकी ५० प्रतिशत लगानी अन्य १० व्यक्तिगत लगानीकर्ताको छ ।