मन्त्रिपरिषद् बैठक बस्दै,गभर्नर नियुक्ति होला ?

434
Shares

काठमाडौं । सोमबार(आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको बताइएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालय चैत २४ मा सकिएको छ । अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकेर चैत २२ मै बिदा भइसकेका छन् ।

राष्ट्र बैंक ऐन २०५८ अनुसार गभर्नर पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै नयाँ गभर्नर नियुक्त भइसक्नुपर्ने भए पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन ।

गभर्नरको नाम सिफारिस गर्न सरकारले समिति गठन गरेको भए पनि उक्त समितिले मन्त्रिरिषद्मा नाम सिफारिस भने गरेको छैन ।