३५ सय पर्ने इयरबड्स ३६० रुपैयाँमै पाइने भएपछि राति २ बजेदेखि युवाहरुको लाइन

14.4k
Shares

काठमाडौं । नेपाली एसेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलको विशेष अफरका कारण शुक्रबार बिहानैदेखि काठमाडौंको पुतलीसडकमा ठूलो संख्यामा युवा भेला भए । नयाँ वर्षको अवसर पारेर ब्रान्डले ल्याएको इयरबड्स अफरको आकर्षणमा उनीहरू राति करिब २ बजेदेखि लाइनमा बस्न थालेका हुन् ।

अल्टिमाको नयाँ आउटलेट आजबाट पुतलीसडकमा सञ्चालनमा आएको छ। उद्घाटनसँगै कम्पनीले करिब ३५ सय रुपैयाँ पर्ने इयरबड्स ३६० रुपैयाँमै उपलब्ध गराउने अफर सार्वजनिक गरेपछि युवाहरु लाइनमा बसेका हुन् । सो अफर सुरुमा पुग्ने ८२ जना ग्राहकका लागि दिने कम्पनीले जनाएको थियो । इयरबड्स लिन सयौं युवाहरू बिहानैदेखि पुतलीसडकमा जम्मा भएका थिए।

भीडमा भाषा कक्षा, तयारी कक्षा र विभिन्न कलेजका विद्यार्थीहरू देखिएका छन् । अत्यधिक भीडका कारण सडकमा ट्राफिक व्यवस्थापनमा समेत समस्या उत्पन्न भएको थियो ।