नेप्सेमा १३.९५ अंकको गिरावट, १९८ कम्पनीको सेयर मूल्य घट्यो

0
Shares

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.९५ अंकले घटेर २७१२.५४ बिन्दुमा खुम्चिएको छ ।

यसअघिका छ कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।

बुधबार सेयर बजारमा कुल ५ अर्ब १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार भने नेप्सेमा कुल ६ अर्ब ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएकामध्ये ७० कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।