आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

2.4k
Shares

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको हो ।

सोमबार छापावाल सुनको मूल्य १ लाख ७३ हजार ८०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

आइतबार सुन १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ। आइतबार तोलामा १८०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार १८३० रुपैयाँ कायम भएको छ ।