किसानलाई बजारसँग जोड्नुपर्छ, कोरोनाले खाद्य संकट निम्त्याउन सक्छ: तुलसीराम गौतम



अहिले विश्वव्यापीरुपमै कोरोना भाइरसको महामारीले समस्या सिर्जना गरेको छ । मानवीय स्वास्थ्यसँगै आर्थिक क्षेत्रमा पनि ठूलो असर पर्ने देखिएको छ ।

कोरोना भाइरसको महामारीले यतिबेलासम्म पर्यटन, यातायात क्षेत्रमा असर पारिसकेको छ भने लोनमा ट्याक्सी लिएर चलाउनेहरुको हकमा पनि असर पारेको छ ।

त्यसबाहेक फलफूल व्यवसायमा पनि असर पारेको छ भने फोल्ट्री फार्ममा पनि असर पारेको छ । विशेषगरी खाद्यान्नमा ठूलो असर पारेको छ ।

त्यसबाहेक अन्य क्षेत्रमा विस्तारै असर पार्ने हो ।

समग्रमा केही क्षेत्रमा त्यति ठूलो असर नपार्ने क्षेत्र पनि देखिएको छ भने कतिपय क्षेत्रमा नराम्रो असर पारिसकेको छ ।
जस्तै होटलमा मान्छे आउँदैनन्, खाद्यान्न नष्ट हुने अवस्था छ भने विमान कम्पनीमा पनि बन्द हुँदा प्रत्यक्ष असर पारेको छ ।
बैंकमा लोन लिएर सञ्चालन गर्नेहरुको हकमा ठूलो असर छ ।

वित्तीय क्षेत्रमा पनि असर परेको छ । यो एउटा क्वाटरमा मात्रै परेको हो । सरसरती हेर्दा ७० प्रतिशत लोन उठ्न सकेको छैन । किस्तान नआउने कारण एउटा कारण त मिनाह पनि हो र अर्को कारण कतिपयले तिर्न पनि सकेका छैनन् ।

अब यसले वितरणयोग्य नाफामा असर पार्छ । ब्याज नआउने तर खर्च भइरहने हुन्छ । विद्युत, पानी, भाडा र पारिश्रमिकलगायतको सञ्चालक खर्च त रोकिने कुरा भएन ।

अब यसमा राष्ट्र बैंक तथा सरकारको हिसाबले एक प्रकारको राहत प्याकेज त आइसकेको छ । तर अब यो लामो समयसम्म गइरहने भएकाले त्यतिले मात्रै पुग्दैन ।

अब यो यत्तिकैमा रोकियो भने त्यत्ति ठूलो असर नपर्ला तर रोकिएन भने ठूलो असर पार्छ ।

अब लकडाउन कति थप्ने भन्ने कुरा अझै स्पष्ट आइसकेको छैन । अहिलेको समस्या रिकभर पनि होला । तर केही क्षेत्रमा रिकभर हुन समस्या हुने भने देखिन्छ ।

जस्तै अहिले २० प्रतिशत लगानी र ८० प्रतिशत लोनमा भएका उद्योगमा समस्या देखिन्छ । नयाँ खुलेका उद्योगले पनि उत्पादन शुरु गरिसके पनि आम्दानी त छैन ।

अब यसले अवसरकारुपमा भन्दा पनि पाठ सिक्ने विषयमा हो । यसको दीर्घकालीन असर पर्छ । जसमा खाद्यान्नमा देखिन्छ ।

अहिले पनि हामीकहाँ २ अर्ब रुपैयाँभन्दा बढीको आयात भइरहेको देखिन्छ । भोलिका दिनमा जहाँबाट आउने हो त्यहाँ पनि समस्या हुने देखिन्छ । त्यही नै समस्या भयो भने हामीकहाँ आउँदैन । र, त्यसले नेपालमा ठूलो असर पार्ने निश्चित छ ।

खाद्य सुरक्षाको हिसाबले चुनौती छ । त्यसबाहेक कैयन युवाहरु विदेशमा काम गरिरहेका थिए । उनीहरु पनि नेपाल फर्कने भन्ने छ । उनीहरुलाई पनि यही कृषि क्षेत्रमा आबद्ध गराउनु पर्ने चुनौती छ ।

अहिले नै लकडाउनका कारणले तरकारीको भाउ बढेको छ । अभाव पनि शुरु हुने अवस्था छ ।

यस्तो अवस्थामा किसानलाई बजारसँग जोड्न सकियो भने राम्रो हुन्छ । किसानले बजारमा चले अनुसारको मूल्य पाउनुपर्छ । बिचौलिया भयो भने महंगी बढ्छ ।

बैंकको हकमा वितरणयोग्य नाफा घाटामै त नजाला । तर अहिले हेर्दा ७० प्रतिशत लोनको पैसा उठेको छैन । र, यो असारसम्म पनि उठ्न सकेन भने समस्या देखिन्छ ।

हाम्रो बैंकको कुरा गर्दा पनि पैसा उठेको छैन । हाम्रौ बैंकको मात्रै पनि अरु बैंकको अवस्था जस्तै हो । यो अवस्थामा कुनै पनि बैंकले दबाब दिएर उठाउन सक्ने अवस्था छैन । बैंक अनुसार केही प्रतिशत तलमाथि हुने हो तर समस्या छ ।

यद्यपि आजका दिनको समस्याले त्यत्ति ठूलो असर पर्छ भन्ने पनि होइन ।

अब ग्रामीण क्षेत्रमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । मानिसलाई रोजगारी नै भएन भने त समस्या आइहाल्छ । उद्योग धन्दा चलाउन पनि र कृषि उत्पादन बढाउने विषयमा पनि श्रमिक चाहिन्छ ।

जस्तै भूकम्पको समयमा पनि ठूलो घाटा भएको हो । मानवीय क्षति पनि भएको हो । आर्थिक हिसाबले पनि घाटा भएको हो ।
अब यसको दीर्घकालीन असर ठूलो हुन्छ । श्रम बजार नै समस्यामा पर्नसक्छ । अप्ठ्यारो पर्छ नै तर ५/७ दिन मात्रै लकडाउनको समय थपेर सामान्य अवस्थामा ल्याउन सकिन्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल