लकडाउनको असरलाई अवसरमा परिणत गरौं: विष्णुप्रसाद ज्ञवालीको लेख



कोरोना भाइरस ( कोभिड १९) को संक्रमणवाट विश्वका सजैजसो देशहरु ठप्प छन् । जिउ ज्यानको रक्षा गर्ने देखि आर्थिक महामारीको सिर्जना भईरहेको छ । यसको फैलिने गति रोकिएको छैन । नेपालले पनि कोभिड १९ संग जुध्न २०७६ चैत्र ११ गतेदेखि देशभर लकडाउन गरेको छ ।

यस लकडाउनमा नर्सरी सहित सवै तहको पढाई, परीक्षा तथा शैक्षिक गतिविधिहरु ठप्प भएका छन् । यस्तो अवस्थामा अभिभावक, विद्यार्थीहरु चिन्तित छन् । महत्वपूर्ण मानिने परीक्षा एसईई पनि रोकिएकोले, केन्द्रमा पुगेका विद्यार्थीहरु पनि फर्किसकेका छन् । कतै भविश्यको चिन्ता छ, कतै नियन्त्रण वाहिर गएर स्थिती भयाभह हुने होकि भन्ने डर छ । अव त भोकमरीको समेत खतरा वढदै जाने हो कि, कालो वजारी, महङ्गी र भ्रष्टाचार वृद्दि हुने हो कि भन्ने शंका उठिरहेको छ ।

स्वभाविक रुपले चैत्रमा कक्षा १ देखि ९ का विद्यार्थीहरुको वार्षिक परीक्षा सञ्चालन हुने समय हो । त्यो भईसकेको छ । कपी परीक्षण पनि सकिइसकेको छ । केहि विद्यालयहरुले आफ्नो वेवसाइटमा/अनलाईनवाटै नतिजा प्रकाशन गरीसकेकाछन् ।

त्यसैले कक्षा १ देखि ९ सम्म अध्ययनरत विद्यार्थीको दृष्टिकोणमा चैत्र महिनाको लकडाउनले नयाँ पाठ्यपुस्तक किन्न वाहेक अरुमा खासै असर गरेको छैन । बैशाख १५ सम्म भर्ना अभियान सहित विद्यार्थीको नाम दर्ता, नयाँ भर्ना तथा पुस्तक वितरण, रुटिङ व्यवस्थापन, सेक्सन वाँडफाड गर्ने बेला हो । यहाँसम्मको असरलाई वर्पे विदावाट समायोजन गर्न सक्ने अवस्था छ । यसले खासै असर पारेको छैन भन्ने कुरा हामी हाम्रा विद्यार्थी र अभिभावकलाई विश्वस्त पार्न सक्छौ । यो वेलाको सवै अभिभावकसंग अनुभव छ , वुझिरहनु पनि भएको छ, यो समय अरु वर्षहरुमा पनि विद्यार्थीहरुले घरमा वसेरै विताउथे र विद्यालयको शुल्क समेत तिर्थे ।

सरकारी विद्यालयमा अत्यन्तै न्यून वर्गका छोराछोरीहरु जो मजदुरी गरेर, ढुंगा ईट्टा वालुवा संग लडेर, सन्तानको भविष्य आफ्नो आँखामा राखेर काम गरी पढाउनेहरु छन् भने कोहि अत्यन्त वुद्धिजिवी, पढेलेखेका, सार्वजनीक उच्च पद हासिल गरेका व्यक्तिहरुका छोराछोरीहरु समेत अध्ययन गर्दछन् । यी दुवै थरी अभिभावकहरुको छोराछोरीलाई गुणस्तरीय शिक्षा प्रदानमा यो सत्रमा कमि नहुने कुरामा विश्वस्त वनाउन एउटा नयाँ रुपरेखा, योजनाका साथ अगाडी वढ्नुपर्ने वाध्यता छ । यस महामारीको घडीलाई हामी शिक्षकले अवसरमा परिवर्तन गर्न सक्नुपर्दछ । जसका लागि केहि वुदाहरु प्रस्तुत गर्न सकिन्छ ।

१. कार्यथलो स्वस्थ राख्ने अवसर

काम गर्ने ठाँउलाई कार्यथलो भनिन्छ । काम गर्ने ठाँउ तनाव रहित हुनुपर्दछ । लामो समयदेखि विभिन्न कामले थिचिएको मानसिकता परिवर्तन गर्ने अवसर प्राप्त भएको छ ।  शिक्षक र विद्यार्थी दुवैका लागि तयार गरी ूस्वस्थ कार्यथलो, समृद्ध विद्यालयू भन्ने कार्यनिती तयार गरी विद्यार्थीहरु विद्यालयमा आउदा खुसीले आफ्नो घर विर्सीएर पढ्न सक्ने वातावरण श्रृजना गर्न महामारीको त्रासलाई विर्सन सक्ने वातावरण तयार गर्न , विद्यालय प्रमुखलाई पर्ने दवावलाई नयाँ तरीकावाट अवसरमा परिणत गर्न र सवै प्रकारका नीजि, काम चलाउ, राहत, अस्थाई, स्थायी शिक्षकमा यो मेरो÷हाम्रो विद्यालय हो भन्ने संगठनात्मक सदस्यता प्राप्त गरेको अनुभुति दिलाउन अपनाउनु पर्ने क्रियाकलाप खोजी गरी कार्यथलोमा देखिने केही अस्वस्थ गतिविधीलाई हटाइ स्वच्छ राख्ने अवसर यसले जुटाएको छ ।

२. अझ वढि शुशासन कायम गर्ने अवसर

शुसासन देख्ने भन्दा पनि अनुभुति गर्ने विषय हो । विद्यालय प्रशासनले कक्षाकोठालाई स्वच्छ, सक्षम, भेदभावरहित, पारदर्शी, भ्रस्टाचारमुक्त, जनउत्तरदायी, जवाफदेहि एवं सहभागितामूलक वनाउदै गुणस्तरीय शिक्षामा सवैका लागि समान र सहज पहँुच सुनिश्चित गर्नुलाई विद्यालय शुशासन भनिन्छ । विद्यालयमा शुसासनको महत्व अतिनै धेरै रहेको छ । यसले कानुनी राज्यको पालना र विधीको शासनको स्थापना गर्न, वञ्चितिकरणमा परेकालाई मुलप्रभाहिकरणमा ल्याउन, आपसी मित्रता र विश्वास आर्जन गर्न, सहकार्य र साझेदारी संस्कृतिको विकास गर्न सकिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार;

-निर्णय प्रकृयामा वृहत सहभागितालाई प्रोत्साहन गर्ने ।
-व्यापक सहभागितामा आधारीत भएर निर्णयमा पुग्न प्रयत्न गर्ने ।
-निर्णय प्रकृयामा सवै खालका जाँचबुझका लागि खुल्ला रहने ।
-सरल, सहज र सुलभ ढ्रंगले कार्यलाई प्रभावकारी र कुशलतापूर्वक प्रवाह गर्ने ।
-कुनै क्षेत्रलाई वञ्चित नगर्र्ने जस्ता वातावरण श्रृजना गर्ने अवसर प्राप्त भएको छ ।

३. विद्यालयलाई थप सूचनामूलक वनाउने अवसर
विद्यालयको प्राङ्गणमा जाँदा शिक्षा ऐन, नियमावलीअनुसार अभिभावकको आचारसंहिता, विद्यालय वडापत्र, कक्षाकोठामा विद्यार्थीको आचारसंहिता, शिक्षकको कार्यालय कक्षमा शिक्षकको आचारसंहिता, प्रधानाध्यापकको कार्यकक्षमा वि.व्य.स र प्र.अ. को काम, कर्तव्यहरु टाँसिएकोहोस् ।

कम्तिमा पाँच वर्षको कक्षा १, ५,८, एसईई र १२ को नतिजाको औषत उपलव्धी र विद्यालयको औषत उपलव्धी टाँस गर्ने , विद्यार्थी संख्याको स्तम्भ चित्र, शिक्षक कर्मचारीको फोटो सहितको विवरण, जसमा नामथर, ठेगाना, तह, श्रेणी, जन्ममिति, नियुक्ति मिति (अस्थाइ, स्थाइ, वढुवा), ना.प. प. नं, अ.अ.प.नं, योग्यता (तल्लो, उपल्लो), मुल विषय, सम्पर्क नं, ६० वर्प पुग्ने उमेर र कैफियत सहितको सूचना प्रदर्शन गर्ने साथै विद्यालयवाट उपल्लो तहमा डाक्टर, इन्जिनियर, पाइलट, कुशल प्रशासक भएकाहरुको लिष्ट प्रकासन गर्ने, हालसम्मको वि.व्य.स, शि.अ.संघ र सल्लाहकार को अवधी सहितको नामावली टाँस गर्ने जस्ता सूचनामूलक वनाउने अवसर प्रदान गरेको छ ।

४. अनिवार्य कार्यविभाजन तथा क्षतिपूर्ति सहितको विद्यालय वडापत्र तयार गर्ने अवसर

विद्यालयका शैक्षिक, आर्थिक लगायतका गतिविधीहरु एउटा कुनावाट, झ्यालवाट आफूलाई मन परेको, राजनीति मिलेको, नातावाद, कृपावाद, आस्थावाद, भनसुनवाद, तथा जात मिलेको, भौगोलिकता मिलेकोवाट सञ्चालन गर्नुहुदैन । चाहे त्यो नीजि विद्यालय होस् वा सरकारी विद्यालय ।

निजी विद्यालय पनि कम्पनि ऐन अनुसार स्थापना भएको हुन्छ । व्यवसायको मालिक र व्यवसाय फरक हुन् भन्ने विश्वव्यापी कानुनी अवधारणा छ । जसका लागि अनिवार्य रुपमा सवैलाई अतिरिक्त क्रियाकलाप, प्रशासनको गतिविधीमा सहयोग गर्न आवश्यक संयोजक, उपसंयोजक सहितको कार्यविभाजन गर्ने, यसमा क्षमता, शिक्षकको ईच्छाअनुसार तयार गर्ने तथा कुन काम, कुन शिक्षकवाट कति समयभित्र विद्यालयवाट प्रदान गर्न सकिन्छ जस्तै सिफारिस, चारीत्रिक प्रमाणपत्र, लगायतका अन्य कामको लागि तोकिएको समयमा विद्यालयको तर्फवाट सेवा दिन नसके क्षतिपूर्ति सहितको विद्यालय वडापत्र निर्माण गर्ने अवसर छ ।

५. पेशागत नैतिकता अझ वढि कायम गर्ने अवसर

जुन पेशाका लागि नियुक्त गरिएको हो, उसले त्यो काम पहिलो प्राथमिकतामा राखेर गर्नुपर्दछ । विज्ञान पढाउनेले विज्ञान, गणित पढाउनेले गणित, प्रशासनमा सहयोग गर्नेले सहयोग । तर यदाकदा सामुदायीक विद्यालयमा सरको अफिसमा काम छ भनेर कक्षाहरु खाली हुने गरेको देखिन्छ । जसले गर्दा विद्यार्थीहरुमा सिक्ने वातावरणमा असर पर्दछ । अर्कोतर्फ काम गर्ने वहानामा शिक्षकले पढाउने, वुझाउने कमी गर्छ ।

अनावश्यक लोड थपिनाले विद्यार्थीले सोध्दा झर्किने, रिसाउने, कुट्ने सम्मका गतिविधी वढ्न सक्छ । कतिपय अवस्थामा त विद्यार्थीहरुले सरले आज हिसाव वुझाउनुभएन, हिसाव विगार्नुभयो जस्ता टसलहरु सुनिन आउछन् । जो संग जे क्षमता छ त्यसलाई तेहि जिम्मेवारी र जे काम गर्न आएको हो, त्यहि काम गर्नु नै पेशागत नैतिकता हो, धर्म हो । सहि तथ्यांकको लागि, स्टोरको लागि , निर्णय लेखनको लागि सहि व्यक्ति छनौट गरी पेशागत नैतिकता अझ वढी कायम गर्ने अवसर यसले प्रदान गरेको छ ।

६. काम गर्ने दौरानमा भएका त्रुटिलाई अवसरमा परीवर्तन गर्ने अवसर

केहि नगरे गल्ति हुदैन, जव केहि गरिन्छ तव गल्ती हुन्छ । गल्ती सुधार्न सक्ने कुरा हो । गल्ती नजानेर वा नियतपूर्वक छलकपट गर्नको लागि पनि गरिन्छ । आफ्नो सोचाई, वुझाई, तथा क्षमताले नभ्याएर गल्ती हुन्छ भने कहिलेकाहि काम गर्दा आफूले विश्वास गरेको पात्र , सहयोगीहरुको मतिभ्रस्ट , वढी विश्वास, धुर्त, कम चरित्रवान्, तथा निहित स्वार्थको लागि वढी विश्वास दिलाउन प्रयास गर्दा नि गल्ती हुन जान्छ । यस्ता सहयोगीहरुले नजिकको देख्न नसक्ने चश्मा पहिराइदिन्छन् र आफूहरुले भरिपूर्ण रुपमा श्रोतको गलत प्रयोग गर्दछन् । यस्ता गल्तीको टिपोट तयार गरी नदोहोर्याउने वातावरण श्रृजना गर्ने अवसर छ ।

७. तथ्यांकमा फेरवदल नगरी सही तथ्यांक प्रस्तुत गर्ने अवसर

कतिपय विद्यालयमा राखेका तथ्यांकहरु राम्रो देखाउनकै लागि फेरवदल समेत गर्ने गरेको सुन्नमा आउँछ । विद्यार्थी संख्या वढी देखाउने, शिक्षकले मास्टर्स, एम.फिल जस्ता तहहरुमा भर्ना हुने वित्तिकै योग्यतामा पास नगर्दै उल्लेख गर्ने, आफूले नपढेको विषय पढाउने र योग्यतामा त्यसको समेत विवरण लेखिदिने, विरामी विदा हाजिरी रजिष्टरमा लिने तर घर वनाउन विदेश घुम्न उक्त विरामी विदा प्रयोग गर्ने, विरामी विदाको रेकर्डमा पुरै सार्ने, प्रमाणित गर्नेले हाजिरी रजिष्टर नहेरी प्रमाणित गर्ने, विद्यालयको औषत उपलव्धि वढाउने, राष्ट्रिय , क्षेत्रिय स्तरको गोष्ठिमा एउटा विषयको औषत अर्कोमा राख्ने, आएको औषत भन्दा कमि वा वढी प्रस्तुत गरी विद्यालयको नेतृत्ववाटै तथ्यांक ढाट्ने, जस्ता गतिविधी यदाकदा सुनिन्छन् । त्यस्तो कुराको प्रमाणित गरी तालुक कार्यालयले कार्वाहि गर्नुपर्दछ । न्एब् ल्याउने विद्यार्थीहरुको संख्या पत्रपत्रिकामा गलत छाप्ने जस्ता कार्यहरु हुन सक्छन् । जसलाई रोकि सहि तथ्यांक प्रस्तुत गर्ने अवसर छ ।

८. परिवर्तित पाठ्यक्रमको अध्ययन गर्ने अवसर

शिक्षकले हालै परिवर्तित पाठ्यक्रम प्रारुप २०७६ लगायत नयाँ कोर्षको भ्(ीष्दचबचथवाट पाठ्यक्रम, पाठ्यभार, ग्रिडको गहन अध्ययन गर्ने र प्रश्नपत्र निर्माणमा समेट अपडेट रहनुपर्ने अवसर प्राप्त भएको छ । शिक्षकको वरीपरी विद्यार्थी हैन, विद्यार्थीको वरीपरी शिक्षक हुनुपर्दछ जसको सम्भवना अध्ययनले पूरा गर्दछ ।

९. विद्यालय लेखामा अझ सुधार गर्ने अवसर

हृन त पूजीगत खर्चको प्रभावकारीता, प्रशाासनको दक्षताा हो । पैसा भन्ने कुरा त्यसतो हो, जति भए पनि बराबर हृन्छ । यता खर्च गर्यो, उता खर्च गर्यो । नभइ नहृनेमा झन खर्च गर्नै पर्ने हुृन्छ । तर राम्रो देखाउन, कलर देखाउन, नया कार्पेट किन्न भन्दा फेर्न, टाल टुलमा विद्यार्थीहरुवाट उठाएको पैसा प्रयोग नगरी विवेकात्मक सिद्दान्त अनुसार वचतमा राखदिनृ पर्दछ । वार्षिकोत्सव, सभा, समारोहहरु, विदाइमा, अतिथी, सत्कारमा भएको खर्चको वास्तविकताको मूल्यांङ्गन गरी खर्च कमी ल्याउन कोशिस गर्नृ पर्दछ ।

कतिपय सामृदायिक विघालयमा ४/४ महिनामा आय व्यय प्रस्तुत नहुने एकैपटक अडिटरले मिलाइदिनु पर्ने, भएको अडिट रिपोर्ट वि.व्य.स.मा प्रस्तुत नगर्ने, निकासाको शीर्षकहरु पनि भन्न नसकेपछि खर्च के मा गर्ने ? साथै कहिलेकाहि भेण्डरहरुको भुक्तानीमा उनिहरुको गुनासोको सत्य तथ्य वुझ्ने र यसलाइ सुधार गर्ने अवसर लकडाउनवाट मिलेको छ ।

१०.सम्वन्ध अझ प्रगाढ वनाउने अवसर

पैसा भन्दा सम्वन्ध ठूलो हो । सवैलाइ थाहा छ, पैसा विना केहि चल्दैन तर नि यो लकडाउनमा तालुक कार्यालयका आदरणिय व्यक्तिहरुसंग, अभिभावक, शिक्षक, विद्यार्थी र घरपरीवारसंग रमाउन योजना वनाउने, एकले अर्कोलाई फोन, मेसेञ्जर वाट वुझ्न र सम्वन्ध राम्रो वनाउन अवसर प्रदान गरेको छ ।

११. सिक्न वाकी रहेका कुरा सिक्ने अवसर

संसारमा कोही पनि जान्दै नजान्ने र कोहि पनि जानेर निर्पूण हुदैन । प्रकृति भन्दा माथि कोहि पनि रहेनछ ।उसले चाहेको वेला हामी मात्र होईन विश्वनै ठप्प हुदोरहेछ । यो वेलामा आफूले सिक्न वाँकी कुरा सिक्ने अवसर प्राप्त भएको छ । सिक्ने कुरा शिक्षक –शिक्षकमा, शिक्षक– विद्यार्थीमा, प्रधानाध्यापकसंग, अभिभावकसंग, सवैसँग मिल्छ । नसिके सधैका लागि नजान्ने र सिके एकैछिनका लागि नजान्ने भईन्छ भन्ने सिद्धान्तमा रहि सिक्न वाँकि कुराहरु सिक्ने अवसर प्रदान गरेको छ ।

१२. मनोवैज्ञानीक कमजोरीलाई वलियो वनाउने अवसर

कतिपय अवस्थामा मनोवैज्ञानीक रुपमा आफू कमजोर, नजान्ने हुन्छु कि भनेर शिक्षकले निजी वा सामुदायीक विद्यालयमा आफ्नो सहि योग्यता नभन्ने, लुकाउने, आफूभन्दा सिनियर तल छ भने विभिन्न विवरणमा, तलवि भरपाईमा तह मात्र लेख्ने श्रेणी तृतीय, द्धितीय, प्रथम नलेख्ने गरेको पाईन्छ । निमित्त प्रधानाध्यापकहरु प्रशस्त छन्, उनीहरुले नेमप्लेटमा निमित्त नलेख्नु, तालुक कार्यालयमा पठाइने चिठ्ठीपत्रमा , चारीत्रिक प्रमाणपत्रजस्ता कुरामा निमित्त नलेख्नुसार्वजनिक पदको गम्भिर त्रुटि भएको पाईन्छ । केहि नहुँदासम्म ठीक छ, कानुनले खोजी गर्दा अप्ठ्यारो नै पर्दछ । त्यसैले वास्तविकता वताउदा घटिदैन वरु यसले मनोवैज्ञानीक कमजोरीलाई वलियो वनाउने अवसर प्रदान गरेको छ ।

१३. विभिन्न किसिमका एप्सहरु मार्फत भर्चुअल कक्षा संचालन गर्ने अवसर

यो वेला वेवसाईट, अनलाईन, फेसवुक, ट्विटर, जुम, ई लाईवे्ररी प्रयोग गर्ने विभिन्न एप्सहरु विकास भएका छन् । ति एप्सहरु प्रयोग गर्ने, जुम नामक एप्सवाट छलफल चलाउने अवसर जुटेको छ । हजार माईलको यात्रा पनि पहिलो पाईलावाट शुरु हुन्छ । त्यसैले यिनीहरुको प्रभावकारीता कम छ, समय खेर गईरहेको छ भन्नेतिर लाग्नुभन्दा पनि यो पहिलोपटकको प्रयास , पहिलो पाईलालाई सवैतिरवाट सकेसम्म धेरै विद्यार्थीलाई संलग्न गरी संचालन गर्ने र आगामी दिनमा यसको कमजोरी हटाई अगाडी वढ्न प्रेरीत हुने अवसर प्रदान गरेको छ ।

अत : यसरी यो लकडाउनलाई विद्यालयका शिक्षकहरुले अल्पकालीन, मध्यकालीन र दीर्घकालिन दुरदृष्टि सहितको श्रोत र साधनको सहि सदुपयोग गरी तत्काल संख्यामा भन्दापनि गुणस्तरमा ध्यान राखी दिगो विकासमा अर्को पुस्तालाई असर नपर्ने गरी विद्यालयमा योजना निर्माण गर्न सकिन्छ । विद्यालयमा निर्माण गरिने योजनाले ‘हिजोको शिक्षा, आजको ईच्छा र भोलीको प्रतिक्षा’ लाई पूरा गर्न सक्नुपर्दछ ।

विद्यालय राजनीतिवाद, जातीवाद, नातावाद, कृपावाद, भनसुनवाद, जस्ता प्रदुषणवाट मुक्त विद्यालय आजको आवश्यकता हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ माथिल्लो निकाय हो । श्रोत व्यवस्थापन र पठनपाठनको वारेमा मूल्यांकन गरी राख्नुपनि यिनीहरुको कर्तव्य हो । यी समितिलाई पनि शिक्षा ऐन, नियमावली, खरिद ऐनको अध्ययन गर्ने अवसर लकडाउनले जुटाईदिएको छ । अतः लकडाउनलाई एक अवसरको रुपमा परिणत गरौं ।

(स्रोत : विभिन्न विद्यालयमा अडिट गर्दा, योजना निर्माणमा देखिएका,भोगेका, अरुले सुनाएको गुनासोको संकलन गरी तयार गरिएको)

ज्ञवाली ज्ञानोदय मावि वाफल, काठमाण्डौका शिक्षक हुन् ।


क्लिकमान्डु