
काँक्रेविहार (सुर्खेत) । जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर आज साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।
प्रथम पटक ८ बजेर ७ मिनेटमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिए ।
त्यसैगरी दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ८ बजेर १० मिनेटमा ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उनले बताए ।
प्रतिक्रिया