
एजेन्सी । इरानले लेबननमा इजरायलको आक्रमण जारी रहेपछि हर्मुज जलयोजक बन्द गरेको बताएको छ । युद्ध नरोकिएसम्म अमेरिकासँगको आफ्नो अन्तरिम सम्झौताका लागि स्विट्जरल्याण्डमा हुने वार्ताले खासै प्रगति गर्ने सम्भावना नरहेको इरानले चेतावनी दिएको छ ।
त्यसको केही समयपछि इरानको सरकारी प्रसारण माध्यमले शुक्रबारको ढिलाइपछि वार्ता टोली स्विट्जरल्याण्डतर्फ प्रस्थान गरेको जानकारी दिएको छ ।
युद्धविराम सम्झौताका रिपोर्टहरूका बाबजुद लेबननमा लडाइँ जारी रहेकै समयमा यी घटनाक्रमहरू विकसित भएका हुन् ।
मुख्य मध्यस्थकर्ता पाकिस्तानले आइतबार कतारी मध्यस्थकर्ताहरूसहित प्राविधिक स्तरको वार्ता सुरु हुने बताएको छ जबकि अमेरिकाले जलयोजकका बारेमा इरानको दाबीलाई अस्वीकार गर्दै जहाजहरूको आवतजावत जारी रहेको बताएको छ ।
इरानको संयुक्त सैन्य कमान्डले युद्ध अन्त्य गर्न असफल भएर अमेरिकाले आफ्नो प्रतिबद्धताको स्पष्ट उल्लंघन गरेकाले जलयोजक बन्द गरिएको बताएको छ ।सबै मोर्चाहरूमा लडाइँ रोक्नु अन्तरिम सम्झौताको उद्देश्य हो ।
सरकारी सञ्चारमाध्यमका अनुसार, इरानी टोलीमा संसद्का सभामुख मोहम्मद बागेर गालिबाफ, विदेशमन्त्री अब्बास अराक्ची र केन्द्रीय बैंक तथा तेल अधिकारीहरू लगायत अन्य व्यक्तिहरू रहेका छन् । सम्झौतामा इरानको रोक्का गरिएको सम्पत्ति फुकुवा गर्नुपर्ने शर्त राखिएको छ ।
अमेरिकाले इरानको घोषणालाई अस्वीकार गरेको छ । ‘इरानले हर्मुज जलयोजक नियन्त्रण गर्दैन । यातायात सुचारु छ र अमेरिकी सेनाले यो अवस्था कायम रहोस् भन्ने सुनिश्चित गर्न स्थितिको अनुगमन गरिरहेको छ,’ अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले भने ।
सेनाका अनुसार, शनिबार ५५ वटा व्यापारिक जहाजहरूले १ करोड ७० लाख ब्यारल भन्दा बढी तेल बोकेर सो क्षेत्र पार गरेका थिए ।
इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले प्रमुख प्रतिबद्धताहरू पूरा भएपछि मात्र अन्तिम सम्झौताका लागि वार्ता सुरु हुने बताए । ती प्रतिबद्धता पूरा भएनन् भने सम्पूर्ण समझदारी पत्र नै संकटमा पर्ने उनको भनाइ छ ।
अमेरिकाका उपराष्ट्रपति जेडी भ्यान्सले शीर्ष वार्ताकारहरू ज्यारेड कुश्नर र स्टिभ विटकफ स्विट्जरल्यान्डमा रहेको र इरानको आणविक कार्यक्रममा अपेक्षित वार्ताको प्राविधिक विवरणहरूमा काम गरिरहेको बताए ।
अन्तरिम सम्झौताले वार्ताकारहरूलाई आणविक सम्झौतामा पुग्न ६० दिनको समय दिएको छ यद्यपि यसलाई थप गर्न सकिन्छ । भ्यान्सले फक्स न्युजलाई बताएअनुसार उनी आगामी केही दिनमा स्विट्जरल्यान्ड प्रस्थान गर्ने तयारीमा छन् ।






प्रतिक्रिया