लक्ष्मी ल्युब आयलको ‘ग्यारेज चौतारी’ अभियान: देशभरका ग्यारेज समुदायलाई जोड्दै


काठमाडौं । लक्ष्मी ल्युब आयल प्रालिले देशभरका ग्यारेज व्यवसायी र मेकानिकहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्ने उद्देश्यले ‘ग्यारेज चौतारी’ अभियान सञ्चालन गरिरहेको छ ।

नेपाली समाजको परम्परागत पिपल चौतारीको अवधारणालाई आधुनिक स्वरूप दिँदै कम्पनीले अटोमोबाइिल क्षेत्रमा आबद्ध व्यक्तिहरूबीच अनुभव, ज्ञान र व्यावसायिक अवसरहरूबारे छलफल गर्ने वातावरण सिर्जना गरेको हो ।

यस अभियान अन्तर्गत कम्पनीले देशका विभिन्न स्थानमा १० भन्दा बढी कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिसकेको छ ।

मे महिनामा जनकपुरको ओम अटो पार्ट, बुटवलको विजय अटो वर्कसप, टिकापुरको सेती मोटरसाइकल वर्कसप, पोखराका निहाल अटो र थ्री ब्रदर्स अटो इन्जिनियरिङ तथा काठमाडौंको प्रकाश न्यु जेनेरेसनमा यो कार्यक्रम सम्पन्न भएको थियो ।

त्यसैगरी, जुन महिनामा पोखराको क्रिस्टिना एस अटो पार्ट्स र एड्भान्स अटो वर्कसप, नुवाकोटको पञ्चकन्या स्पेयर पार्ट्स र काठमाडौँको पुतलीसडकस्थित पीएम अटो मोबाइल्समा कार्यक्रम आयोजना गरिएको थियो ।

यी कार्यक्रमहरूमा ग्यारेज सञ्चालक तथा मेकानिकहरूसँग प्रत्यक्ष अन्तर्क्रिया, प्राविधिक जानकारीको आदान–प्रदान र व्यावसायिक अनुभव साझेदारी जस्ता गतिविधिहरू सञ्चालन भइरहेका छन् ।

लक्ष्मी ल्युब आयलले यसलाई केवल एक पटकको कार्यक्रम मात्र नभई देशभरका अटोमोबाइिल व्यवसायीहरूलाई जोड्ने दीर्घकालीन अभियानको रूपमा अघि बढाएको जनाएको छ । कम्पनीले आगामी दिनमा नेपालका हरेक सहर, गाउँ र टोलसम्म ‘ग्यारेज चौतारी’ पुर्‍याउने लक्ष्य लिएको छ ।

नेपालमा ‘टोटल इनर्जीज’ लुब्रिकेन्ट्सको आधिकारिक वितरक लक्ष्मी ल्युब आयलले विश्वस्तरीय लुब्रिकेन्ट र उत्कृष्ट सेवामार्फत अटोमोबाइिल, औद्योगिक र कृषि क्षेत्रका ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।