सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

2k
Shares

फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको छ ।

निलम्वित सांसदसमेत रहेका पूर्वगृह मन्त्री रास्वपा सभापति लामिछानेलाई अदालतले शुक्रबार थुनामा पठाउने आदेश दिएको हो ।

उच्च अदालत तुलसीपुरका बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।

जिल्ला अदालत रुपन्देहीले बुटवलको सुप्रिम सहकारी ठगीमा मुद्दामा १ करोड रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत आदेश बदर गर्दै थुनामा पठाउने आदेश दिएको हो ।

रवि लामिछानेसँगै पूर्वडिआईजी छविलाल जोशीलाई पनि थुनामा पठाउने आदेश दिएको हो । उच्च अदालत तुलसीपुरको सोही इजलासले शुक्रबार जोशीलाई पनि थुनामा पठाउने आदेश दिएको छ । यसअघि जिल्ला अदालत रुपन्देहीले छविलाल जोशीलाई भने थुनामा नै पठाउन आदेश दिएकोमा अदालतले सोही आदेशलाई निरन्तरता दिएको हो ।