लकडाउन अगाडिको अर्थतन्त्रः रेमिटेन्स बृद्धिदर सुस्त, शोधानान्तर बचतमा



काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह वृद्धिदर अघिल्लो वर्षको भन्दा घटेको छ ।

नेपाल राष्ट्र बैंकद्धारा सार्वजनिक चालु आर्थिक वर्ष २०७६/७७ को ८ महिनामा मुलुकको आर्थिक तथा वित्तीय स्थिति अनुसार विदेशमा काम गर्ने नेपाली विदेशबाट ५ खर्ब ९२ अर्ब रुपैयाँ रेमिटेन्स वापत भित्रिएको छ ।

राष्ट्र बैंकको अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण० लिने नेपालीको संख्या २४.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६।६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४।६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय १.४ प्रतिशतले वृद्धि भई रु।६७१ अर्ब ८९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २२।९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा चालु खाता घाटा १ खर्ब २४ अर्ब ९३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९१ अर्ब ४९ करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको आठ महिनामा १ अर्ब ६८ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १० करोड रहेको छ । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१५ अर्ब ६१ करोड रहेको छ ।अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब ५६ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.६ अर्ब ६६ करोड रहेको थियो ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति .३७ अर्ब ८४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ५८ अर्ब ९९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको आठ महिनासम्ममा ५१ करोड ७० लाखलेघाटामा रहेकोमा समीक्षा अवधिमा ३३ करोड १२ लाखले बचतमा रहेको छ ।

२०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले बृद्धि भई २०७६ फागुन मसान्तमा रु.११३६ अर्ब ५१ करोड  बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ फागुन मसान्तमा ९ अर्ब ६० करोड पुगेको छ ।


क्लिकमान्डु