हाम्रा योद्दा अर्थमन्त्रीः न कान सुन्छन्, न आँखा देख्छन्, न त कुरा नै बुझ्छन्
नेपालीमा एउटा चर्चित उखान नै छ, ‘भित्ताका पनि कान हुन्छन् । सुन्छ । त्यसैले नचाहिँदो कुरा बोल्नुहुन्न ।’
त्यसैले कुनै पनि असल मान्छेले बोल्नुभन्दा पहिला यो कुराको बिचार गर्छ । र, हमेशा झुट बोल्दैन ।
खराब मान्छेहरुको त कुरै छाडौं । उनीहरु त पैसाका लागि देउता नै बेचिदिन्छन् । र, पैसाले इज्जत किन्ने हरसम्भव प्रयास गरिरहेका हुन्छन् सँधै ।
पछिल्लो उदाहारण हुन् शंकर ग्रुपका सुलभ अग्रवाल । जो देश रोइरहेको बेला जनताको आँशुमा पैसा देखे । र, सरकारी अधिकारीसँग सेटिङ मिलाएर चीनबाट आफूले मात्रै कोरोना नियन्त्रणका सामग्री ल्याए । अनि कालोबजारी गरेर मालामाल पैसा कमाउन लागि परे ।
व्यवसाय चल्दा दुहुनो गाईबाट दुध दोएझैं कर असूल्ने अर्थमन्त्रीले व्यवसाय बन्दहुँदा अर्थात् गाई थारो हुँदा घाँस हाल्नु पर्दैन ?
अर्बौं सम्पत्तिका मालिक अग्रवाल करोड कमाउन कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परे । अहिले हिरासतको चिसो छिँडीमा नाफाघाटा जोडघटाउ गरेर बसिरहेका छन् ।
कोरोनाले देश र जनता आक्रान्त बनेका बेला हाम्रा शासकहरु मेडिकल इक्विपमेन्ट किन्नका लागि कमिसनका पछि लिगलिगे शैलीमा दौडिए । मानवीयता बेच्दै विवादास्पद ओम्नी समूहलाई सामान किन्ने ठेक्का सेटिङमा मिलाइदिए ।
ठोस प्रमाण त छैन । तर करोडौं कमिसन कुम्ल्याएको भन्दै आलोचना हुँदा प्रधानमन्त्री लगाएर त्यसको डिफेन्स गरे ।
कि त हाम्रा अर्थमन्त्री खतिवडा झापाबाट कोलमा पेलेर ल्याएको शुद्ध तोरीको तेल कानमा हालेर बैशाखको घाम ताप्दै मन्त्री क्वाटरको छतमा लमतन्न सुतेर सेल्फ क्वारेन्टाइन मनाइरहेका छन् । कि त झापाबाट ल्याएको शुद्ध गाईको ध्यूको धुप हालेर बालुवाटारमा रहेका ओलीश्वर महादेवको जयजयकार गरिरहेका छन् । त्यो पनि होइन भने उनको हृदय चट्टानले बनेको छ । त्यसैले न गल्न सक्छ । न त रसाउँछ नै । यदि त्यस्तो गरेर समय नकटाएको त झन्डै ४ दशक देशको आर्थिक क्षेत्रमा सक्रिय रहेका र अर्थतन्त्रकै विषयमा विद्यावारिधी गरेका खतिवडाको विद्धता र अनुभवसहितको भूमिका देखिनुपर्ने हो ।
अख्तियारले छानविन गर्नुपर्ने र अदालतले फैसला गर्नुपर्ने मुद्दालाई प्रधानमन्त्रीले बालुवाटारबाट फैसला सुनाइदिए । किनभने यो दुइतिहाइको सरकार भएकाले प्रधानमन्त्रीभन्दा ठूलो अरु कुनैपनि निकाय हुँदैनन् ।
राष्टट्रपतिज्यूलाई हामी जनताको रगत र पसिनाले स्थापना गरेको नेपाल सरकारलाई निजीकरण गरेर मेरो सरकार बनाउने छुट छ ।
सत्तामा बस्नेहरु यस्तैयस्तै चक्करमा रुमलिइरहेका छन् । जनताको जीवनस्तर दिनानुदिन कमजोर बन्दै गइरहेको छ ।
जब-जब देशमा संकट आउँछ । तब-तब जनताले सरकार खोज्छन् । अरुबेला त जनताहरु रातदिन आफ्ना पाखुरा बजार्छन् । दिमाग घुमाउँछन् । मिहेनत गर्छन् । र, हातमुख जोड्छन् ।
सामान्य अवस्थामा सरकारले गरिदिन्छ भनेर बस्नु पनि हुँदैन । यदि कोही त्यसरी बस्छ भने त्यो मान्छेले गरी खाँदैन । कि त ऊ सरकारको प्रतिरक्षामा उत्रिने अरिंगाल हो कि त मन्त्री र नेताहरुको हनुमान ।
शान्तिसुरक्षा भएन भने जनताले गृहमन्त्री सम्झिन्छन् । गरिबीले चाप्यो र दैनिक हातमुख जोड्न समस्या भयो भने अर्थमन्त्री ।
वाम सरकारको मध्यम वर्ग सेक्ने कर प्रणाली, अमेरिकामा भन्दाबढी कर तिर्दा सुविधा पाइँदैन
प्रधानमन्त्रीलाई त सबैले सम्झिने भइहाले । त्यसमाथि पनि हाम्रा प्रधानमन्त्रीका जोक, चुट्किला, उखानटुक्का र आफ्ना विरोधीलाई तीखो व्यंग्यबाँड त चाहेर पनि विर्सन सकिँदैन ।
बेरोजगारीको व्यवस्थापन कोरोना भाइरसको व्यवस्थापनभन्दा धेरै जटिल हुनसक्छ ।
कोरोना भाइरस फैलिन नदिन सरकारले ०७६ चैत ११ गतेदेखि देशलाई लकडाउन गरेको छ । लकडाउनका कारण देश ठप्प छ । ९५ प्रतिशत उद्योग कलकारखानाहरु बन्द छन् ।
कुनैपनि उद्योगी व्यवसायीले उद्योग व्यवसाय स्थापना गर्दा सबै आफ्नो पैसा लगाएको हुँदैन । आफ्नो केही बिऊ पुँजी हाल्छन् । र, बैंकबाट ऋण लिएर लगानी गर्छन् ।
उद्योग व्यवसायमा लगानी बैंकले गर्ने हो । त्यसका मालिकले त आइडिया निकालेर जोखिम मोलेको मात्रै हुन्छ ।
यसरी उद्योगी व्यवसायीले जोखिम मालिदिँदा रोजगारी सिर्जना हुन्छ । राज्यलाई कर प्राप्त हुन्छ । त्यही करबाट राज्य चलेको हुन्छ । संसारको नियमनै यही हो । र, अर्थतन्त्रको व्यवहारिक सिद्दान्त पनि ।
त्यसैले त सम्पन्न र सभ्य देशमा उद्योगी व्यवसायीको ठूलो मानसम्मान हुन्छ ।
सरकारले भन्दा बढी निजी क्षेत्रले रोजगारी सिर्जना गरेको हुन्छ । यदि निजी क्षेत्रले रोजगारी सिर्जना नगर्दो हो त जस्तोसुकै शक्तिशली देशले पनि बेरोजगारको व्यवस्थापन गर्न सक्दैन । बेरोजगारीको व्यवस्थापन कोरोना भाइरसको व्यवस्थापनभन्दा धेरै जटिल हुनसक्छ ।
उद्योगीले म डुब्ने भएँ भन्दै चित्कार गरिरहेका छन् । स्वरोजगार र नवउद्यमी मृत्यूशैयामा छट्पटाउँदै अर्थमन्त्रीज्यू मलाई बचाउनोस् भनिरहेको छ । कामदारहरु जागिर जाने भयो, भोकै मरिने भैयो भन्दै चिच्याइरहेका छन् । सबैको चिच्याहटले धर्ती गुञ्जिरहेको छ । तर हाम्रा योद्धा अर्थमन्त्री डा. युवराज खतिवडा न आँखा देख्छन्, न कान सुन्छन् । न त जनताको पीडाको भाव नै बुझ्छन् ।
त्यसैले बुझेका शासकले उद्योग व्यवसायलाई मर्न दिँदैनन् । उद्योग व्यवसाय जोगाउनका लागि जस्तोसुकै निर्णय लिन्छन् ।
कोराना कहरकै बीच चीन, अमेरिका, भारतलयतका देशले उद्योग व्यवसाय बचाउन खर्बौंका आर्थिक प्याकेजहरु ल्याइसकेका छन् ।
नेपालको निजी क्षेत्रले १८/२० लाख जनालाई रोजगारी सिर्जना गरेको दाबी गरेको छ । उद्योगी व्यवसायी डुबे भने लाखौंले रोजगारी गुमाउँछन् । एक जनाको परिवार ४ जनाको हुन्छ भनेर हिसाब गर्ने हो भने ८० लाख मान्छेहरु प्रभावित हुन्छन् ।
त्यसबाहेक रोजगारीका लागि भारत गएका लाखौं नेपाल फर्किएका छन् । त्यसबाहेक वैदेशिक रोजगारीमा गएकाहरु २० लाखौं नेपाल आउने सम्भावना छन् । र, अधिकांश विदेश फर्किने अवस्था छैन ।
यसरी हेर्दा देशमा ३० देखि ४० लाख मान्छेहरुले रोजगारी गुमाउने खतरा छ । जसबाट देशको १ करोडभन्दा बढी जनसंख्या प्रत्यक्षरुपमा प्रभावित हुने देखिन्छ ।
उद्योगीले म डुब्ने भएँ भन्दै चित्कार गरिरहेका छन् । स्वरोजगार र नवउद्यमी मृत्यूशैयामा छट्पटाउँदै अर्थमन्त्रीज्यू मलाई बचाउनोस् भनिरहेको छ । कामदारहरु जागिर जाने भयो, भोकै मरिने भैयो भन्दै चिच्याइरहेका छन् ।
सबैको चिच्याहटले धर्ती गुञ्जिरहेको छ । यसको व्यवस्थापन सरकारले गर्ने हो । अर्थमन्त्रीले त्यसको अग्रसरता लिनुपर्ने हो । तर हाम्रा योद्धा अर्थमन्त्री डा. युवराज खतिवडा न आँखा देख्छन्, न कान सुन्छन् । न त जनताको पीडाको भाव नै बुझ्छन् ।
राहत माग्न जाने उद्योगी व्यवसायीलाई सरकार छ । तपाईहरु चिन्ता नगर्नुहोस् भनेर ढाडस दिएर पठाउनु पर्नेमा देशको ढुकुटीमा पैसा छैन । देश संकटमा छ भन्दै उल्टै सहयोग माग्छन् । व्यवसायीहरु आफ्नो घरमा थाली थापेर भीख माग्न आएको जस्तो व्यवहार गर्छन् । तपाईले पढेको पीएचडीमा त्यस्तै लेखिएको थियो र अर्थमन्त्रीज्यू ?
हाम्रा अर्थमन्त्री खतिवडा झापाबाट कोलमा पेलेर ल्याएको शुद्ध तोरीको तेल कानमा हालेर बैशाखको घाम ताप्दै मन्त्री क्वाटरको छतमा लमतन्न सुतेर सेल्फ क्वारेन्टाइन मनाइरहेका छन् ।
कि त झापाबाट ल्याएको शुद्ध गाईको ध्यूको धुप हालेर बालुवाटारमा रहेका ओलीश्वर महादेवको जयजयकार गरिरहेका छन् । यदि त्यो पनि होइन भने उनको हृदय चट्टानले बनेको छ । त्यसैले न गल्न सक्छ । न त रसाउँछ नै ।
यदि त्यस्तो गरेर समय नकटाएको भए त झन्डै ४ दशक देशको आर्थिक क्षेत्रमा सक्रिय रहेका र अर्थतन्त्रकै विषयमा विद्यावारिधी गरेका खतिवडाको विद्धता र अनुभवसहितको भूमिका देखिनुपर्ने हो ।
चैतको लकडाउनले उद्योग व्यवसायलाई अस्पताल भर्ना गरिदियो । बैशाखको लकडाउनले आइसीयुमा पुर्याउँदैछ । र, जेठमा पनि समस्या भयो भने कोमामा पुग्छन् ।
यो देशमा १ लाख रुपैयाँ लगानी गरेर स्वरोजगार बन्नेदेखि अर्बौं लगानी गरेर हजारौंलाई रोजगारी सिर्जना गर्ने ठूला उद्योगी व्यवसायीहरु छन् ।
व्यवसाय चल्दा दुहुनो गाईबाट दुध दोएझैं कर असूल्ने अर्थमन्त्रीले व्यवसाय बन्दहुँदा अर्थात् गाई थारो हुँदा घाँस हाल्नु पर्दैन ?
युद्ध मोर्चामा लुकेर बस्ने योद्दा कमान्डरको भजन गाएर उसका नजरमा राम्रो बन्न त सक्ला । तर, जनताका नजरमा असक्षम र लाचार शिवाय अरु केही बन्न सक्दैन ।
त्यसो त लकडाउनकै बीच अर्थमन्त्रीले राहत प्याकेजको घोषणा गर्दै भने- घरबेटीले घरभाडा नलिनू, इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई छुट दिनु, बैंकले ब्याजदरमा छुट दिनु, स्कुल कलेजले विद्यार्थीसँग शुल्क नलिनु, उद्योगी व्यवसायीले कामदारलाई तलब दिनु ।
सबैकुरा अरुले नै दिनुपर्ने भए सरकार किन चाहियो ? अर्थतन्त्रको व्यवस्थापन गर्न अर्थमन्त्री किन चाहियो ?
मन्त्रीसँग ३ वटा कुरा चाहिन्छ ।
पहिलो मन र मस्तिस्क (इच्छाशक्ति र विवेक), दोस्रो, हिम्मत (ह्याउ), तेस्रो आँखा र कान (हेर्न र सुन्न सुन्नसक्ने क्षमता) ।
मन्त्रीसँग हुनुपर्ने ३ वटा गुणमध्ये हाम्रा अर्थमन्त्रीमा एउटा पनि गुण देखेको छैन जगतले ।
यदि मन र विवेक थियो भने यतिखेरसम्म त्यसको अनुभूति जनताले गर्न पाइसकेका हुने थिए । आफ्ना संयन्त्रहरु प्रयोग गरेर आर्थिक क्षेत्रका लागि राहत प्याकेज ल्याइसकेका हुनेथिए ।
किनभने अर्थमन्त्रीसँग प्रधानमन्त्री कन्भिन्स गर्ने तागत छ । प्रधानमन्त्री ओलीले आफ्नो पद नै दाउमा राखेर खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिएको तातो रापले नेकपाभित्र अहिले पनि चिटचिट पसिना निकालिरहेको छ ।
दुई साताअघि राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि अर्थमन्त्रीले भनेको कुरा प्रधानमन्त्रीले मानेको अर्को सबूत प्रमाण पनि हामी सामू छ ।
अर्थमन्त्री सक्रिय हुन्थे भने सबैभन्दा पहिला प्राविधिक टिमले कोरोनापछिको आवश्यकता मूल्यांकन गर्न गरिरहेको हुनुपर्ने हो । यसरी विज्ञहरुको मूल्यांकनका आधारमा पहिलो, दोस्रो र तेस्रो चरणमा गरेर राहत र आर्थिक उत्थानका प्याकेजहरु ल्याउनुपर्ने हो ।
अर्थमन्त्रीले भनेको कुरा प्रधानमन्त्रीले मान्छन् । तर, हाम्रा अर्थमन्त्री आफ्नो पद बचाउने कुरा र आफ्ना नजिकका मान्छेहरुलाई नियुक्ति दिने कुरा मात्रै प्रधानमन्त्रीलाई भन्छन् ।
जनतालाई दुखबाट उकास्ने ठोस योजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत नै गर्दैनन् । किनभने जनताको सेवा गर्दा त्यसबाट न आफ्नो पद जोखिन्छ । न निकटस्थलाई नियुक्ति मिल्छ । न त जनताहरु ज्वाइँ नै हुन् ।
कतिपय अवस्थामा प्रधानमन्त्रीले नमान्दा नमान्दै पनि अर्थमन्त्रीले लगानीकर्ताको सुरक्षाका लागि लड्नुपर्छ । उद्यम व्यवसाय गर्नेहरुलाई अल्पकालीन र दीर्घकालीन प्याकेज ल्याएर बचाउने हिम्मत गर्नुपर्छ ।
तर, हाम्रा अर्थमन्त्री निजी क्षेत्रलाई दिने सहुलियत आफ्नै खल्तीबाट दिनेजस्तो गर्छन् । र, उद्योगी व्यवसायीले घरखेत बेचेर उद्योग चलाउनुपर्छ जस्तो भाव व्यक्त गर्छन् ।
तपाईले पढेको पीएचडीमा त्यस्तै लेखिएको थियो र अर्थमन्त्रीज्यू ?
राहत माग्न जाने उद्योगी व्यवसायीलाई सरकार छ । तपाईहरु चिन्ता नगर्नुहोस् भनेर ढाडस दिएर पठाउनु पर्नेमा देशको ढुकुटीमा पैसा छैन । देश संकटमा छ भन्दै उल्टै सहयोग माग्छन् ।
देशको ढुकुटीमा पैसा छैन भनेर तर्किन खोज्नु भनेको लाचारीपना हो । स्मरण रहोस्, कुनैपनि देश ढुकुटीभरी पैसा थन्क्याएर बसेका हुँदैनन् । यदि कोही ढुकुटीमा पैसा थन्क्याएर बस्छ भने त्यो मूर्ख हो । राज्यसँग ढुकुटी भर्ने अनेकौं स्रोत छन् ।
व्यवसायीहरु आफ्नो घरमा थाली थापेर भीख माग्न आएको जस्तो व्यवहार गर्छन् । छुट र राहत माग्न आउने उद्योगी व्यवसायीको योगदान देशका लागि तपाईको भन्दा धेरै छ अर्थमन्त्रीज्यू ।
उनीहरुले तिरेको करबाट तपाई गाडी चढिरहनु भएको छ । तलबभत्ता खाइरहनुभएको छ ।
उद्योगी व्यवसायी, अर्थशास्त्री र विज्ञहरुले दिएका सुझावहरु सुन्दैनन् । बुझ्दैनन् ।
देशको ढुकुटीमा पैसा छैन भनेर तर्किन खोज्नु भनेको लाचारीपना हो । स्मरण रहोस्, कुनैपनि देश ढुकुटीभरी पैसा थन्क्याएर बसेका हुँदैनन् । यदि कोही ढुकुटीमा पैसा थन्क्याएर बस्छ भने त्यो मूर्ख हो ।
राज्यसँग ढुकुटी भर्ने अनेकौं स्रोत छन् । तर हाम्रा मन्त्रीहरु आफ्नो भूँडी भर्ने स्रोत देख्छन् । ढुकुटीमा जम्मा गर्ने स्रोत देख्दैनन् ।
अर्थमन्त्री सक्रिय हुन्थे भने सबैभन्दा पहिला प्राविधिक टिमले कोरोनापछिको आवश्यकता मूल्यांकन गर्न गरिरहेको हुनुपर्ने हो । यसरी विज्ञहरुको मूल्यांकनका आधारमा पहिलो, दोस्रो र तेस्रो चरणमा गरेर राहत र आर्थिक उत्थानका प्याकेजहरु ल्याउनुपर्ने हो ।
किन आवश्यक छ ?
जीडीपीको ६० प्रतिशत सेवा क्षेत्रले ओगट्छ । त्यसमा पनि खुद्रा तथा होलसेल व्यापारको १५ प्रतिशत, यातायात र सञ्चार क्षेत्र ८ प्रतिशत, रियल स्टेटको १२ प्रतिशत छ । यी सबैमा संकुचन आउँदा आर्थिक वृद्धिदर घट्ने छ ।
भोलिका दिनमा चुनाव लडेर जित्र्नुपर्छ भन्ने नेता आएर जनताको पीर मर्का सुनेर, बुझेर उपयुक्त निर्णय लिनसक्ने एकसय एक नेता छन् नेकपाभित्र ।
अहिले सेवा क्षेत्र सबैभन्दा बढी प्रभवित भएको छ । रेमिट्यान्स बन्द हुने अवस्थामा पुगिसक्यो । रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई ठूलो प्रभाव पर्छ । पर्यटन, ट्राभल, मनोरञ्जन, टान्सपोर्ट क्षेत्र पनि बन्द छ । झन्डै २ खर्ब बैंकको ऋण यो क्षेत्रमा छ ।
१८ लाख नेपाली दैनिक ज्यालादारीमा काम गर्छन् । जसले विगत १ महिनादेखि काम गर्न पाएका छैनन् ।
वैदेशिक रोजगारीमा रहेका लाखौं जनता देश फर्किएका छन् । लकडाउन खुलेपछि अझै फर्किनेवाला छन् । उनीहरुलाई रोजगारीमा लगाउनु पर्यो । कतिपयलाई राहत पनि दिनुपर्यो ।
स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने धेरै कामहरु छन् । कृषिलाई रिभाइज गर्नुपर्यो । प्याकेजको रुपमा खर्च गर्न सकिने झन्डै दर्जन क्षेत्रहरु छन् ।
बैंकको ब्याजदर घटाइदिनु पर्यो । उद्यमी व्यवसायीलाई करमा सहुलियत र छुट दिनुपर्यो । कर्जाको पुनर्तालिकीकरण गर्नुपर्यो ।
स्रोत कसरी जुटाउने ?
आर्थिक वर्षको ९ महिना बित्दासम्म जम्मा २५/२६ प्रतिशत मात्रै विकास खर्च भएको छ ।
पहिलो कुरा खर्च गर्न नसकेका आयोजनाबाट रकमान्तर गरेर अर्बौं रकम जुटाउन सकिन्छ । त्यतिमात्रै होइन, स्रोत जुटाउने इच्छाशक्ति राख्ने हो भने हाम्रो देशसँग पर्याप्त वित्तीय ठाउँ (फिस्कल स्पेश) छ ।
चालू आर्थिक वर्षमा उठाउने भनिएको १ खर्ब १९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन बाँकी नै छ । आन्तरिक ऋण उठाएर पनि स्रोत जुटाउन सकिन्छ ।
त्यतिमात्रै होइन गत वर्षको राजश्वको ५ प्रतिशतसम्म ओभरड्राफ्ट लिन सकिन्छ । र, विदेशी दाृत निकायहरुबाट पनि सहयोग लिन सकिन्छ । संसद विकास कोषको अर्बौ रकम तान्न सकिन्छ ।
र अन्त्यमा
यसरी स्रोत खोज्दै जाने हो भने कोरोना प्रभावितलाई उकास्न ५ खर्ब रुपैयाँसम्म जुटाउन सकिन्छ ।
तर, त्यसका लागि अर्थमन्त्रीले आँखा देख्नुपर्छ । कान सुन्नुपर्छ । र, अरुको कुरा सुन्ने धैयर्ता राख्न सक्नुपर्छ ।
यदि यी कुनैपनि काम गर्न सकिँदैन भने मैले सकिँन भनेर हात उठाउने हिम्मत राख्नुपर्छ ।
भोलिका दिनमा चुनाव लडेर जित्र्नुपर्छ भन्ने नेता आएर जनताको पीर मर्का सुनेर, बुझेर उपयुक्त निर्णय लिनसक्ने एकसय एक नेता छन् नेकपाभित्र ।
अर्थमन्त्रीमा निरन्तरता पाएपछि मन्त्रालयमा पदबहाली गर्दै अर्थमन्त्री खतिवडाले भनेका थिए, ‘म अर्थनन्त्रको हितमा, गरिबी न्यूनिकरणमा लड्ने एउटा योद्दा हुँ । जबसम्म कमान्डरले फिर्ता बोलाउँदैन वा युद्ध जितिँदैन तबसम्म योद्दा लडिनै रहन्छ ।’
युद्ध मोर्चामा लुकेर बस्ने योद्दा कमान्डरको भजन गाएर उसका नजरमा राम्रो बन्न त सक्ला । तर, जनताका नजरमा असक्षम र लाचार शिवाय अरु केही बन्न सक्दैन ।