रास्वपाको समानुपातिक सांसद बनेपछि लिमा अधिकारीले निफ्राबाट दिइन् राजीनामा

238
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी नवनिर्वाचत सांसद लिमा अधिकारी आचार्यले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्यबाट राजीनामा दिएकी छन् । रास्वपा कोषाध्यक्षसमेत रहेकी उनी समानुपातिक सांसाद बनेपछि बैंक छोडेकी हुन् ।

लिमाको स्थानमा अनिता रायमाझी नियुक्त भएकी छिन् ।

सर्वसाधारण समूहको प्रतिनिधित्व गर्दै सञ्चालक रहेकी आचार्यले व्यक्तिगत कारण देखाउँदै पदमा रही कार्य गर्न असमर्थता जनाएर राजीनामा दिएको बैंकले जनाएको छ । बैंकको आइतबार बिहान ८:३० बजे बसेको १७८औं सञ्चालक समितिको बैठकले उनको राजीनामा आजकै मितिदेखि लागू हुने गरी स्वीकृत गरेको छ ।