स्वदेश फर्कनुअघि अयोध्या पुगे लामिछाने

126
Shares

काठमाडौं । ५ दिने भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने अयोध्या गएका छन् ।

उनले स्वदेश फर्कनुअघि अयोध्या पुगेर राम मन्दिर दर्शन गरेका हुन् ।

लामिछाने पत्नी निकिता, पार्टी सहमहामन्त्री विपिन कुमार आचार्य, प्रनिनिधि सभा सदस्य दीपक बोहोरासहित अयोध्या पुगेका हुन् ।

भ्रमण पूरा गरी लामिछाने आज स्वदेश फर्कँदैछन् ।