‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने जगदम्बा सिमेन्ट र स्टीलका मालिक राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रित



काठमाडौं । आमालाई संकट पर्दा उनको हेरचार गर्नुको साटो थैलीबाट पैसा चोर्ने छोरो नालायक मात्रै होइन, कुपुत्र हो ।

देश भनेको पनि आमा हो । देश संकटमा परेको बेला सहयोग गर्नु हामी नागरिकको दायित्व हो ।

त्यसमा पनि हुनेखाने र अर्बौंका मालिकसँग यस्तो बेलामा देश र जनताले आश गरेका हुन्छन् । विश्वकै धनाड्यहरु बिल गेट्स, अलिबाबा, रतन टाटाहरुले देश र मानव जातिलाई कोरोनासँग लड्न अर्बौ सहयोग गरेर उदारता देखाइसकेका छन् ।

थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

तर, वार्षिक ५० अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने र अर्बौ कमाउने नेपालको एक ठूलो व्यावसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई कोरोनाले देश आक्रान्त भएको बेला कालोबजारी गरेको तथ्यसहित प्रमाणसहित प्रहरीले पक्राउ गरेको छ ।

आमालाई संकट पर्दा सहयोग गर्नुको साटो उल्टै आमाको थैलीबाट पैसा झिकेजस्तै घटना हो यो।

उद्योगीहरुको छाता संगठन नेपाल उद्योग परिसंघका उपाध्यक्ष पनि हुन् शुलभ अग्रवाल । यो घटना सार्वजनिक भएसँगै समग्र निजी क्षेत्रको शिर लज्जित भएको छ ।

शंकर ग्रुप अन्तर्गतको कम्पनी जगदम्बा स्टिलले लोडसेडिङको बेला लिएको डेडिकेटेट लाइन अन्तर्गतको २ अर्ब ६५ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । तत्कालिन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई अनुचित लाभ दिएर डेडिकेटेट फिडर जडान गरेका थिए । जतिबेला जनताहरु १६ घण्टाको लोडसेडिङ थियो त्यो बेला शुलभको कम्पनीले विजुली पाएको थियो ।

शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिलको विज्ञापनमा हरेक पटक भनिएको हुन्थ्यो ‘जगदम्बा स्टिल राष्ट्र निर्माणमा समर्पित’ ।  जगदम्बा स्टिल राष्ट्र निर्माणमा समर्पित भनेर विज्ञापन गर्ने शंकर ग्रुपले भने देश नै संकटमा परेको बेला उल्टो राष्ट्र लुट्नमा केन्द्रीत छ ।

कोरोना संकटको कारण अहिले लकडाउनको अवस्था छ । देशभरका उद्योग व्यवसायहरु बन्द छन् । यसले प्रभाव नपारेको कुनै क्षेत्र नै छैन । अझ भनौं देशको अवस्था तहसनहस भएको छ । सर्वसाधारणका घरमा चुल्हो निभ्न थालिसकेको छ ।

यस्तो अवस्थामा निकै ठूलो भनिएको व्यवसायिक घराना शंकर ग्रुपले कोरोना भाइरसलाई कमाउने अवसरका रुपमा लिनु खेदजनक छ ।

शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल कालोबजारीको आरोपमा प्रकाउ भएपछि व्यवसायिक वृत्त अचम्ममा पर्यो । कारण थियो ग्रुपको कारोबार नै वर्षमा झन्डै १ खर्ब थियो । वर्षमा अर्बै नाफा कमाउँथे । अपुग्दो केही थिएन ।

किन कालोबजारी गर्नुपरेको होला ? एक माडवारी व्यवसायी भन्छन्, ‘उहाँहरुको नियत नै यस्तै हो । विगतका दृष्टान्तहरुले पनि त्यसको पुष्टि गर्छ ।’

जगदम्बा स्टीललाई केही वर्षअघि सरकारले कवाडी कच्चापदार्थ प्रयोग गरेर गुणस्तरहिन स्टील उत्पादन गरेको भन्दै कारबाही पनि गरेको थियो । यो ग्रुप नक्कली भ्याटबिल प्रकरणमा पनि राम्रैसँग विवादमा मुछिएको थियो ।

कोरोना भाइरसको संक्रमणको परीक्षणका क्रममा ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको सूचना प्रहरीलाई पुगेको थियो । प्रहरीले आफै नै ग्राहक बनेर अग्रवालसँग कुरा गरेको थियो । सो सामान बिक्री गर्ने भएपछि अग्रवाल कुटनीतिज्ञले प्रयोग गर्ने गाडीमा आएका थिए । त्यसपछि प्रहरीले उनलाई प्रकाउ गरेको हो ।

अग्रवालको साथबाट ६६ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको छ । उनले ५ हजार रुपैयाँ मूल्यकोको गनलाई १५ हजार रुपैयाँमा बेच्न खोजेका थिए ।

नेपालको सिमेन्ट र फलामे डण्डी उद्योगमा ग्रुप पायोनियर नै मानिन्छ । तर, पछिल्लो समय भने ग्रुप विवाद छ ।

शंकर ग्रुप अन्तर्गतको कम्पनी जगदम्बा स्टिलले लोडसेडिङको बेला लिएको डेडिकेटेट लाइन अन्तर्गतको २ अर्ब ६५ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । यो ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल हुन् ।

कोरोनाको संक्रमणको बेला कालोबजारी गर्ने सुलभ अग्रवालको कम्पनी जगदम्बा स्टिलले तत्कालिन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई अनुचित लाभ दिएर डेडिकेटेट फिडर जडान गरेका थिए । जतिबेला जनताहरु १६ घण्टाको लोडसेडिङ थियो त्यो बेला शुलभको कम्पनीले विजुली पाएको थियो ।

कुलमान घिसिङले सो बक्यौता उठाउन खोजे । सो अनुसार प्राधिकरणले उद्योगमा बिल समेत पठायो । सर्बोच्च अदालतले प्राधिकरणले तोकेअनुसारको महशुल उठाउन भनेपनि सरकारले गरेको हस्तक्षेपको कारण प्राधिकरणले बक्यौता उठाउन सकेको छैन ।

प्राधिकरणका अनुसार सबैभन्दा ठूलो बक्यौता शंकर ग्रुपको छ । जुन जगदम्बा स्टिलको छ । स्टिल व्यवसायमा जगदम्बा स्टिलले सबैभन्दा बढी हिस्सा नेपालमा ओगट्ने गर्छ । जुन फाइदा उद्योगले लोडसेडिङ हुने समयमा प्राधिकरणका तत्कालिन नेतृत्वलाई अनुचित दवाव दिएर पाएको विजुलीको कारण सम्भव भएको हो ।

धेरै उद्योगी व्यवसायीहरु यतिखेर देशलाई आर्थिक तथा अन्य सहयोग गर्न अहोरात्र खटेका छन् । तर, शंकर ग्रुपका मालिक भने कालोबजारी गरेर पैसा कमाउन सक्रिय भएको घटनाले निजी क्षेत्रको शाख गिरेको छ ।

जगदम्बा स्टीललाई केही वर्षअघि सरकारले कवाडी कच्चापदार्थ प्रयोग गरेर गुणस्तरहिन स्टील उत्पादन गरेको भन्दै कारबाही पनि गरेको थियो ।

शंकर ग्रुपले मेडिकल आपूर्तिको क्षेत्रमा काम नगरेपनि कोरोना भाइरसको समयमा कमाउने अवसर देख्यो ।

केही दिनअघि नेपालका व्यवसायीहरुले किनेको मेडिकल सामाग्री लिन नेपाल एयरलाइन्सको जहाज चीन गएको थियो । त्यो बेला शंकर ग्रुपले पनि सामाग्री ल्याएको थियो ।

‘कोरोनाको संकटमा अनुभव नभएपनि सहज आपूर्तिको लागि मेडिकल सामाग्री ल्याउनु गलत थिएन,तर संकटको समयमा गलत नियत राखेर बढी नाफा खाने काम ग्रुपले गर्यो,’ शंकर ग्रुपको बारेमा जानकार एक व्यवसायीले भने ।

त्यतिमात्रै होइन, यो ग्रुप नक्कली भ्याटबिल प्रकरणमा पनि राम्रैसँग विवादमा मुछिएको थियो । यसको अर्थ के हो शंकर ग्रुपको नियतमै खोट छ ।

धेरै उद्योगी व्यवसायीहरु यतिखेर देशलाई आर्थिक तथा अन्य सहयोग गर्न अहोरात्र खटेका छन् । तर, शंकर ग्रुपका मालिक भने कालोबजारी गरेर पैसा कमाउन सक्रिय भएको घटनाले निजी क्षेत्रको शाख गिरेको छ ।


क्लिकमान्डु