अर्बपतिलाई खुल्ला पत्र

पुष्प दुलाल २०७६ चैत २७ गते १५:२९ मा प्रकाशित

मनको खाँचो जनजनलाई छ, धनको खाँचो मनलाई,
दुबै अत्ति जरुरी छन्, जिउनुपर्ने ज्यानलाई ।
आकाशैमा उडिजाने हे चरी भन,
दुनियाँलाई नियाल्ने तँ आकाश पनि भन ।
मन बिनाको धन ठूलो कि धन बिनाको मन ?

लकडाउनमा घरभित्रै थन्किएर बसिरहेको अवस्थामा बाल गायक अशोक दर्जीको मीठास स्वरले सजिएको यो गीत फेरि सुनेँ । अनि यो पत्र लेख्न नलेखी बस्न सकिँन ।

प्रिय अर्बपतिहरु,

पक्कै तपाईं पनि यतिबेला फुर्सदमा हुनुहुन्छ । एकपटक भावुक भएर यो गीत सुनिदिनुहोस् न है ।

कोभिड-१९ भनिने कोरोना नाम गरेको एउटा अदृश्य भाइरसले यतिबेला मानव सभ्यतालाई नै चुनौति दिइरहेको छ । विश्वशक्ति राष्टहरुलाई कोरोनाले थिलथिलो बनाएको छ ।

लाखौं संक्रमित छन् भने झन्डै ९० हजार जनाले ज्यान गुमाएका छन् । पृथ्वीलोकमा रहेका अर्बौं मानवलाई यसले आतंकित बनाएको छ ।

यो थाहा भएकै विषय हो । यहाँ भनिरहनुपर्ने जरुरी त थिएन । तर, छुटाउनै नहुने विषय थियो ।

नेपालमा अहिलेसम्म ९ जनामात्रै संक्रमित छन् । ज्यान कसैले गुमाउनु परेको छैन । चेकजाँच धेरै नभएका कारण पनि संक्रमितहरुको संख्या कम भएको अनुमान गरिएको छ ।

तपाईहरुसँग पुँजी, जनशक्ति र पहुँच सबै छ । बस इच्चाशक्ति भइदिए पुग्छ ।

कोरोनाका कारण २ सातादेखि हाम्रो देश पनि लकडाउन छ । संक्रमण फैलिन नदिन राज्यले नागरिकलाई अनुमतिबिना घरबाहिर निस्कनसमेत प्रतिबन्ध लगाएको छ । राज्यले अपनाएको यो सचेतना प्रसंशनीय छ । र, हामी सर्वसाधारणले पालना पनि गरिरहेका छौं ।

मलाई थाहा छ यतिबेला तपाईंको उद्योगधन्धाहरु बन्द छन् । जसकारण माल उत्पादन गरेर बिक्री वितरण गर्न पाउनुभएको छैन । बैंकबाट लिएको ऋणको ब्याज पाकिरहेकै छ । कर्मचारीको तलब पाकिरहेकै छ । सजिलो त कहाँ छ र तपाईंलाई पनि ?

व्यवसायिक यात्रामा गर्दा अनेकौ बाधा अवरोध र असजिला काँडेदार बाटाहरु हिँडेर नै तपाईं अर्बपति बन्न सफल बन्नुभएको हो । तर, यस प्रकारको समस्या भने तपाईंहामीले पहिलोपटक भोग्दैछौं ।

यस्तो संकटको घडीमा सबैले आफूले सक्दो सहयोग गर्नु नागरिकको दायित्व हो । त्यसैले क्लिकमाण्डू डटकमले ५० हजार रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

तपाईले यही माटोमा व्यवसायको बिऊ रोप्नुभयो । निरन्तर संघर्ष गरेर हुर्काउनु भयो । र, त्यसलाई फुलाउनु भयो । फलाउनुभयो । यो क्रममा तपाईंले हजारौंको चुल्हो बालिदिनु भयो रोजगारी दिएर । हजारौं माइल बाटो खनिदिनुभयो, सयौं विकास निर्माणका आयोजनाहरु बनाउनुभयो राज्यलाई अर्बौं कर तिरेर ।

लेखक दुलाल

राज्य सञ्चालनमा तपाईको भूमिका निकै ठूलो छ । भलै हाम्रो समाजको दुईतिहाई हिस्सा कम्युनिष्ट स्कुलिङबाट हुर्किएको छ । वर्ग संघर्षका कुरा सुनेका र पढेका उनीहरु तपाईजस्ता धनाढ्य उद्योगी व्यवसायीलाई सकरात्मक रुपले हेर्दैनन् ।

तपाईंले गरेको योगदानको कदर गर्दैन् । उल्टै दलाल पुँजीपति, शोषक र सामान्तको बिल्ला भिराउँछन् । यो भने तपाईंका लागि ठूलो पीडादायी विषय हो ।

तर, नेपालको संविधानले सम्पत्तिको हक ग्यारेन्टी गरेको छ । तपाई स्वतन्त्र भएर व्यापार व्यवसाय गर्न पाइरहनु भएको छ ।

तपाईका उपभोक्ता नेपाली नागरिकहरु नै हुन् । व्यापारको सिद्दान्तमा उपभोक्ता भनेका देउता हुन् । केही देउतै बेच्न लागे होलान् पैसाको लागि । तर तपाईहरुमध्ये अधिकांश उपभोक्ता अर्थात् देउता खुसी पार्ने हरसम्भव प्रयास गरिरहनुभएकै छ ।

‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने जगदम्बा सिमेन्ट र स्टीलका मालिक राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रित

कोरोना भाइरसले तपाईका उपभोक्ताको जीवन खतरामा पारेको छ । व्यापारकै दृष्टिकोणबाट एकपटक सोच्नुहोस् त उपभोक्तानै रहेनन् भने तपाईले उत्पादन गरेको वस्तु बिक्री होला ? अहँ हुँदैन ।

यीनै जनता र यही माटोबाट कमाएको पैसा यी नै जनताको रक्षाका लागि दिल खोलेर सहयोग गर्नुभयो भने तपाईंलाई हेर्ने समाजको दृष्टिकोण पनि बदलिन्छ । र, तपाईंले ठूलो धर्म पनि कमाउनुहुन्छ ।

नेपालमा पनि निजी सम्पत्तिबाट लक्ष्मी ग्रुपका अञ्जन श्रेष्ठ, भाटभाटेनीका मीनबहादुर गुरुङ, विशाल ग्रुपका जगदीशचन्द्र अग्रवाल, एनसेल, बसन्त चौधरी, दीपक मलहोत्रालगायतका मनकारी अर्बपतिहरुले कोरोनासँग लड्न सरकारलाई दिल खोलेर सहयोग गरेका छन् ।

हुन त व्यापारीहरुको जात धर्म भनेकै नाफा हो भन्छन् । सँधै नाफाका पछि दौडिने गरेको आरोप लाग्छ तपाईहरुलाई । तर, म त्यो आरोपसँग सहमत छैन ।

किनभने व्यापार नाफाकै लागि गर्ने हो । व्यापारीले नाफा गर्यो भने अर्को उद्योग खोल्छ, जहाँ थप हजारौंले रोजगारी पाउँछन् । राज्यले कर पाउँछ । विश्व अर्थतन्त्र यसैगरी चलेको छ । अर्थतन्त्र र व्यापारको सिद्दान्त पनि यही हो ।

मलाई थाहा छ जहाँ व्यापारीहरुले नाफा कमाउँदैनन् । घाटा खान्छन् । त्यो ठाउँ कहिल्यै सम्मृद्ध हुन सक्दैन ।

प्रिय अर्बपति,

यो समय नाफा घाटा हेर्ने समय होइन । जतिसक्दो परोपकार गर्ने समय हो । त्यसैले विगतमा कमाएको सम्पत्तिबाट केही रकम परोपकारमा खर्च गर्नुहोस् । कोरोनासँग लड्नका लागि मानव जातिलाई सहयोग गर्नुहोस् ।

दुईहप्ता अघिमात्रै विश्वकै धनाढ्य विल गेट्सले कोरोनासँग लड्नका लागि अर्बौ रकम सहयोग गर्दै कोरोना भाइरसले हामीलाई के पढाएको छ रु शीर्षकमा खुल्लापत्र लेखे ।

१४ बुँदे लामो गेट्सको खुल्लापत्रको सार थियो,- कोरोना भाइरसले आध्यात्मिक ज्ञान दियो, धन सबैथोक होइन भन्ने थियो ।

संसारका धनाढ्य अलिबाबा, ज्याक मा, मार्क जुगरबर्ग, रतन टाटा, ज्याक डोर्सेलगायतका दर्जनौंले कोरोनासँग लड्न आफ्नो देश र मानव सभ्यताका लागि अर्बौं रकम योगदान गरेका छन् ।

कालोबजारी गर्दागर्दै सुलभ अग्रवाल पक्राउ परेपछि उद्योगी व्यवसायी र धनाढ्यहरुलाई हेर्ने सामाजिक दृष्टिकोण अत्यधिक नकरात्मक भएको छ । यस्तो अवस्थामा अन्य धनाढ्यहरु निजी क्षेत्रको गुमेको इज्जत जोगाउन अघि बढ्नुहोस् भन्ने सुझाब दिन चाहन्छु ।

नेपालमा पनि निजी सम्पत्तिबाट लक्ष्मी ग्रुपका अञ्जन श्रेष्ठ, भाटभाटेनीका मीनबहादुर गुरुङ, विशाल ग्रुपका जगदीशचन्द्र अग्रवाल, एनसेल, बसन्त चौधरी, दीपक मलहोत्रालगायतका मनकारी अर्बपतिहरुले कोरोनासँग लड्न सरकारलाई दिल खोलेर सहयोग गरेका छन् ।

फोर्ब्सले सूचिकृत गरेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीले अहिलेसम्म १ हजारबढी थान पीपीइ लगायतका कारोना चेकजाँचका लागि आवश्य पर्ने सामग्री उपलब्ध गराएका छन् । जसको मौद्रिक भ्यालू २५ देखि ३० लाख रुपैयाँ पर्छ ।

प्रिय बिनोद चौधरी,

विश्वले नेपालका एकमात्र डलर अर्बपति भनेर चिनेका तपाईसँग नेपाली जनताले धेरै ठूलो अपेक्षा गरेका छन् । प्रचारका लागिभन्दा पनि कोरोना रोकथामका लागि तपाईको सहयोगको जरुरी छ ।

सहयोग गर्ने वा नगर्ने त तपाईभित्र भएको परोपकारी भावनाले निर्देशित गर्ने कुरा हो । धन त प्रशस्तै छ । तर, मन कति छ भनेर समाजले परीक्षण गर्ने उपयुक्त बेला पनि हो यो ।

हुन त नेपालको एकमात्र डलर अर्बपति बन्न सफल भएपनि तपाईलाई नेपाल सरकारले सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा सम्मान गरेको अहिलेसम्म मलाई थाहा छैन ।

र, प्रत्येक कर दिवसमा अरु नै व्यक्ति र संस्थाले सीआइपी सम्मान पाउँदा समाजले तपाईका बारेमा यही प्रश्न गर्छ, नेपालकै धनी भनिएका विनोद चौधरी किन यसपटक पनि सीआइपी सम्मानबाट सम्मानित भएनन् ? यसको जवाफ दिने जिम्मा तपाईलाई नै ।

त्यसो त वितेका केही वर्षयता लगातार सबैभन्दा बढी कर तिरेर राजयबाट सम्मान पाउने व्यक्ति सिद्धार्थ राणा कुन क्वारेन्टाइनमा छन् अहिले ? अत्तोपत्तो छैन ।

अर्बपतिहरु राजेन्द्र खेतान, शेखर गोल्छा, प्रदिपकुमार श्रेष्ठ, सुरज बैद्य, शशिकान्त अग्रवाल, चन्द्र ढकाल, पवन गोल्यान, देवीप्रकाश भट्टचन, पशुपति मुरारका, बिष्णु न्यौपाने, भवन भट्ट, सौरभ ज्योति, बीरेन्द्र महतो, उपेन्द्र महतो, शेष घले, अजेयराज सुमार्गी, जिवा लामिछाने, बिरेन्द्र बस्नेत, उमेश श्रेष्ठ, यति समूह, दुगड ग्रुप, केडिया अर्गनाइजेशनका मालिक लगायतका धनाढ्यहरु कहाँ छन् ? यहाँ नाम उल्लेख गरिएका धनाढ्यहरुको सामाजिक जिन्दगी र दायित्व पनि अलि बढी छ ।

त्यसैले प्रतिनिधिका रुपमा तपाईहरुको नाम उल्लेख गरेको हुँ । नाम उल्लेख नगरेका दर्जनौं धनाढ्यहरुलाई पनि प्रश्न तपाईंहरु अहिले के गर्दै हुनुहुन्छ ?

मानव जगत र देश संकटमा परेका बेला जनताले अनुभूति गर्नेगरी सहयोग गर्नुपर्छ भनेर मनभित्र कुरा खेल्छ कि खेल्दैन होला ?

यी व्यवसायीहरु संलग्न रहेका बैंक तथा बीमा कम्पनीहरुले राज्यलाई सहयोग गरेका छन् । तर, पब्लिक कम्पनीबाट गरिएको सहयोगको ७० देखि ८० प्रतिशत सेयरधनीको रकम हो । अध्यक्ष, सञ्चालक वा सीइओले निजी सहयोग गरे जसरी प्रचार गर्न मिल्दैन ।

तपाईहरुले सहयोग नै गर्नुभएको छैन भनेर अबमूल्यन गर्न खोजिएको होइन । भन्न खोजिएको कुरा के मात्रै हो भने तपाईहरुबाट समाजले अपेक्षा गरे अनुसारको सहयोग भएन ।

सुलभ अग्रवालको कालोबजारी

पछिल्लो समय मालामाल पैसा कमाएका व्यापारिक घराना हो शंकर ग्रुप । शाहिल अग्रवाल चुपचाप छन् । उनका दाई सुलभ अग्रवाल कोरोना चेकजाँचका लागि अत्यवश्यक पर्ने थर्मल गन र पीपीईमा कालोबजारी गर्दागर्दै प्रहरीले रंगेहात पक्राउ गर्यो । अहिले उनी हिरासतको चिसो भुइँमा नाफाघाटाको जोड घटाऊ गरेर दिन बिताइरहेका छन् ।

संकटका बेला ‘फिलांथ्रोपिस्ट’ बन्नुपर्ने अर्बपति सुलभ अग्रवालले कालोबजारी गरेर इज्जत गुमाए

कालोबजारी गर्दागर्दै सुलभ अग्रवाल पक्राउ परेपछि उद्योगी व्यवसायी र धनाढ्यहरुलाई हेर्ने सामाजिक दृष्टिकोण अत्यधिक नकरात्मक भएको छ । यस्तो अवस्थामा अन्य धनाढ्यहरु निजी क्षेत्रको गुमेको इज्जत जोगाउन अघि बढ्नुहोस् भन्ने सुझाब दिन चाहन्छु ।

सहयोग नै गर्ने मन भए अरु विकल्पहरु छन् । विदेशबाट सामान किनेर ल्याएर निःशुल्क वा कम शुल्कमा सरकारलाई दिन सकिन्छ । त्यसैगरी, सर्वसाधारणलाई नै बिक्री वितरण गर्ने हो भने पनि सुलभ अग्रवालको जस्तो परेको मूल्यभन्दा ५/७ गुणा बढी मूल्य लिनु भएन । दीपक मलहोत्राले मास्कमा गरेजस्तै लागेकै मूल्यमा बिक्री वितरण गर्न सकिन्छ ।

अनि अर्को कुरा वर्षमा करोडौं तलबभत्ता खाने अधिकांश सीइओ साहबहरु चुपचाप देखिनुभएको छ । एकाध सीइओहरु परोपकारी भावनाले सक्दो सहयोग गरिरहनुभएकै छ ।

महिनादिनको तलब सहयोग गर्ने बैंक अफ काठमाण्डूका सीइओ शोभनदेव पन्त, विभिन्न स्थानमा मास्क र पीपीइ पठाइदिने प्रभु बैंकका सीइओ अशोक शेरचन र बैंककै खर्चमा भएपनि लकडाउनका समयमा ठाउँठाउँमा अत्यावश्यक सामग्री वितरण गर्दै हिँड्ने सनराइज बैंकका सीइओ जनकराज शर्मा पौडेलले मनकारी बैंकरको पहिचान बनाएका छन् ।

सीइओ साहेबहरु,

तपाईंको एक महिनाको तलब र केही दिनको समय कोरोनाको रोकथामका लागि खर्चिनै नसक्नु भएको अवस्था नभएर कि मन नभएर ?

यसरी गर्न सकिन्छ सहयोग

सबैभन्दा पहिला तपाईले सरकारले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आर्थिक सहायता गर्न सक्नुहुने छ । यसरी तपाईले सहयोग गरेको रकम सरकारले न्यायोचितरुपमा खर्च गर्छ ।

तर, सरकारका क्रियाकलापले जनताहरु त विश्वस्त छैनन् भने तपाई पनि विश्वस्त नहुनु अस्वाभाविक होइन । कोरोना नियन्त्रण र उपचारका लागि आवश्यक पर्ने सामग्री किन्दा पनि मन्त्रीहरु कमिशनका पछि दौडिएका घटनाहरुले सरकारी कोषमा पैसा दिन मन नलाग्न सक्छ ।

तर, सहयोग नै गर्ने मन भए अरु विकल्पहरु छन् । विदेशबाट सामान किनेर ल्याएर निःशुल्क वा कम शुल्कमा सरकारलाई दिन सकिन्छ । त्यसैगरी, सर्वसाधारणलाई नै बिक्री वितरण गर्ने हो भने पनि सुलभ अग्रवालको जस्तो परेको मूल्यभन्दा ५/७ गुणा बढी मूल्य लिनु भएन । दीपक मलहोत्राले मास्कमा गरेजस्तै लागेकै मूल्यमा बिक्री वितरण गर्न सकिन्छ ।

भाटभाटेनीका मिनबहादुर गुरुङले जस्तै अनलाइनमार्फत अत्यावश्यक वस्तुहरुको बिक्री गरे पनि सहयोग गर्न सकिन्छ ।
त्यतिमात्रै होइन, टोलटोलमा सहुलियत खाद्यान्न तथा अत्यावश्यक वस्तुहरुको अल्पकालीन स्टोर सञ्चालन गरेर पनि सहयोग गर्न सकिन्छ ।

यो किन आवश्यक छ भने कालिमाटीमा प्रतिकिलो १०० रुपैयाँ पर्ने कुनै तरकारी टोलको खुद्रा पसलसम्म आइपुग्दा १७० देखि २०० रुपैयाँ हुन्छ । तपाई जस्ता देशले मानेका व्यवसायीहरुले कालिमाटीमा १०० रुपैयाँमा पाइने तरकारी यो शहरको जुनसुकै कुनामा पनि १०५ वा ११० रुपैयाँमा बिक्री गर्ने वातावरण मिलाउने हो भने पनि ठूलो सहयोग हुन्छ ।

यी सबैकाम तपाईहरुले गर्न सक्नुहुने छ । किनभने तपाईहरुसँग पुँजी, जनशक्ति र पहुँच सबै छ । बस इच्चाशक्ति भइदिए पुग्छ ।

क्लिकमाण्डूको ५० हजार

यस्तो संकटको अवस्थामा सबैले आफूले सक्दो सहयोग गर्नु हामी नागरिकहरुको दायित्व हो । त्यसैले क्लिकमाण्डू डटकमको प्रकाशन गृह चाणक्य मडिया प्रालिले ५० हजार रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ ।

प्रिय अर्बपति,

यतिञ्जेलसम्ममा त पक्कै पनि अशोक दर्जीको मनबिनाको धन ठूलो कि धन बिनाको मन बोलको गित सुनिसक्नु भयो होला ।

यो सुन्दा पनि तपाईंको मन पग्लिएन भने भिटेनको यो र्याप सुन्नोस् अनि गुनगुनाउनोस्-  ‘हामी यस्तै त हो नि ब्रो, जहिल्यै यस्तै त हो नि हौ,….।’

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स