
काठमाडौ । बितेका २४ घण्टामा दुई हजार ४४५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ७६ हजार ५१७ रुपैयाँ राजस्व दाखिला भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६०, सङ्केत बत्ती उल्लंघनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १८३ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ४३, निषेधित क्षेत्रमा हर्न बजाउने १२३, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने १४, एकतर्फी सडकमा सवारी चलाउने १६६ र अन्य सवारी नियम पालना नगरेका एक हजार ४८७ जनालाई कारबाही गरिएको हो ।









प्रतिक्रिया