काठमाडौं । केही दिनअघि अर्थमन्त्रालयमा कोरोना भाइरस (कोभिड १९)को प्रभाव र व्यवसायीले गर्नुपर्ने कामको विषयमा छलफल कार्यक्रम थियो । अर्थमन्त्रीले बोलाएको बैठकमा नेपाल उद्योग परिसंघको तर्फबाट सुलभ अग्रवाल पनि सहभागी थिए ।
त्यो बेला अग्रवालले संकटको यो समयमा व्यवसायीले नाफामा ध्यान दिन नहुने र आफ्नो सामाजिक उत्तरदायित्वलाई ख्याल गरेर व्यवसाय गर्नुपर्ने जोडतोडका साथ सुनाए । जुन काम आफुहरुले गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
सुलभ अग्रवालको कुरा सुनेका सरकारी अधिकारीलाई लागेको थियो पछिल्लो डेढ दशकमा व्यवसायमा साम्राज्य बनाएको शंकर ग्रुपले लोकपरोपकार (‘फिलांथ्रोपिस्ट’को काम गर्ने छ ।
तर, सामाजिक उत्तरदायित्वको बारेमा बखान गरेका अग्रवाल मंगलबार भने कोरोना संकटको समयमा अत्यावश्यक मानिएको स्वास्थ्य उपकरण कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ गरे ।
ठूला उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघका उपाध्यक्ष रहेका अग्रवाल अघिल्लो दिनसम्म कोरोना प्रभावितको लागि राहत बाँड्न हिँडिरहेका थिए ।
कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडडाउनसँगै उद्योग व्यवसाय पूर्णरुपमा बन्द छ । यो बेला समस्या नपरेको कुनै क्षेत्र छैन ।
संकटको समयमा जनतालाई विश्वासमा लिन नसकेको सरकार विरुद्द हुने गाली निजी क्षेत्र विरुद्द गएको छ । अर्थात् सुलभले गरेको गल्तीको आलोचना निजी क्षेत्रले भोग्नु परेको छ । माडवारी समुदायले त अझ बढी भोग्नु परेको छ ।
अग्रवालको व्यवसायीक दिमागले समस्यामा पनि अवसर देख्यो । व्यवसायीले पैसा कमाउनु नराम्रो पनि होइन । तर, सुलभले जुन तरिकाबाट पैसा कमाउन खोजे यो भने व्यवसायिक धर्म विपरित थियो ।
निर्माण क्षेत्रसँग सम्बन्धित उद्योगमा पायोनियर मानिएका शंकर ग्रुपले यहीबेला चीनबाट कोरोना भाइरस नियन्त्रणको लागि चाहिने स्वास्थ्य सामाग्री आयात गर्ने र बिक्री गर्न लाग्यो ।
अग्रवालसँग निकट रहेका अधिकांश व्यवसायीले यो नजानेका काममा हात नहाल्न सुझाएका पनि थिए । तर, मालामाल पैसा कमाउने देखेका उनले सकैको कुरा सुनेनन् । र, फसे ।
कोरोना भाइरसका कारण विश्व बजारमा उपभोक्ताले सबैभन्दा बढी माग गर्ने ३ वटा वस्तु छन् । स्यानिटाइजर, माक्स र ज्वरो नाप्ने थर्मल गन अर्थात डिजिटल थर्मोमिटर । यो बाहेक औषधी तथा स्वास्थ्यकर्मीले चाहिने व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ)को माग भए पनि त्यो अस्पतालमा सो उपचार गर्ने स्वास्थ्यकर्मीलाई चाहिन्छ ।
तर, स्नानिटाइजर, माक्स थर्मल गन आम उपभोक्तालाई चाहिएको अवस्था छ ।
व्यवसायीहरुका अनुसार कोरोना भाइरसको कारण नेपालमा मात्र करिब ५० हजार थर्मल गन खपत हुने सम्भावना छ । जसमा शंकर ग्रुपले मात्र २० हजार थर्मल थान थर्मल गन ल्याउने तयारी गरेको थियो ।
यदि महासंघ वा परिसंघले कालोबजारी गर्नेका पक्षमा वकालत गर्दै विज्ञप्ती निकाल्यो भने, लबिंग गर्यो भने त्यो भन्दा ठूलो कलंक अरु केही हुने छैन ।
२१ गते नेपाल एयरलाइन्सको चाटर्ड गरिएको जहाजबाट निजी क्षेत्रका व्यवसायीले मेडिकल सामाग्रीहरु ल्याउन लागेका थिए ।
तर, त्यो बेला सुलभले बद्मासी गरे । अरु व्यवसायीको सामाग्री रोके । अरु आधा दर्जन व्यवसायीको सामान चीनमै रोकियो । सुलभले मात्रै ल्याउन पाए । अत्याधिक माग भएको अत्यावश्यक वस्तु सुलभसँग मात्रै भयो । अनि किनको भन्दा ५ गुणा बढी मूल्यमा बिक्री गरे ।
किनकी उनको एकमात्रै उदेश्य थियो, ‘एनि हाउ, पैसा कमाउ ।’ पैसाले सबैकुरा मिलाउन सकिन्छ भन्ने सिद्दान्त अनुसार शंकर ग्रुप चल्थ्यो ।
तर सँधै त्यस्तो हुँदैन । अहिलेको अवस्थामा कालोबजारी गरेर सुलभले कमाएको इज्जत आजसम्म कमाएको पैसा तिर्दा पनि पाउने छैनन् ।
शंकर ग्रुपलाई नजिकबाट चिन्ने व्यवसायीहरु संकटको समयमा कोरोनासँग सम्बन्धित सामान बिक्री गरेर एकै लटमा २० देखि ३० करोडसम्म कमाउने गलत नीति लिएको कारण जेल जानु परेको बताउँछन् । जिल्ला प्रशासन कार्यालयले अग्रवाललाई ७ दिन हिरासतमा राख्न म्याद थप गरिसकेको छ ।
‘वर्षमा १ खर्बको कारोबार गर्ने समुहले १/२ करोड नाफा हुने व्यवसायमा यसरी हात हाल्ने थिएन, संकटमा नै २० देखि ३० करोडसम्म फाइदा हुने लक्ष्य देखेपछि मेडिकल सामाग्री आयात गर्ने काम गरे,’ ती व्यवसायीले भने ।
‘कालोबजारीको नाममा सरकारले व्यवसायीलाई जहिले पनि दुःख भने दिन्छ, अग्रवालले गलत नियत राख्दा व्यवसायिक जगतकै नाम बद्नाम गराए,’ उनलाई नजिकबाट चिनेका एक व्यवसायीले भने ।
व्यवसायीलाई पक्रा गरेपछि विरोधमा विज्ञप्ती जनाउने निजी क्षेत्रका संघ संगठनले अहिलेसम्म विज्ञप्ती जारी गर्न नसक्नुको कारण पनि अग्रवालले गलत तरिकाले पैसा कमाउने नीति लिएको कारण हो ।
सुलभ उद्योग परिसंघका उपाध्यक्ष हुन् भने उनका भाई शाहिल अग्रवाल नेपाल उद्योग वाणिज्य महासंघमा सक्रिय छन् ।
शाहिलले महासंघलाई विज्ञप्ती निकाल्न दबाब दिइरहे पनि महासंघ नेतृत्वले विज्ञप्ती निकाल्न सकेको छैन । यदि महासंघ वा परिसंघले कालोबजारी गर्नेका पक्षमा वकालत गर्दै विज्ञप्ती निकाल्यो भने, लबिंग गर्यो भने त्यो भन्दा ठूलो कलंक अरु केही हुने छैन ।
‘कालोबजारीको नाममा सरकारले व्यवसायीलाई जहिले पनि दुःख भने दिन्छ, अग्रवालले गलत नियत राख्दा व्यवसायिक जगतकै नाम बद्नाम गराए,’ उनलाई नजिकबाट चिनेका एक व्यवसायीले भने ।
शंकर ग्रुप अन्तर्गत संचालित हुने कम्पनीले कारोबार नै वर्षमा १ खर्बभन्दा बढी हुन्छ । अझ ग्रुप अन्तर्गतको फलामे डण्डी जगदम्बा स्टीलले नेपालको स्टील बजारमा करिब ४० प्रतिशत बजार हिस्सा ओगट्छ । फलामे डण्डी उद्योगमा सबैभन्दा बढी कर बुझाएको भनेर सरकारले विगतको उनको कम्पनीलाई सम्मान नै गरेको थियो ।
अन्य समयमा नाफाको लागि मात्र कुद्ने भनेर आरोप लाग्ने मारवाडी व्यवसायीको मन्त्र नै संकटमा देश र जनतालाई सहयोग गर्नु हो । तर, सुलभले त्यसो गरेनन् । समाज सेवा गर्न खोलिएका संस्थाले सामान माग्दा पनि महंगो नै मूल्य लिए
विगतमा कमाएको पैसा लोकपरोपकारको क्षेत्रमा सहयोग गर्ने काम विश्वभरका व्यवसायीले गरेका छन् । नेपालमा पनि व्यवसायिक संस्था हुन् वा व्यवसायीहरुले आफुले गर्न सक्ने सहयोग गरेका छन् ।
केही व्यवसायिक घरानाले त्यो उदारता देखाइसकेका छन् ।
सहजरुपमा नपाइने मेडिकल सामाग्री ल्याएका सुलभले संकटको समय धेरै नाफा नखाएर बिक्री गरेको भए सरकार र जनताबाट सम्मान नै पाउने थिए ।
मारवाडी व्यवसायीहरुको बारेमा एउटा भनाइ छ- अरु बेला नाफा देखे पनि संकटको समयमा सहयोग गर्नुपर्छ ।
नेपालको इतिहासमा पनि सन् १९९० को भूकम्प होस् या त्यसपछि परेका दैवी र प्राकृतिक विपत्ती मारवाडी व्यवसायीले खुलेरै समाजसेवा गरेका थिए ।
अन्य समयमा नाफाको लागि मात्र कुद्ने भनेर आरोप लाग्ने मारवाडी व्यवसायीको मन्त्र नै संकटमा देश र जनतालाई सहयोग गर्नु हो । तर, सुलभले त्यसो गरेनन् । समाज सेवा गर्न खोलिएका संस्थाले सामान माग्दा पनि महंगो नै मूल्य लिए ।
‘मारवाडी व्यवसायीले समाजसेवा गर्नको लागि खोलेका संस्थाले स्वास्थ्य सामाग्री निशुल्क वितरण गर्नको लागि खरिद गर्दा समेत महंगो मूल्यमा सुलभले बिक्री गरेका थिए,’ एक व्यवसायीले भने ।
सुलभको पक्राउको विषयमा सरकारलाई भने राहत दिएको छ । संकटको समयमा जनतालाई विश्वासमा लिन नसकेको सरकार विरुद्द हुने गाली निजी क्षेत्र विरुद्द गएको छ । अर्थात् सुलभले गरेको गल्तीको आलोचना निजी क्षेत्रले भोग्नु परेको छ । माडवारी समुदायले त अझ बढी भोग्नु परेको छ ।
प्रतिक्रिया