कालोबजारी नगर्न सुझाव दिनेलाई ‘ओम्नीले लुट्दा हुने, मैले लुट्न नहुने?’ भन्थे अग्रवाल



काठमाडौं । भनिन्छ,- कालोबजारी गर्नेहरुको कुनै जात, धर्म हुँदैन ।

यो भनाइलाई व्यवहारिकरुपमा पुष्टि गरे शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ।

चीनबाट २४/२५ डलरमा झिकाएको कोरोना नियन्त्रण तथा रोकथामका इक्विपमेन्ट (थर्मल गन, पीपीइ) लगायत अग्रवालले १५ हजार रुपैयाँमा बिक्री गरेर कालोबजारी गरे ।

सरकारले चार्डर्ड गरेको चीन पठाएको बिमानमा सेटिंग मिलाएर निजी सामान ल्याउन सफल भएका अग्रवाल कालोबजारी गरेर धेरै पैसा कमाउने चक्करमा सक्रिय हुँदा नराम्रोसँग फसे ।

सम्पत्ति त उनले कमाए होलान् । त्यही सम्पत्ति प्रयोग गरेर कानूनी कारबाहीबाट बच्लान् पनि । तर, नैतिकता र चरित्रमा लागेका दाग त्यो सम्पत्तिले फिर्ता गर्नसक्ने छैनन् ।

‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने जगदम्बा सिमेन्ट र स्टीलका मालिक राष्ट्र संकटमा पर्दा लुट्न केन्द्रित

चीनबाट सामान ल्याउन सुलभसँगै अन्य आधा दर्जन व्यवसायीले पनि प्रयास गरेका थिए । तर, सुलभले नेपाल वायु सेवा निगमको कार्गो टिमसँग सेटिंग मिलाएर अरु व्यवसायीको सामान लोड गर्न दिएनन् । आफ्नो मात्रै ल्याए । २२ टन सामाग्री ल्याउने भनिएको बिमानले जम्मा १२ टन मात्रै बोकेर आयो ।

२५ सय ३ हजारको सामानलाई १५ हजारमा बिक्री गर्दा समस्या पर्ला नि, सीएनआइका एक व्यवसायीले सुलभलाई सम्झएका थिए । तर, त्यसको जवाफमा सुलभले भनेका थिए, ‘ओम्नीले लुट्दा हुने, मैले चाहीँ किन नहुने ?’

यसरी आफूले मात्रै सामान ल्याएपछि आफ्नो मनोपोली हुने र कालोबजारी गरेर एकै लटमा ३० करोड कमाउने अग्रवालको दाउ थियो ।

थर्मल गनको कालोबजारी गर्ने शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ

यसरी अग्रवालले चीनबाट ल्याएका थर्मल प्लान्ट र पीपीइ माडवारी सेवा समाज, उनेपाल उद्योग परिसंघ र शंकर ग्रुपसँग साझेदारीमा बिजनेश गरेका व्यवसायीहरुले किन्न खोजेका थिए ।

थी व्यवसायीहरुलाई पनि सुलभ अग्रवालले १५ हजार रुपैयाँभन्दा कममा दिएनन् ।

माडवारी सेवा समाज भनेको माडवारीहरुले अत्यत्नै श्रद्धा गर्ने संस्था हो । माडवारी सेवा समाज माडवारी समुदायको मिनि अदालत पनि हो । यो समुदायमा हुने विवाद त्यही समाजले मिलाउँछ ।

कालोबजारीको आरोप लागेका शंकर ग्रुपका सुलभ अग्रवाललाई ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति

‘सुलभबाबुले थर्मल गन र पीपीइ ल्याउनुभयो भन्ने थाहा पाएपछि हामीले किन्न खोजेका थियौं तर १५ हजारभन्दा कममा दिन्न भन्नुभयो र किनेनौं,’ माडवारी सेवा समाजका एक सदस्यले क्लिकमाडूसँग भने ।

सुलभ अग्रवाल उद्योगीहरुको संस्था नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष पनि हुन् । सीएनआइले कोरोना रोकथामका लागि विभिन्न किसिमका सहयोग गर्दै आएको छ ।

यो घटनाले चर्चित लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट…’ बोलको गीत सत्य सावित भएको पुष्टि गर्छ । तर, केपी ओली सरकारले पशुपति शर्माको उक्त गीतलाई बन्द गरेको थियो ।

सीएनआइले पनि सुलभसँग सामाग्री मागेको थियो तर उनले १५ हजारभन्दा कममा दिन मानेनन् ।

त्यसैगरी, शंकर ग्रुपसँग साझेदारीमा बिजनेश गरिरहेका एक व्यवसायीले पनि केही सय थान पीपीइ किन्न मागेका थिए । तर, सुलभले १५ हजारभन्दा कममा दिन मानेनन् । र, उनले किनेनन् ।

२५ सय ३ हजारको सामानलाई १५ हजारमा बिक्री गर्दा समस्या पर्ला नि, सीएनआइका एक व्यवसायीले सुलभलाई सम्झएका थिए ।

तर, त्यसको जवाफमा सुलभले भनेका थिए, ‘ओम्नीले लुट्दा हुने, मैले चाहीँ किन नहुने ?’

यस्तो जवाफ सुनेपछि ती व्यवसायीले केही भनेनन् ।

ओम्नी ग्रुपले सस्तो पर्ने सामान चीनसँग धेरै गुणा महंगोमा किनेको थियो । ओम्नीको विवाद आएपछि स्वास्थ्य सेवा विभागले ओम्नीसँगको सम्झौता रद्द गरेर नयाँ प्रक्रिया शुरु गरिसकेको छ ।

ओम्नीले गर्दा हुने मैले किन गर्न नहुने भन्दै खुलेआम कालोबजारी गर्ने व्यवसायी अग्रवाल पनि प्रहरीको फन्दामा परिसकेका छन् ।

अग्रवाललाई मंगलबार प्रहरीले कालोबजारी गरिरहेकै अवस्थामा पक्राउ गर्यो । प्रहरीलाई ३ हजार पर्ने कोरोना चेकजाँच गर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न कुटनीतिक नियोगको गाडी चढेर पुगेका अग्रवाललाई प्रहरीले रंगेहात पक्राउ गरी हिरासतमा राखेको छ ।

वर्षमा करिब १ खर्बको कारोबार गर्ने यति ठूला व्यवसायीले यति सानो कुरामा कालोबजारी गर्नु जरुरी थियो र ? हामीले केही माडबारी र उनीसँग निकट व्यवसायीहरुलाई सोधेका थियौं ।

‘सुलभजी, शाहीलजीहरु पैसाका लागि जे गर्न पनि तयार हुन्छन्,’ एक व्यवसायीले भने, ‘थप छानविन जरुरी गर्ने हो भने दर्जनौं केशहरु आउँछन् ।’

यो घटनाले चर्चित लोक गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट…’ बोलको गीत सत्य सावित भएको पुष्टि गर्छ ।

तर, केपी ओली सरकारले पशुपति शर्माको उक्त गीतलाई बन्द गरेको थियो ।


क्लिकमान्डु