कालोबजारीको आरोप लागेका शंकर ग्रुपका सुलभ अग्रवाललाई ७ दिन प्रहरी हिरासतमा राख्न अनुमति



काठमाडौं । कालोबजारीको आरोप लागेका व्यवसायिक घराना शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाललाई प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले ७ दिनको म्याद थप गरेको छ ।

प्रहरीले कालोबजारी गर्दै गर्दा अग्रवाललाई मंगलबार पक्राउ गरेको थियो । नियम अनुसार अग्रवाललाई अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला प्रशासन कार्यालयको अनुमति चाहिन्छ । ज्वरो नाप्ने थर्मल गन (डिजिटल थर्मोमिटर) कालोबजारी गरेर बिक्री गरेको आरोपमा अग्रवाल पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले अनुमति दिएपछि अग्रवाल ७ दिन प्रहरी हिरासतमा बस्नुपर्ने छ । मंगलबार पक्राउ भएपछि उनले बिरामीको नाटक गर्दै अस्पताल भर्ना हुन खोजेका थिए । तर,बिर अस्पतालले उनलाई भर्ना गर्नुनपर्ने रिपोर्ट दिएको थियो ।


क्लिकमान्डु