
काठमाडौं । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा टियागो ईभीका लागि अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘ग्रेटेस्ट अफर अल टाइम’ अफर घोषणा गरेको हो ।
विशेष सुविधाले भरिएको अफरअन्तर्गत ग्राहकले सवारी खरिदसँगै आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन् ।
यस अफरको मुख्य आकर्षणअन्तर्गत ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक बाली भ्रमण जोडीका लागि, आईफोन १७ प्रो म्याक्स वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।
योजनामा थप रूपमा सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता मूल्यवान सुविधा समेटिएका छन् ।







प्रतिक्रिया