अब आईटी, पर्यटन र उद्योगमा प्रवाहित कर्जा पनि निर्देशित क्षेत्र कर्जा

210
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आईटी, पर्यटन र उद्योगलाई दिएको कर्जालाई पनि निर्देशित क्षेत्र कर्जाको रुपमा परिभाषित गरेको छ । केन्द्रीय बैंकले पर्यटनसँगै सूचना प्रविधि तथा सञ्चार प्रविधिमा आधारित उद्योग र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यात उद्योगमा प्रवाह भएको कर्जा पनि अबदेखि निर्देशित क्षेत्र कर्जा मानिने गरी साबिकको व्यवस्थामा संशोधन गरेको हो।

यसअघि कृषि, ऊर्जा र लघु, घरेलु, साना एवम् मझौला उद्यम (एमएसएमई)मा प्रवाह भएका कर्जामात्र निर्देशित क्षेत्र कर्जा मानिन्थे । नयाँ व्यवस्थाअनुसार निर्देशित क्षेत्र कर्जा ४० प्रतिशतबाट ३० प्रतिशतमा झारिएको छ ।