कुन बैंकका कुन-कुन शाखा खुल्छन् ? यी ३ बैंकले मात्रै दिए जानकारी



काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न सरकाले आजदेखि एक सातासम्म लक डाउन अर्थात अत्यावश्यक बाहेक घर बाहिर निस्कन बन्देज लगाएको छ ।

सरकारले लक डाउनको निर्णयि गरेसँगै कुनैपनि नागरिक सरकारको अनुमतिबिना आफूले चाहेको ठाउँमा आवतजावत गर्न पाउने छैनन् ।

यस्तो अवस्थामा पनि सर्वसाधारणले बैंकमा राखेको पैसा झिक्न पाउन भनेर राष्ट बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सावधानी अपनाउँदै र स्थानीय सरकारसँग समन्वय गरेर सकेसम्म सेवा दिन निर्देशन दिएको छ ।

बैंकहरुले सीडीओबाट ४ देखि १२ वटासम्म पास लिए, काठमाडौं-ललितपूर र भक्तपुरमा केही शाखा खुल्ने

आज काठमाडौं उपात्यकामा सार्वजनिक विदा थियो । भोलि कुन कुन बैंकका कुन कुन शाखा खुल्छन् त ? हामीले यस विषयमा धेरैवटा बैंकका जिम्मेवार व्यक्तिहरुलाई सोधेका थियौं । तर, धेरैले अहिलेसम्म कुन खोल्ने र कुन नखोल्ने भन्ने निर्णय भइनसकेको तर केही शाखा खोलेर सेवा दिने जानकारी दिए ।

तर, यस्तो अवस्थामा पनि केही बैंकले भने आफ्नो वेवसाइटमा सूचना राखेर लक डाउन अवधिभर कुन कुन शाखा खुल्छन् भन्ने जानकारी दिएका छन् ।

जबर्जस्ती बैंक खाेल्नु पर्छ भन्ने हाेइन: कामु गभर्नर शिवाकोटी

नेपाल बैंकले प्रत्येक स्थानीयतहमा कम्तीमा १ वटा शाखा बिहान १० बजेदेखि दिउँसो १.३० बजे सम्म पैसा भिक्न र जम्मा गर्नको लागी मात्र खुल्ला गर्ने जनाएको छ ।

त्यसैगरी, नेपाल इभेष्टमेन्ट बैंकको उपत्यकाका जिल्लाहरुमा काठमाडौंको दरबार मार्ग शाखा, भक्तपुरको सिपाडोल, ललितपूरको पुलचोक र किर्तिपूर शाखा खोल्ने र उपत्यका बाहिरका जिल्लाहरुमा प्रत्येक जिल्लामा १ वटा शाखा मात्र खोल्ने । स्थानीयतहको सम्वन्यमा बैंकका शाखा अधिकतम २ घण्टा मात्र खुल्ला हुने जनाएको छ ।

लक डाउनमा पनि बैंकहरुले यसरी सेवा दिन्छन्: बैंकर्स संघका अध्यक्ष भुवन दाहाल

नेपाल बंगलादेश बैंकको काठमाडौं उपत्यकाका जिल्लाहरुमा ललितपूरको कुमारीपाटी शाखा, भक्तपूरको सल्लाघारी शाखा र काठमाडौंको कमलादी शाखा खुल्ने । उपत्यका बाहिरका भने प्रत्येक स्थानीयतहमा १ वटा शाखा कार्यालय मात्र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला हुने जनाएको छ ।

अधिकांश बैंकहरुले काठमाडौं जिल्ला प्रशासनबाट सेवा शुचारु गर्नका लागि आवागमनका लागि पास लिइसकेका छन् । बैंकहरुले कम्तिमा ४ देखि बढीमा १२ वटासम्म पास लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यद्यपि भोलिसम्ममा सबै बैंकहरुले खुल्ने शाखाको बारेमा जानकारी गराउने नै छन् ।


पुष्प दुलाल